निर्णय नं. ११३८६ - हक कायम दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३८६ - हक कायम दर्ता बदर दर्ता भाग: ६७ साल: २०८२ महिना: बैशाख अंक: १ फैसला मिति :२०८१/०१/०३ १९४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री विनोद शर्मा फैसला मिति : २०८१।१।३ ०६९-CI-११७१ मुद्दा : हक कायम दर्ता बदर दर्ता पुनरावेदक / वादी : धनुषा जिल्ला बघचौडा गा.वि.स. वडा नं. २ बस्ने नेवालाल साहको छोरा वर्ष ७७ को जुगल साह व्याहुत सुडीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भूमिसुधार तथा व्यवस्था मन्त्रालयसमेत छुट दर्ताका लागि सरकारद्वारा तोकिने म्याद सार्वजनिक स्वरूप लिइसकेका सम्पत्ति व्यक्ति विशेषका नाममा दर्ता गरिदिने उद्देश्यले गरिने नभई व्यक्ति विशेषको भोगचलन हक स्वामित्वको संरक्षणका लागि हुने । दशकौँ दशक पछिसम्म छुट दर्ताको प्रक्रिया चालु राख्ने विधिकर्ताको मनसाय होइन । विधिकर्ताको यो सतर्कताले दर्ता छुट्नुको भरपर्दो औचित्यपूर्ण आधार दाबीकर्ताले प्रस्तुत गरेपछि मात्र निजको सो जग्गामा भोगचलन स्थापित रहे नरहेको हेर्नुपर्ने । सन्दिग्ध र अर्थ्याउनुपर्ने खालका प्रमाण कुनै पनि व्यक्ति विशेषको स्वामित्वका निर्धारक तत्त्व हुन नसक्ने । दाबीकर्ताको आचरण र व्यवहारलाई मूल्याङ्कन गरेर मात्र छुट जग्गा दर्ता हुने वा नहुने कुरा कारणसहित निर्णयकर्ताले निष्कर्ष निकाल्नुपर्ने । हक भन्ने कुरा परित्याग वा समर्पण गर्न सकिने । एक पटक समुदाय वा समाजलाई समर्पण गरी सकिएको सम्पत्ति छुट दर्ताका नाउँमा प्रतिसंहरण गर्न नसकिने । समर्पण लिखित माध्यमबाटै हुन आवश्यक नहुने । दशकौंदेखि सम्पत्तिको प्रयोग बगर, वन, जङ्गल पर्ती, गौचरण, खेलकुद मैदान, पाटी, पौवा, धर्मशाला, औषधालय, विद्यालय, पोखरी र बाटोसमेत जस्ता सार्वजनिक रूपमा भइरहेको र यो कुरा दाबीकर्ताको जानकारीमा छ तथा यथासमयमा सो सार्वजनिक भोगचलनलाई कानूनबमोजिम चुनौती दिइन्न, बरू उल्टो आचरणबाट सो सार्वजनिक भोगचलनलाई समर्थन गरी आएको देखिन्छ भने वादीको सो कार्य समर्पणको परिधिमा पर्ने । सम्पत्ति व्यवहारतः समाजलाई स्वेच्छिक रूपमा समर्पण गरिएको छ, छैन भन्ने कुरामा भने अदालतले तथ्य र प्रमाणलाई सतर्कताका साथ मूल्याङ्कन गर्नुपर्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बसन्तराम भण्डारी र श्री प्रकाश के.सी. तथा विद्वान् अधिवक्ताहरू श्री राजु उप्रेती र श्री थिरबहादुर कार्की प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोष शर्मा अवलम्बित नजिर : ने.का.प.२०७९, अङ्क १०, नि.नं.१०९६३ ने.का.प.२०७७, अङ्क ४, नि.नं.१०४७० ने.का.प.२०६७, अङ्क ७, नि.नं.८४१७ ने.का.प.२०६६, अङ्क १२, नि.नं.८२७८ ने.का.प.२०६४, अङ्क ६, नि.नं.७८६३ ने.का.प.२०५५, अङ्क ३, नि.नं.६५६२ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ जग्गा (नाप जाँच) ऐन, २०१९ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री प्रकाशकुमार काफ्ले धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल पुनरावेदन अदालत जनकपुर फैसला न्या.तिलप्रसाद श्रेष्ठ : तत्कालीन पुनरावेदन अदालत जनकपुरको मिति २०६९।०१।२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा वादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मुद्दाको संक्षिप्त तथ्य हामी वादीहरूको जिजुबाजे डोमी साहु हुन् । निजका ३ छोरामा जे