निर्णय नं. ११३८९ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३८९ - अंश दर्ता भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०८/१३ ७४६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७९।८।१३ ०६९-CI-१०१३ मुद्दाः अंश दर्ता पुनरावेदक / प्रतिवादी : जिल्ला सिराहा, गा.वि.स. ढोडना वडा नं. २ बस्ने स्व. रामजी चौधरीको मु.स. गरी आफ्ना हकमा समेत ऐ.ऐ. बस्ने रामजी चौधरीको छोरा सुदिलाल चौधरी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला सिराहा, गा.वि.स. ढोडना वडा नं. २ बस्ने स्व. काशिलाल चौधरीको मु.स. गर्ने काशीलालको श्रीमती सितली देवी चौधरी २०३४ सालमा मुलुकी ऐनमा सातौँ संशोधन भई अंशबन्डाको ३० नं. मा रहेको संशोधित प्रावधान लागु हुनुभन्दा अगाडिको अवस्थामा अंशबन्डाको लिखत रजिस्ट्रेसन पारित गर्नुपर्ने भन्ने अनिवार्यता नभएको हुँदा वादी प्रतिवादीका बाबु जीवित हुँदा नै भएको अंशबन्डाको लिखत पारित नहुनुलाई मात्र अंशबन्डा नभएको भनी अर्थ गर्न नमिल्ने । यस्तो अवस्थामा अंशबन्डाको लिखत नभए पनि अन्य प्रमाणहरूबाट छुट्टी-भिन्न भएको देखिएको अवस्थामा सोही प्रमाणलाई आधार मान्नुपर्ने । (प्रकरण नं.३) लामो समयदेखि आ–आफ्नो व्यवहार अलगअलग गरी बसी सम्पत्ति भोगचलन गरिआएको स्थितिले बन्डा भएको पुष्टि भएको र सम्पत्तिको विभाजनको स्थिति हेर्दा पनि प्रतिवादीका नाउँमा भन्दा वादीका नाउँमा बढी नै जग्गा रहेकोमा वादीले आफ्ना नाउँमा भएको जग्गा बिक्री गरी सबै सम्पत्ति सिध्याइसकेपछि हाल आएर अंशबन्डाको लिखत नभएको भन्ने आधारमा अंशमा दाबी गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री अविनाशकुमार प्याकुरेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सिताराम के.सी. तथा विद्वान्‌ अधिवक्ता श्री हेम नारायण चौधरी अवलम्बित नजिर : ने.का.प.२०७०, अङ्क १०, नि.नं.९०६७ ने.का.प.२०६३, अङ्क ९, नि.नं.७७६१ ने.का.प.२०५४, अङ्क ३, नि.नं.६३२९ ने.का.प.२०५३, अङ्क ११, नि.नं.६२९३ ने.का.प.२०४९, अङ्क ८, नि.नं.४५९९ सम्बद्ध कानून : मुलुकी (सातौं संशोधन) ऐन, २०३४ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री खिलानाथ रेग्मी सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.का.मु. मुख्य न्या. श्री लोकेन्द्र मल्लिक माननीय न्यायाधीश श्री पवनकुमार शर्मा पुनरावेदन अदालत राजविराज फैसला न्या. प्रकाशकुमार ढुंगाना : पुनरावेदन अदालत राजविराजको फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदन पत्र दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः- संक्षिप्त तथ्य मूल पुरूष अनुपलालको दुई मात्र छोरामा जेठो म काशीलाल र कान्छा विपक्षी रामजी चौधरी हुन् । विपक्षी रामजीको छोरा विपक्षी सुधिलाल हुन् । विपक्षीहरू मेरो भाइ भतिजा नाताका पर्दछन्‌ । हाम्रो दिदी बहिनीको विवाह भइसकेको छ । विपक्षीहरू तथा म बिचमा अंशबन्डा भएको छैन । हाम्रो सगोलमा परिवार संख्या धेरै भई बारम्बार झगडा हुने भएकोले छुट्टी-भिन्न हुने भनी सरसल्लाह हुँदा विपक्षीहरूले नमानेको र सगोलबाट आय आर्जन भएका सम्पत्तिहरू विपक्षीहरूको नाउँमा दर्ता कायम छ । विपक्षीहरूसँग मिति २०६२।९।४ गते अंश माग गर्दा दिन इन्कार गरेकोले साह्रै अन्यायमा परी फिराद गरेको छु । अंशबन्डाको २१, २२, २३ नं. बमोजिम सम्पूर्ण सम्पत्तिको