निर्णय नं. ११४१० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४१० - कर्तव्य ज्यान भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०८१/०१/३१ ९१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।०१।३१ मुद्दा:- कर्तव्य ज्यान ०७५-CR-०५१६ पुनरावेदक / प्रतिवादी : फागु चमारको छोरा, जिल्ला नवलपरासी, साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४, हाल सुस्ता गाउँपालिका, वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी, नवलपरासीमा थुनामा रहेको रूदल चमार (हरिजन) विरूद्ध प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार ०७५-CR-०५७६ पुनरावेदक / प्रतिवादी : रूदल चमार (हरिजन) को छोरा, जिल्ला नवलपरासी साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४, हाल सुस्ता गाउँपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी, नवलपरासीमा थुनामा रहेको रामानन्द चमार (हरिजन) विरूद्ध प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार ०७५-CR-०५७७ पुनरावेदक / प्रतिवादी : रूदल चमार (हरिजन) को श्रीमती, जिल्ला नवलपरासी, साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४, हाल सुस्ता गाउँपालिका, वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी, नवलपरासीमा थुनामा रहेको दिनानाथ चमार (हरिजन) विरूद्ध प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार ०७५-CR-०५७८ पुनरावेदक / प्रतिवादी : रूदल चमार (हरिजन) को श्रीमती, जिल्ला नवलपरासी, साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४ हाल सुस्ता गाउँपालिका, वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी नवलपरासीमा थुनामा रहेको बुदिया चमार (हरिजन) विरूद्ध प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार ०७५-CR-०५७९ पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४, हाल सुस्ता गाउँपालिका, वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी, नवलपरासीमा थुनामा रहेको प्यारे चमारको छोरा कोदाइ चमार (हरिजन) समेत विरूद्ध प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार धामी झाँक्रीहरूद्वारा गर्ने गराउने परम्परागत उपचारका नाममा हुने पूजामा यदाकदा मान्छेको भोग वा बलि दिने जस्तो अमानवीय र क्रूर कसुरसमेत यदाकदा हुने गरेकोमा यस्तो कसुरलाई कानूनले पूर्णतया बन्देज गरेको मानिने । (प्रकरण नं.१९) समाजमा रहेका यस्ता अन्धविश्वास र कुरीति कायम रहेको देखिएकाले सामाजिक अन्धविश्वास र कुरीतिका जगमा हुने मानव बलि जस्तो जघन्य र मानवता विरोधी अपराधका घटना हुनबाट रोक्न समाजमा सचेतना फैलाउन र कथम्कदाचित घटना भई हालेमा कानूनी दायरामा ल्याउन अझ स्पष्ट कानूनी प्रबन्ध गरिनुपर्ने । (प्रकरण नं.२४) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामबन्धु शर्मा र विद्वान् अधिवक्ता श्री रामपुकार महतो, वैतनिक कानून व्यवसायी विद्वान् अधिवक्ता श्री सूर्यलक्ष्मी महर्जन, विद्वान् अधिवक्ता श्री हरिप्रसाद मैनाली वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्ति न्यौपाने अवलम्बित नजिर : ने.का.प.२०७४, अङ्क ८, नि.नं.९८६१ ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००८ ने.का.प.२०८०, अङ्क ९, नि.नं.१११६२ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी अपराध संहिता, २०७४ नेपालको अन्तरिम संविधान, २०६३ बालबालिकासम्बन्धी ऐन, २०४८ र २०७५ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बोक्सीको आरोप (कसुर तथा सजाय) ऐन, २०७२ जनस्वास्थ्य सेवा ऐन, २०७५ प्रमाण ऐन, २०