निर्णय नं. ४३५७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३५७ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/१७ २९३६ निर्णय नं. ४३५७ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको फौ.पु.नं. २७२ फौज्दारी साधक –६९ फैसला भएको मिति: २०४८।९।१७।४ मा पुनरावेदक/प्रतिवादी : जिल्ला ओखलढुंगा, फुलवारी गा.वि.स. वार्ड नं. ८ घर भै हाल कारागार शाखा सप्तरीमा थुनामा रहेका लिलाबहादुर खड्का विरुद्ध वादी : रुद्रबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) घाँटी अठ्याई दिएको कारणबाट मृत्यु भएको, मृत्यु पछि आफ्नो बचाउको लागि रुखमा लगी झुण्डाई दिएकोमा अन्यथा जिकिर समेत नरहेकोबाट निज पुनरावेदक प्रतिवादीले ज्यानसम्बन्धी महलको १ नं. र ऐ.को (साविक पेज नं. ४९२) १३(३) नं. विपरीतको अपराधिक कार्य गरेकोमा विवाद देखिन नआएकोले निजलाई ऐ.को १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको इन्साफ कानुनसंगत नै देखिने । (प्रकरण नं. १९) (२) आफू उपर सौता ल्याउने कुरा सुनी मर्न भनी घर छाडी हिडेकी, घर फर्क भनी सम्झाउँदा नमानेकीले घाँटीमा समाउँदा निजको मृत्यु हुन गएको भन्ने कुरा बयानमा उल्लेख रहेको सौता ल्याइसकेको भन्ने कुरा कहीं कतैबाट प्रमाणित हुन नसकेको, लाशको डाक्टरी परीक्षण पनि भएको नपाइएको, पुनरावेदक प्रतिवादीलाई मार्नु पर्नेसम्मको पूर्व स्थिति अवस्था पनि देखिन नआएको निजलाई दावी बमोजिम सजायँ गर्दा न्यायसंगत नहुँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (७) सात हुने । (प्रकरण नं. २०) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर, कारागार मार्फत पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय फैसला यस प्रकार छ । २. भाइ लिलाबहादुरकी श्रीमती सीतादेवी २०४७।७।९ गते घरबाट हिंडेकी, रातको समयमा खोज तलाश गर्दा फेला नपरेकी र ऐ.१० गते विहान खानी खोलाको चिलाउनेको रुखमा झुण्डी मरेको देखिएकोले, कानुन बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको रुद्रबहादुरको जाहेरी दर्खास्त । ३. २०४४।७।४ गते सीतादेवी माथि सौता ल्याउने सम्बन्धमा श्रीमती र मेरो बीच भनाभन कुटपिट समेत भएको थियो । ऐ.०९ गते बेलुकी श्रीमती सीतादेवीले, म तिमै्र अगाडि झुण्डिएर मर्छु भनी बाहिर निस्किन्, म टर्च खोज्दै थिएँ, त्यसपछि खोज्दै जाँदा रुद्रबहादुरको धानबारीमा श्रीमती बसी रहेको देखी, बायाँ हातले घाँटी किलकिलेमा समाई राखें, घाँटीको हात छाडी हेर्दा, श्रीमती मरी सकेकी रहिछन्, सो कुरा भक्तबहादुरलाई भनी, निज र म मिली मृतकलाई बोकी चिलाउनेको रुखमा लगी झुण्डाई दिएको हो भन्ने समेत व्यहोराको मृतकको लोग्ने लिलाबहादुर खड्काले प्रहरी समक्ष गरेको बयान कागज । ४. २०४४।७।९ गतेको रात मृतक सीतादेवीको लाश मैले टाउको पट्टी, लीलाबहादुरले खुट्टा पट्टी बोकी चिलाउनेको रुखमा लगी झुण्ड्याई दिएको हो, मार्नमा मेरो सहमत छैन भन्ने समेत व्यहोराको भक्तबहादुर खड्काले प्रहरी समक्ष गरेको बयान कागज । ५. मृतक सीतादेवी झुण्डिएको अवस्थामा भेटिएकोले पहिलाको जाहेरीमा सोही व्यहोरा लेखी दिएको, तर पछि पक्राउमा परेका व्यक्तिहरुको कर्तव्यमा सहमती रहेको बुझिएकोले कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरीवाला रुद्रबहादुर खड्काको कागज । ६. सीतादेवीलाई लीलाबहादुरले कर्तव्य गरी मारी, भक्तबहादुर समेत भई रुखमा झुण्ड्याइएको भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिस