निर्णय नं. ११४०७ - हक निखनाई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४०७ - हक निखनाई पाऊँ भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०८०/०८/१३ ५८१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०८०।८।१३ ०७७-CI-०४९६ मुद्दाः- हक निखनाई पाऊँ । पुनरावेदक / वादी : जिल्ला उदयपुर, त्रियुगा न.पा. वडा नं. १५ बस्ने फडिन्द्रराज खड्का विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला उदयपुर, त्रियुगा न.पा. वडा नं. १५ बस्ने गोपाल कुमार कटुवालसमेत कुनै पनि अचल सम्पत्तिसँग सिमाना जोडिएर रहेको अर्को अचल सम्पत्तिलाई साँध सिमाना जोडिएको मानिने । तर हकवालाको सन्धिसर्पन परेको मान्नलाई सिमाना जोडिनु मात्र पर्याप्त नहुने । सिमाना जोडिनुको साथसाथै सो सिमाना जोडिएको अचल सम्पत्तिबाट अर्को सिमाना जोडिएको अचल सम्पत्ति तथा सोको धनीको बाटो, निकास जस्ता अत्यावश्यक कुराहरू पूर्ण रूपमा प्रभावित हुन पुगेको देखिनुपर्ने । अर्थात्‌ हकवालाको आफ्नो सम्पत्तिको साँध जोडिएको अर्को हकवाला व्यक्तिको अचल सम्पत्तिको धनीले सो सम्पत्ति बिक्री गर्दा आफ्नो सम्पत्ति उपभोगका लागि स्पष्टतः र पूर्ण रूपमा वञ्चित भई सो सम्पत्तिको उपभोग नै गर्न नसक्ने स्थिति खडा हुन गएको स्थितिलाई सन्धिसर्पन परेको मान्न सकिने । उक्त सन्धि सर्पनको घर जग्गा जस्ता अचल सम्पत्ति निखन्ने कानूनी अधिकार हकवालाको मात्र हुने । एकै परिवारका व्यक्तिहरू छुट्टिई भिन्न भई आफूहरूसँग रहेका घर जग्गा जमिन विभाजन गरी भोग व्यवहार गरेका र त्यस्तो संयुक्त पारिवारिक रूपमा रही भोग व्यवहार गर्दा नपरेको कठिनाई, तेस्रो व्यक्ति (third party) प्रवेश गरेमा उत्पन्न भएमा सहजताका निमित्त सो निखन्ने सुविधा हकवालालाई प्रदान गरिएको मानिने । अर्थात्‌ सन्धि सर्पनको घर जग्गा अचल निखन्न पाउने कानूनी व्यवस्था स्वयम्‌मा अधिकार नभई पारिवारिक इतिहासको सम्पत्ति भोग गर्नमा नभई नहुने अत्यावश्यकीय सुविधाको परिस्थितिको (unavoidable circumstance) सहज निकासको रूपमा लिनुपर्ने । अतः कुनै घर जग्गा जमिन सन्धि सर्पन दाबी गर्ने हक (locus standi) हकवालालाई मात्र हुने र त्यस्तो अचल सम्पत्ति निजै हकवालाले निखन्न नपाउने हो भने त्यस्ता हकवालाको सो निखन्न पाउने अचल भोग गर्न असम्भव अवस्थाको सिर्जना हुनुपर्ने । अन्यथा सम्पत्तिमा हक प्राप्त व्यक्तिले तेस्रो पक्षलाई कुनै अचल सम्पत्ति बिक्री व्यवहार गर्न नै नसक्ने एवम् खरिदकर्ता तेस्रो पक्षको समेत हक अधिकारमा अस्वाभाविक दखल पर्न जाने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की अवलम्बित नजिर : ने.का.प.२०५५, अङ्क ७, नि.नं.६५६९ ने.का.प.२०५५, अङ्क १०, नि.नं.६६१६ ने.का.प.२०६८, अङ्क १०, नि.नं.८७०६ सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री महेन्द्रबहादुर कार्की उदयपुर जिल्ला अदालत पुनरावेदन तह फैसला गर्नेः मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी मा. न्यायाधीश श्री शालिग्राम कोइराला उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा जिल्ला उदयपुर गा.वि.स. भ