निर्णय नं. ११३८५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३८५ - उत्प्रेषण / परमादेश भाग: ६७ साल: २०८२ महिना: बैशाख अंक: १ फैसला मिति :२०८१/०३/२० ११८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल आदेश मिति : २०८१।३।२० ०७५-WO-०५४४ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : पर्सा जिल्ला, साबिक वीरगन्ज न.पा. हाल वीरगन्ज महानगरपालिका वडा नं.१४ स्थायी घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१३ ताहाचल बस्ने सुरेशकुमार शुक्ला विरूद्ध प्रत्यर्थी : नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारसमेत ऋण लिँदा जमानत राखेको धितो बैंकबाट लिलामी प्रक्रियामा गइसकेपछि उक्त धितो फिर्ता माग गर्ने र प्राप्त गर्ने कुरा ऋणीको निर्विवाद अधिकार नहुने । बैंक तथा ऋणीको आपसी सहमतिबाट समझदारीमार्फत कार्यन्वयनमा जान सक्ने । अन्य कसैको हकको सिर्जना भइसकेको अवस्थामा त्यस्तो हकलाई निस्कृय वा निस्तेज पार्दा अर्काको हकको सुरक्षालाई पनि संवेदनशील भई हेर्नुपर्ने । (प्रकरण नं.७) गैरबैंकिङ सम्पत्तिलाई बैंकिङ सम्पत्तिमा रूपान्तरण गरेमा उक्त सम्पत्ति बैंकको उपयोग वा प्रयोगको रूपमा रहने सम्पत्ति हो भनी मान्नुपर्ने । बैंकिङ सम्पत्तिमा सम्बन्धित बैंकले आफ्नो उपयोगका लागि गरेको थप लगानी आफूलाई अवश्यक पर्ने संरचनाको निर्माण वा सोमा भएको लागत तथा खर्च, बैंकको आवश्यकता र त्य‍हाँको उपभोगको अवस्था आदि जस्ता जटिल कुराहरूलाई नजर अन्दाज गर्न नसकिने । (प्रकरण नं.१०) बैंकमा रहेको निक्षेपमा सम्बन्धित खातावालाको हक रहन्छ सोही प्रकारले बैंकले गरेको लगानी उठाउन पाउने बैंकको विशेष अधिकारको रूपमा रहेको हुने । सोही मर्मलाई सम्बोधन गर्ने अभिप्रायले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ को प्रावधान कार्यन्वयनमा रहेको मानिने । बैंकले गर्ने धितो लिलाम वा सकारको कारबाहीसमेत कर्जा असुलीकै निरन्तरताको रूपमा रहेको भनी बुझ्नुपर्ने । बैंकहरूले धितो लिलामी वा सकार गरिसकेपछि ऋणीको खाताबाट ऋणा कर्जा घटाई कर्जा राफसाफ गरी ऋणीलाई कर्जाको दायित्वबाट मुक्त गरिएको हुने । धितो लिलामी वा सकारको कारबाहीलाई निरपेक्ष वा अलग्गै विषयको रूपमा बुझ्नु उपयुक्त नहुने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मेघराज पोखरेल तथा विद्वान् अधिवक्ता श्री दिपकराज जोशी प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू श्री विद्याकान्त अधिकारी, श्री विश्वनाथ दाहाल, श्री अञ्जु शर्मा वर्मा, श्री उज्वल घिमिरे, श्री जुगल किशोर कुशहवा, श्री हेमराज अधिकारी र श्री सुमन आचार्य अवलम्बित नजिर : ने.का.प.२०५४, अङ्क ८, नि.नं.६४२२ ने.का.प.२०६९, अङ्क ७, नि.नं.८८६१ ने.का.प.२०७१, अङ्क ११, नि.नं.९२९७ ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२५४ सम्बद्ध कानून : वाणिज्य बैंक ऐन, २०३१ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मुलुकी देवानी संहिता, २०७४ आदेश न्या.बालकृष्ण ढकाल : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् यस अदालतको आदेश यसप्रकार रहेको छ: तथ्य खण्ड रिट निवेदन बेहोराः म निवेदकको बुबा शिवकुमार शुक्लाको नाममा दर्ता स्रेस्ता कायम रहेको पर्सा जिल्ला वीरगन्ज न.पा. हाल महानगरपालिका वडा नं.१४ को कि.नं. ८२ क्षेत्रफल ०-३-१५-० को जग्गा र सोमा बनेको पक्की घरसमेतको जग्गा म १८ वर्षको विद्यार्थी