निर्णय नं. ११३९१ - नामसारी दर्ता हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३९१ - नामसारी दर्ता हक कायमसमेत भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/११/१८ ५६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।११।१८ ०७४-CI-०६५१ मुद्दा:– नामसारी दर्ता हक कायमसमेत पुनरावेदक / वादी : अनिरूद्र श्रेष्ठको नाति, केदारनाथको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १७ घर भई हाल काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका, वडा नं. १८ गैह्रीगाउँ लामाबगर, लालीगुराँस टोल बस्ने रामेश्वर श्रेष्ठ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सूर्यमान श्रेष्ठको नाति, सूर्यबहादुर श्रेष्ठको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १८ किलागल बस्ने ऋषि केशवमान श्रेष्ठसमेत फिल्डबुकबाट नापी भएको जग्गाको जग्गाधनी, जोताहा र जग्गाको नाप यकिन गरिने हुँदा हाम्रो कानूनी व्यवस्थाअनुसार यसको अभावमा जग्गामा व्यक्तिको स्वामित्व सिर्जित हुन कठिन हुने जग्गामा स्वामित्वको सम्बन्धमा विवाद उठान भई अन्य निश्चयात्मक प्रमाणहरूको अभाव रहे सो विवादलाई सुल्झाउन प्रथमतः फिल्डबुकतर्फ नै दृष्टिपात गर्नु वाञ्छनीय हुने । सर्भे नापी पुरानो नापीलाई विस्थापित गर्ने र जग्गा पुनः वैज्ञानिक तवरले नापी गर्ने गराउने प्रयोजनका लागि कानूनबमोजिम गरिएको कार्य मात्र नभई जग्गाको स्वामित्व निर्धारण एवम् त्यस्तो स्वामित्वलाई नवीकरण गर्ने प्रक्रियासमेत भएकोमा सो मौकामा आफ्नो जग्गाको नापी गर्ने गराउने एवम् आफूलाई सम्बन्धित जग्गाको जग्गाधनीको रूपमा स्थापित गर्ने कार्य नगरी स्वामित्वको आधार सिर्जना गर्न नसकेको अवस्थामा सर्भे नापीअघिको विस्थापित स्रेस्ता आधारमा कुनै जग्गामा स्वामित्वको सिर्जना हुने भनी मान्न नमिल्ने । (प्रकरण नं.४) मुद्दा फिर्ता लिने र मुद्दामा प्रतिउत्तर नफिराउनु पक्षहरूको स्वेच्छा र अधिकारको विषय हुने । निजहरूले त्यसरी मुद्दा फिर्ता लिनु वा प्रतिउत्तर नफिराएको विषयलाई मुद्दामा वादीको हकमा निर्विवाद एवम् मुद्दामा तात्त्विक रूपले फरक पार्ने आधारभूत प्रमाण सिर्जित भएको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुरेश प्रधान प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री रामप्रसाद भुषाल अवलम्बित नजिर : ने.का.प.२०७२, अङ्क १२, नि.नं.९५०७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सीताप्रसाद पोखरेल काठमाडौं जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पदमराज भट्ट माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन फैसला न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याइ हेरिपाउँ अन्तर्गत यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मेरो बाजे अनिरूद्र श्रेष्ठको नामको टोखा मौजा हा.नं. २३३ मध्येबाट भिडी दर्ता हुने काठमाडौं जिल्ला, चपली गा.वि.स., वडा नं. ७(ग) कि.नं. ६०, ६१, ६२ र ७० को ४ कित्ता जग्गा साबिक बाजेदेखि हक भोग गर्दे आएकोमा भुलवश नापीको समयमा दर्ता गर्न बाँकी रहेको र फिल्डबुकमा सूर्यबहादुर श्रेष्ठको नाम जनिएको हो । उक्त जग्गा मेरो बाजे अनिरूद्र श्रेष्ठको नाममा टोखा मौजा हा.नं. २३३ मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोले मोही भाग कटाइ आधा ज