निर्णय नं. ११४०४ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४०४ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०८१/०२/०३ ४१८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल आदेश मिति : २०८१।०२।०३ ०८०-WF-००५३ मुद्दाः उत्प्रेषणसमेत निवेदक : सुदूरपश्‍चिम प्रदेश सभाका सदस्य कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं.५ बस्ने लक्ष्मण किशोर चौधरी विरूद्ध विपक्षी : प्रदेश प्रमुख, सुदूरपश्‍चिम प्रदेश प्रमुखको कार्यालय, धनगढी, कैलालीसमेत प्रदेश प्रमुखले दाबीकर्ता र समर्थनकर्ता सदस्य तथा राजनीतिक दलको समर्थनसम्बन्धी वास्तविकता यकिन गर्न औपचारिक वा अनौपचारिक प्रक्रिया अवलम्बन गर्नुपर्ने । यस्तो प्रक्रियाका लागि निश्‍चित समय लाग्ने भए तापनि यति नै दिन हो भन्‍ने सम्बन्धमा कुनै प्रस्ट संवैधानिक वा कानूनी व्यवस्था रहेको नदेखिने । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम परेको निवेदकको दाबीलाई प्रदेश प्रमुखबाट बिनाकारण लामो समयसम्म अनिर्णित अवस्थामा राखी निवेदकको दाबीउपर यथासमयमा निर्णय नगरी संविधानको धारा १६८ को उपधारा (२) विपरीतको कार्य मान्‍न नमिल्ने । (प्रकरण नं.३) प्रदेशसभाको निर्वाचन लगत्तै धारा १६८ को उपधारा (२) बमोजिमको मुख्यमन्त्री नियुक्तिका लागी धारा १६८ को उपधारा (३) मा ३० दिनको समयसीमा तोकिएको तर धारा १६८ को उपधारा (२) बमोजिम एक पटक मुख्यमन्त्री नियुक्त भई धारा १६८ को उपधारा (४) बमोजिम विश्‍वासको मतसमेत प्राप्‍त गरिसकेको मुख्यमन्त्रीको पद कुनै कारणले रिक्त हुन आएमा उक्त रिक्त भएको मुख्यमन्त्रीको नियुक्ति कति समयभित्र हुनुपर्ने भन्‍ने व्यवस्था संविधानको धारा १६८ ले गरेको नपाइने । यसरी पछि रिक्त भई नियुक्त गर्नुपर्ने मुख्यमन्त्री यति समयभित्र नियुक्त गरिसक्नुपर्ने स्पष्‍ट व्यवस्था नभएको अवस्थामा त्यस्तो मुख्यमन्त्रीको नियुक्ति कति दिनभित्र गर्ने भन्‍ने स्वविवेकीय अधिकार नियुक्तिकर्ताकै जिम्मामा संविधानले सुम्‍पेको मान्नुपर्ने । संविधानको धारा १६८ को उपधारा (२) को प्रक्रियाबमोजिम मुख्यमन्त्री पदमा नियुक्तिका लागि तोकिएको समयसीमाभित्र परेका दाबीहरू संविधानसम्मत नभएको वा प्रदेश सभामा बहुमत प्राप्‍त गर्नसक्ने अवस्थाको नदेखिएमा स्वाभाविक रूपमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी संविधानको धारा १६८ को उपधारा (२) बाहेकको प्रक्रिया प्रारम्भ गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको अनुपालन गरी आफ्नो संवैधानिक कर्तव्य निर्वाह गर्नु प्रदेश प्रमुखको दायित्व हुने । धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया एक पटक अन्त भएको अवस्थामा सोही धाराको उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्नुपर्ने । (प्रकरण नं.५) संसद्वाट कार्यकारी प्रमुखको चयन हुने व्यवस्था भएको नेपाल जस्तो मुलुकमा त्यस्तो कार्यकारी प्रमुखले नियुक्तिदेखि निज पदमा बहाल रहुन्जेलसम्म आफूलाई निर्वाचित गर्ने सदनको बहुमतको विश्‍वास अनिवार्य रूपमा हासिल गरेकै हुनुपर्ने । सदनको विश्‍वास भन्‍नुको अर्थ बहुमत सदस्यको समर्थन हो र त्यस्तो समर्थन भनेको आफूलाई शासन गर्नका लागि अप्रत्यक्ष रूपमा जनताद्वारा अनुमोदित हुनु पनि हुने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री प्रेमबहादुर खड्का, श्री बालकृष्ण नेउपाने, डा. श्री विजयप्रसाद मिश्र, श्री सिताराम के.सी. तथा विद्वान्‌ अधिवक्ताहरू श्री खम्मबहादुर खाती,