निर्णय नं. ११४१३ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४१३ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: असार अंक: ३ फैसला मिति :२०८०/१०/२२ २०२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८०।१०।२२ ०७६-WO-०४७६ मुद्दाः उत्प्रेषणसमेत रिट निवेदक : सुरतबहादुर अमात्यको नाति बसन्तबहादुर अमात्यको छोरा डोटी जिल्ला दिपायल सिलगढी न.पा. वडा नं. १ घर भई हाल ल.पु.जि.ल.पु.म.न.पा. वडा नं. १० कुपण्डोल बस्ने वर्ष ६२ को निरन्जनबहादुर अमात्यसमेत विरूद्ध विपक्षी : सुदूरपञ्चिम प्रदेश मन्त्रिपरिषद्को कार्यालय, कैलाली, धनगढी न.पा. समेत व्यक्तिगत सम्पत्ति मुआब्जा वा क्षतिपूर्ति नदिई अर्थात् कानूनबमोजिम जग्गा प्राप्त नगरी सडक, बाटो वा अन्य कुनै पनि सार्वजनिक प्रयोजनमा लैजान नमिल्ने । व्यक्तिगत वा निजी सम्पत्ति सार्वजनिक प्रयोजनमा लैजानका लागि सम्बन्धित व्यक्तिको सहमति वा मन्जुरी आवश्यक हुने वा कानूनबमोजिम मुआब्जा वा क्षतिपुर्ति प्रदान गरी जग्गा प्राप्त गर्नुपर्ने । कुनै दाताले स्वेच्छाले बाटोलगायत कुनै सार्वजनिक प्रयोजनका लागि केही जग्गा दिएको अवस्थामा पनि सोही हदसम्मको जग्गामा मात्र सीमित रहनुपर्ने । दाताले प्रदान गरेकोभन्दा बढी क्षेत्रफल चौडा गरी बाटो निर्माण गरिएको अवस्थामा सो कुराको जवाफदेहिता सम्बन्धित निकायले लिनुपर्ने । निवेदकले मन्जुरी दिएको जग्गा बाहेक अन्यत्र स्थानबाट बाटो बनाउने कार्य गरेको वा गर्न लागेको अवस्थामा निवेदकलाई मुआब्जा वा क्षतिपूर्ति प्रदान गर्नुपर्ने । सहमति नलिई वा कानूनी प्रक्रियाबमोजिम मुआब्जा वा क्षतिपूर्ति प्रदान नगरी व्यक्तिगत सम्पत्ति कब्जा गर्ने छुट कसैलाई नहुने । (प्रकरण नं.८) रिट निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री विकास भट्टराई तथा श्री मनिषकुमार श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोष शर्मा अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ४, नि.नं.९९८६ सम्बद्ध कानून : नेपालको संविधान जग्गा प्राप्ति ऐन, २०३४ आदेश न्या.टेकप्रसाद ढुङ्गाना : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२)(३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार छः तथ्यगत बेहोरा हामी निवेदकहरूको नाममा मालपोत कार्यालय डोटीमा संयुक्त दर्ता कायम रही हाम्रो निर्विवाद हक भोगमा रहेको जिल्ला डोटी दिपायल सिलगढी न.पा. वडा नं. १ कि.नं. २६२ को ज.क्षे.रो. ३-०-२-२ र २६३ को ज.क्षे.रो. ३७-११-०-३ को जग्गामा हाम्रो मन्जुरीविना हामीलाई मुआब्जासमेत नदिई डोजर चलाई सिलगढी - कलेना सेक्सन रोड बनाइरहेको छ । कुन कार्यालयको आदेश र कुन मितिको निर्णयबाट उक्त बाटो निर्माण गर्न लाग्नुभएको हो भन्ने कुराको जानकारी लिने उद्देश्यले प्रत्यर्थीहरूको कार्यालयमा गई औपचारिक रूपमा निर्णयको जानकारी माग गर्दा सम्बन्धित कागजातहरूको नक्कल तपाइँलाई दिन मिल्दैन र मुआब्जा दिनुपर्ने कुनै कारण पनि छैन । बाटो निर्माण गर्ने कार्यमा कुनै किसिमको अवरोध गरेको खण्डमा त्यसबाट सिर्जना हुनु सक्ने परिस्थितिहरूको पनि तपाइँहरू नै जिम्मेवार हुनुपर्दछ भन्दै नेपालको संविधानको धारा २७ ले प्रत्याभूत गरेको सूचनाको हकबाट समेत वञ्चित गरेकाले बाटो निर्माणसम्बन्धी आवश्यक कागजात प्राप्त गर्न नसकेको अथवा सूचनाको हकबाट वञ्चित हुनुपरेको अवस्था छ । प्रस्तुत रिट निवेदनमा कुन मितिको निर्णयले सिलगढी-कलेना सेक्सन रोड निर्माण गर्न लागेको भन्ने निर्णयको मिति यकिन