निर्णय नं. ११३९४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३९४ - उत्प्रेषण भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०८०/०१/२५ ५५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०८०।०१।२५ ०७४-WO-०१७९ मुद्दाः- उत्प्रेषण निवेदक : सुर्खेत जिल्ला वीरेन्द्र नगरपालिका वडा नं.६ बस्ने श्यामबहादुर गौतम विरूद्ध विपक्षी : उच्च अदालत सुर्खेत, वीरेन्द्रनगरसमेत एउटा अंशियारको असहमति हुँदाहुँदै अंश हकजस्तो कानूनी अधिकारलाई कुण्ठित हुने गरी कामकारबाही गर्न नहुने । अंशियारहरूबिच अंशबन्डा भइसकेपछि बाबुको नामको बाँकी रहेको जग्गा वा अचल जेथामा अन्यथा भएमा बाहेक निजको मृत्युपछि जीवित अंशियारहरू सबैको भाग लाग्नु स्वाभाविक नै हुने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू महादेवप्रसाद यादव र श्री खगेन्द्रप्रसाद अधिकारी विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री युवराज महत तथा विद्वान् वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी एवं विद्वान्‌ अधिवक्ताहरू चन्द्रबहादुर बस्नेत र जगतप्रकाश जोशी अवलम्बित नजिर : ने.का.प.२०६९, नि.नं.८९०९ सम्बद्ध कानून : आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ तथा १३३ (२) र (३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यस प्रकार रहेको छ:- संक्षिप्त तथ्य पिता हिक्मतबहादुर गौतम र माता लक्ष्मी गौतमको जेठो छोरा स्व. खगेन्द्रबहादुर गौतमको श्रीमती देवी गौतम, माइलो म निवेदक श्यामबहादुर गौतम, साहिँलो प्रत्यर्थी दुर्गाजंग गौतम र कान्छो प्रत्यर्थी अर्जुनजंग गौतमसमेत, २ जना मातापिता र चार जना अंशियार छोरा रहेकोमा मेरो साहिँलो भाइ दुर्गाजंग गौतम २०४२।८।२६ मा मानो छुट्टिएको, प्रत्यर्थी शान्तिदेवीका स्व. पति खगेन्द्रबहादुरले अंश मुद्दा दिएकोमा मिति २०५५।९।२४ मा सुर्खेत जिल्ला अदालतमा मिलापत्र भई प्रत्यर्थी अर्जुनजंग, दुर्गाजंग, खगेन्द्रबहादुरले अंश लिई छुट्टिई भिन्न भएपछि माता पितालाई आफूले स्याहार सम्भार गरेकोमा यसैबिच पिता हिक्मतबहादुर र माइलो बुबा विनोदबहादुरबिच अंश हक लाग्ने सुर्खेत जिल्ला लाटीकोइली गा.वि.स. वडा नं. ४ को कि.नं. ५०७ को १-२-१७३/४ जग्गा कान्छो बुबा कृष्णबहादुरको नाउँमा दर्ता कायम रहेकोमा सोमध्ये ०-१८-० जग्गा जालसाज गरी बेचबिखन गरेकोमा जालसाजी मुद्दा चलेको अवस्थामा नै पिताको निधनपछि म निवेदकले सकार गरेँ । उक्त जग्गामध्ये ०-७-१७३/४ जग्गामा दाबी पुग्ने गरी सुरू फैसला भएको साबिक पुनरावेदन अदालतबाट सुरू सदर फैसला भएकोमा सोउपर सर्वोच्च अदालतमा मुद्दा दोहोर्‍याइपाउँ भनी निवेदन दिएकोमा निस्सा प्रदान नहुने गरी आदेश भएको हुँदा उक्त फैसला अन्तिम भई बसेको छ । उक्त फैसला कार्यान्वयनको सिलसिलामा प्रत्यर्थीमध्येका दुर्गाजंग गौतमले सुर्खेत जिल्ला अदालतमा निवेदन दिएको र निजका हकमा सुर्खेत जिल्ला अदालतबाट हक पुग्ने आदेश भएको र सोउपर पुनरावेदन अदालत सुर्खेतबाट पनि जिल्लाको आदेश सदर भई मेरो पक्षमा सुनुवाइ नहुँदा प्रस्तुत निवेदन दिएको छु । म निवेदक श्यामबहादुर गौतम र विजयालक्ष्मी गौतमका नाउँमा फैसलाबमोजिम जग्गा दा.खा. गर्नुपर्नेमा मुद्दाको हक सकार नगरेको र पहिले नै आफ्नो अंश भाग लिई भिन्न भइसकेका साथै बाबुआमाको पालनपोषणसमेत नगरेका प्रत्यर्थीहरू खगेन्द्रबहादुर गौतम तथा दुर्गाजंग गौतमसमेतले फैसला कार्यान्वयनका सन्दर्भमा हक दाबी गर्न पा