निर्णय नं. ४३५८ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३५८ - उत्प्रेषण परमादेश भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/२१ २९३४ निर्णय नं. ४३५८ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको रिट नं. १००१ आदेश भएको मिति : २०४८।९।२१।१ मा निवेदक : जि.दोलखा सहरे गा.पं. वडा नं. ६ बस्ने दीलप्रसाद आचार्यको वारेस भई आफ्ना हकमा समेत ऐ.ऐ.बस्ने रामप्रसाद आचार्य विरुद्ध प्रत्यर्थी : भूमिसुधार मन्त्रालय ४ नं. नापी टोली जि.दोलखा, मुकाम चरिकोटसमेत विषय : उत्प्रेषण परमादेश (१) जग्गा (नाप जाँच) नियमावली, २०३२ को नियम ६(३) बमोजिम पर्न आएको निवेदनमा निर्णय गर्ने अधिकार प्राप्त नापी टोली प्रमुखले निर्णय गर्दा न्यायिक मन प्रयोग गरी सबूद प्रमाणको मूल्याड्ढ गर्नु पर्ने । (प्रकरण नं. ११) (२) ४ नं. नापी टोली प्रमुखले निर्णय गर्दा सबूद प्रमाणको मूल्याड्ढन समेत नगरी अमीनले सम्बन्धित कित्ता जाँच गरी पेश गरेको प्रतिवेदनमा नै तामेलीमा राखिदिने भन्ने तोक लगाएको देखिएबाट तोक आदेश (साविक पेज नं. ४९६) कानुन बमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. हाम्रो पिता शर्मानन्द आचार्य नाम दर्ताको जि.दोलखा सहरे गा.पं. वडा नं. ५ को २००० सालको दर्ता अनुसार तामाकोशी देखि पूर्व, मानबहादुरको नाल खेत पश्चिम, ठाडो कुलो दक्षिण, बिरुवाको खोला, बेलको रुख उत्तर यति ४ किल्ला भित्रको माटो मुरी ।२। दुई मुरी भएको हाम्रो दर्ता भोग चलनमा रहेको जग्गा मध्ये केहीमा खेतवारी गरी आवादी रहेको, केहीमा खरबारी, केहीमा हामी आफ्नै श्रमबाट वृक्षारोपण गरी रुख बुटेनहरु रहेको, उक्त जग्गाका विषयमा हामी निवेदकहरुका पिता शर्मानन्द वादी बमबहादुर खड्का प्रतिवादी भई दोलखा मालमा तिरो धरौट मुद्दा परी २०२४।२।२३ मा सो जग्गा पिताजी कै ठहर भई तिरो बुझ्नु पर्ने फैसला भएको, सोही जग्गाका विषयमा वादी शर्मानन्द प्रतिवादी धनबहादुर समेत भएको मुद्दामा उल्लेखित ४ किल्ला भित्रको जग्गा पिता शर्मानन्दको हुने गरी मिलापत्र भएको र सोही जग्गामा वादी धनबहादुर खड्का प्रतिवादी निवेदकहरुका पिता भएको जग्गा खिचोला मुद्दामा पनि नक्शा समेत भई वादी दावी नपुग्ने ठहर भई चरिकोट जिल्ला अदालतबाट ०२६।५।२ गते भएको फैसला अन्तिम भएर बसेको छ । विपक्षी नापी टोलीमा उल्लेखित जग्गा हामीहरुकै नाममा नाप जाँच गराएकोमा विपक्षी नापीले ७ दिने सूचना निकाल्दा सो जग्गा मध्ये खर बारी २ वन बुटेन जति जंगल भई मिलाएर नाप जाँच गरेको देखिएपछि निवेदक मध्ये म रामप्रसाद आचार्यले मिति ०४६।२।२८ मा आफ्नो सबै व्यहोरा खुलाई निवेदन गरेकोमा कारवाही हुँदा विपक्षी नापी टोलीले २०४६।४।१ मा “यसमा अमीनको प्रतिवेदन अनुसार जंगल देखिएको कित्ताकाट गर्न नमिल्ने व्यहोरा सुनाई तामेलीमा राख्ने” भन्ने आदेश भएको २०४६।९।२१ मा नक्कल सारी हेर्दा थाहा पाएँ । ३. विपक्षी अमीनले प्रतिवेदन दिनु अघि सरजमीन र निवेदक समेतलाई नबुझी दिएको प्रतिवेदनको आधारमा मात्र हामीलाई सुनवाइको मौका समेत नदिई गरिएको उक्त निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ प्रमाणको मूल्यांकन नगरी गरिएको निर्णय अ.बं. १८४