निर्णय नं. ११४०८ - अंशचलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४०८ - अंशचलन भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०७९/१२/१४ ८५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।१२।१४ मुद्दा : अंशचलन ०७२-CI-०९०१ पुनरावेदक / वादी : बुद्धिबहादुर रायमाझीको बुहारी स्व.जयबहादुर रायमाझीको श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँबजार बस्ने इन्दिरा रायमाझी परलोक भई मु.स. गर्ने छोरा सन्तोष रायमाझी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : डम्बरबहादुर रायमाझीको बुहारी अम्बर सिं बस्नेतको छोरी बुद्धिबहादुर रायमाझीको श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ घर भई हाल नवलपरासी जिल्ला गैंडाकोट गाउँ विकास समिति वडा नं. १ बस्ने हंशकुमारी रायमाझीसमेत ०७२-CI-११६२ पुनरावेदक / प्रतिवादी : स्व. बुद्धिबहादुर रायमाझीको बुहारी विजय रायमाझीको श्रीमती काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँबजार बस्ने सुधा रायमाझी विरूद्ध प्रत्यर्थी / वादी : स्व. बुद्धिबहादुर रायमाझीको बुहारी जयबहादुर रायमाझीको श्रीमती काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजार बस्ने इन्दिरा रायमाझी ०७२-CI-१५८९ पुनरावेदक / प्रतिवादी : डम्बरबहादुर रायमाझीको बुहारी बुद्धिबहादुर रायमाझीको श्रीमती, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ घर भई हाल नवलपरासी जिल्ला, गैंडाकोट गाउँ विकास समिति वडा नं. १ बस्ने हंशकुमारी रायमाझी विरूद्ध प्रत्यर्थी / वादी : बुद्धिबहादुर रायमाझीको बुहारी, जयबहादुर रायमाझीको श्रीमती काठमाडौं, जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजार बस्ने इन्दिरा रायमाझी ०७४-CI-००३४ पुनरावेदक / प्रतिवादी : स्व.बुद्धिबहादुर रायमाझीको छोरा, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँ बजार बस्ने विजय रायमाझी विरूद्ध प्रत्यर्थी / वादी : स्व.बुद्धिबहादुर रायमाझीको बुहारी, जयबहादुर रायमाझीको श्रीमती काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँ बजार बस्ने इन्दिरा रायमाझी विदेशमा गई काम गर्ने व्यक्तिले आफू देशबाहिर रहँदा बस्दा त्यहाँ आर्जन गरेको रकम आफन्तको नाममा पठाई निजहरूकै नाममा जग्गा जमिन खरिद गर्नु व्यावहारिक रूपमा चलन चल्तीमा रहेकै विषय हुने । विदेशमा आर्जन गरेको त्यस्तो रकम नेपालमा पठाएको र त्यस्लाई प्रयोग गरी परिवारका अरू कुनै सदस्यको नाममा सम्पत्ति जोडेको तथ्य लिखत प्रमाणबाट खुल्न आउँछ भने व्यक्तिगत विश्‍वासमा गरेको त्यस्तो कारोबार व्यवहारलाई अन्यथा भन्‍नुपर्ने अवस्था नरहने । त्यस अवस्थामा विदेशमा काम गरी रकम पठाउने व्यक्तिको अधिकार सुरक्षित हुने दृष्‍टिकोण अवलम्बन गर्नु न्यायको रोहमा उपयुक्त हुने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री बद्रीबहादुर राउत, श्री विश्‍वद्वीप अधिकारी र श्री गोपालकृष्‍ण घिमिरे तथा विद्वान्‌ अधिवक्ताहरू श्री सरिता शर्मा र श्री ज्ञानेन्द्रबहादुर कुँवर प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री शेरबहादुर के.सी. तथा विद्वान्‌ अधिवक्ताहरू श्री विनोद शर्मा र श्री चुडामणी पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री कृष्‍णबहादुर थापा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शिवराज अधिकारी माननीय न्यायाधी