निर्णय नं. १५६३ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५६३ - अंश भाग: २४ साल: २०३९ महिना: असोज अंक: ६ फैसला मिति :२०३९/०२/२१ २६५३ निर्णय नं. १५६३ ने.का.प. २०३९ अङक ६ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला २०३८ सालको दे.फु.नं. २८ फैसला भएको मिति : २०३९।२।२१।६ मा निवेदक प्रतिवादी : ललितपुर, विसंखुनारायण ७ नं.वडा बस्ने लक्ष्मीकुमारी गिरीसमेत विरुद्ध विपक्षी वादी : ऐ.ऐ.बस्ने गणेश गिरी समेत मुद्दा : अंश (१) जालसाजी भनी दावी लिनेले जालसाजी भनेर मात्र पुग्दैन । यसको सबूत प्रमाण पनि दिनु पर्छ । (प्रकरण नं. २३) (१) आ–आफ्नो अंश भाग छुट्याई बण्डापत्र खडा गरिएको कुरामा विवाद नदेखिएको र घर जग्गा भोग चलन गरेको कुरालाई वादीहरुले आफ्नो फिरादमा नै स्वीकार गर्नु भएकोले बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल घर जग्गा वादीहरुले भोग गरेको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २७) निवेदक प्रतिवादीहरुतर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.नयनबहादुर खत्री १. डिभिजनबेञ्चका मा.न्यायाधीशहरुको मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावलीको नियम ३३ (क) बमोजिम प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : हाम्रा बाबा लोग्ने ईश्वर गिरीका दुई श्रीमतिमा जेठी विपक्ष लक्ष्मीदेवी तर्फका जेठा छोरा मुक्तीप्रसाद गिरी, माइला छोरा म कुलमान गिरी, कान्छा छोरा म जगन्नाथ गिरी, छोरी विपक्षी सीता समेत ५ अंशियार र म कान्छी पदमकुमारी तर्फ जेठा छोरा गणेश गिरी, माहिला छोरा म भैरव गिरी, कान्छो छोरा शिव गिरी समेत ४ अंशियार समेत दुवै श्रीमती तर्फ गरी ९ अंशियारमा बाबा ईश्वरी गिरी ०९ सालमै परलोक हुनु भएको कान्छी तर्फका ४ अंशियार २०१९।१।४ गते बसोबासको निमित्त केही घर जग्गा लिई मानो छुट्टिई बसेको जेठी तर्फका माहिलो म कुलमान र कान्छो र जगन्नाथ मिति ०२७।१।१२ का दिन बसोबासको निमित्त केही घर जग्गा लिई मानो छुट्टिई बसेको हामीहरुको रीतपूर्वकको अंशबण्डा भएको छैन । विपक्षीहरु सगोल बसी आएको विपक्षी मध्ये मुक्तीप्रसाद जिम्मा मठ गुठीको जग्गा पूर्खाको सबै मठ एकलौटी चलाई आयस्ता खाएको हामीले पनि मठ चलाई आयस्ता खान पाउने नदिएको भई हामी कान्छीपट्टिका ०१९।१।४ गते र जेठी तर्फका ०२७।१।१२ गते मानु छुट्टिएकोले सो मिति कायम गरी दायदाती समेत लिई सीताको एक भागको आधा र हामी ८ अंशियारको भाग लगाई एक एक भाग हामीहरुको अंश विपक्षहरुबाट दिलाई पाउँ भन्ने समेत पदमकुमारी गिरी, गणेश गिरी, शिव गिरी, भैरव गिरी, कुलमान गिरी, जगन्नाथ गिरीको ०३२।१।२९।२ को संयुक्त फिराद । ३. विवाहिता म लक्ष्मीकुमारी र ल्याइता विपक्षी वादी पदमकुमारी हुन । पुर्खा वलिराजका १९६२ साल जेष्ठ ११ गते मठका महन्तहरु समेत साक्षी राखी खसिनी अर्थात ल्याईता तर्फलाई एकभाग सम्म खान दिनु मठमा दावा गर्न नपाउने थिती बन्देज गरी दिनु भएकोले ल्याइता पदमकुमारी र निजका छोराहरुले मठमा दावी गर्न नपाउने प्रष्ट छ । विवाहित पट्टिको जेठोले मात्र मठ चलाउन पाउने थिती बन्देज अनुसार मठको काम मुक्तिप्रसादले चलाई आएको कुरा वादीले लेखेकै छन् । ०१२ सालको बण्डापत्रमा लेखिएको जग्गाहरु वादी मध्येका ४ जनाको बीचमा ०२२।१।१९।७ मा बण्डा भएकोले बण्डा भएन भन्न न्यायोचित भएन । म लक्ष्मीकुमारी समेतका ५ जनाको बीचमा पनि ०२७।१।१२ मा बण्डापत्र खडा गरि