निर्णय नं. ११४०० - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४०० - जबरजस्ती करणी भाग: ६७ साल: २०८२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०८१/०३/०५ २२४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।०३।०५ मुद्दा : जबरजस्ती करणी ०७६-CR-०४०५ पुनरावेदक / प्रतिवादी : जिल्ला दाङ, घोराही उपमहानगरपालिका वडा नं.१८ घर भई हाल जिल्ला कारागार कार्यालय, घोराही दाङमा कैदमा रहेको गिरीराज वि.क. विरूद्ध प्रत्यर्थी / वादी : दाङ ५६(८)क. को जाहेरीले नेपाल सरकार ०७७-CR-०८५५ पुनरावेदक / प्रतिवादी : दुर्गाबहादुर पुरीको छोरा जिल्ला दाङ घोराही उ.म.न.पा.वडा नं. १८ घर भई हाल जिल्ला कारागार कार्यालय, घोराहीमा कैदमा रहेको अनुप भन्ने खिमबहादुर पुरी विरूद्ध प्रत्यर्थी / वादी : ५६(८) को जाहेरीले नेपाल सरकार जबरजस्ती करणी मुद्दामा प्रत्यक्षदर्शी प्रमाण नरहने । प्रत्यक्षदर्शी भनेको पीडित स्वयम् हो र पीडितको बकपत्र प्रमाणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहँदारहँदै पनि पीडितको बकपत्र मुद्दामा स्थापित तथ्यबाट समर्थित हुन नसकेमा अदालतले स्थापित तथ्यका आधारमा न्याय निरूपण गर्नुपर्ने । वारदात भएको लामो समयको अन्तरालमा पीडितले बिस्तारै आफूउपरको पीडालाई भुल्दै जाने, प्रतिवादीसँग एउटै समाजमा रहँदा बस्दा पीडितउपर आर्थिक, सामाजिक प्रभाव पर्न सक्नेलगायतका कारणले साक्षी प्रमाणको विश्वसनीयतालाई असर पार्न सक्ने परिस्थिति सिर्जना हुन सक्ने सम्भावनालाई इन्कार गर्न नमिल्ने । प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने मनसायले पीडितले वा अन्य साक्षीले प्रतिकूल बकपत्र (hostile) गर्न सक्ने भए तापनि मिसिलबाट स्थापित तथ्यबाट पुष्टि नभएसम्म बकपत्रकै आधारमा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिँदा वास्तविक कसुरदार पनि सजायबाट उन्मुक्ति पाउने अवस्था पैदा हुने । (प्रकरण नं.३) वारदातको परिस्थिति एवम् भौतिक प्रमाणलाई व्यक्तिले चाहेर पनि लुकाउन छिपाउन वा तोडमोड गर्न कठिन हुने हुँदा कतिपय अवस्थामा व्यक्तिको बयान बकपत्रभन्दा पनि भौतिक प्रमाणबाट स्थापित तथ्यको आधारमा निष्कर्षमा पुग्नुपर्ने । (प्रकरण नं.४) प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ताहरू श्री अन्जु रेग्मी र सुर्यलक्ष्मी महर्जन तथा विद्वान् अधिवक्ता श्री बिमला यादव वादीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री संजिवराज रेग्मी अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ६, पृ.१०३८ सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री चुरामन खड्का मा.न्यायाधीश श्री हरिप्रसाद उपाध्याय पंज्ञानी दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य माननीय मुख्य न्यायाधीश श्री रमेश पोख्रेल माननीय न्यायाधीश श्री मेरिना श्रेष्ठ उच्च अदालत तुलसीपुर दाङ फैसला न्या. टेकप्रसाद ढुंगाना : उच्च अदालत तुलसीपुरबाट मिति २०७६/१/९ र मिति २०७७/६/५ मा भएका फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को बमोजिम प्रतिवादीहरूको पुनरावेदन परी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छः- तथ्य खण्ड जिल्ला दाङ घोराही न.पा. ५ स्थित पूर्वमा कटुवा खोला, पश्चिममा कटुवा खोलादेखि मसिना गाउँतर्फ जाने सडक, उत्तरमा कटुवा खोलाको बगर, दक्षिणमा सोही कटुवा खोलाको बगर यति चार किल्लाभ