निर्णय नं. ४३५९ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३५९ - लेनदेन भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/२१ २४३१ निर्णय नं. ४३५९ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ६४० फैसला भएको मिति: २०४५।८।२१ मा पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं. वार्ड नं. ३२ ज्ञानेश्वर बस्ने नारायणकाजी घले विरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं. वार्ड नं. १ जमल बस्ने धर्मवीर शाक्य मुद्दा : लेनदेन (१) लिखतको आकृति प्रकृति र परेको बोली समेतबाट व्यापारिक कारोबारको लिखत टिपोट देखिन आएकोले मु.ऐ.(साविक पेज नं. ४९९) लेनदेन व्यवहारको २ नं. अन्तर्गतको तमसूकको १० वर्ष हदम्याद लाग्ने देखिन नआई व्यापारिक कारोबारको कागजमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने देखिने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली फैसला न्या.बब्बरप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतले मिति २०४३।४।२६ मा गरेको फैसला उपर चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षीले हङकङबाट सामान ल्याउन भनी म बाट पटक पटक गरी रुपैयाँ लगेकोमा मिति २०३८।४।१२ गते रु. १,४४,०००।– लगेको लिखत गरी ७ दिन भित्र दिन्छु भनेकोमा नदिएबाट श्रावण महीनाको व्याज पनि दिन्छु भनी ऐ.भाद्र १ गते उक्त कागजमा फेरि व्याजको कुरा जनाई दिनु भएकोमा आजसम्म साँवा ब्याज बुझाउन नल्याई आलटाल गरेकोले साँवा रु. १,४४,०००।– र श्रावण महीनाको ब्याज रु. १४४०।– समेत जम्मा रु. १,४५,४४०।– निज विपक्षीबाट असूल उपर गरी पाउँ भन्ने समेतको फिराद । ३. फिरादमा लेखिएको मिति २०३८।४।१२ को लिखतको सम्बन्धमा म अनभिज्ञ हुँदा सो लिखत देख्न सुन्न पाए नामाकरण गर्ने छु सो दिन म रुम्जाटारमा छु विपक्षीसंग भेटघाट नभई र झुठ्ठा दावी लिएको हुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. मिति २०३८।४।१२ को लिखतमा भएको लेखात्मक सही मेरै हो । स्वयं आफैंले गरेको हुँ मैले पटक पटक सामानहरु विपक्षीलाई दिएको थिएँ मेरो विपक्षसंग रु. १२,०००।– लिनु थियो । देउ भन्दा सामान बिक्री भए पछि दिउँला भनी जवाफ दिएका थिए । विपक्षीलाई मैले यस भन्दा अघि रु. १,२१,०००।– को मालसामान दिएको अर्को (कागजमा लेखिएको छ सो लिखत) कागज वादीबाट बुझी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नारायणकाजी घलेको बयान । ५. वादीबाट दावी लिएको लिखत टिपोटलाई लेनदेनको रीतपूर्वकको तमसूक भन्न सक्ने अवस्था नभएकोले रीतपूर्वक र स्पष्ट मिति सहितको कागजको अभाव र मिति समेत नमिलेको हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१।१।२४ को काठमाडौं जिल्ला अदालतको फैसला । ६. ब्याज समेतको उल्लेख लिखतमा भएको तमसूक हो भन्ने प्रष्ट भएकोबाट हदम्याद भित्रको छँदै फिराद खारेज गर्ने गरेको शुरुको फैसला कानुन विपरीत हुँदा बदर गरी दावी बमोजिम गरी पाउँ भन्ने समेतको वादीको क्षे.अ.मा परेको पुनरावेदन । ७. यसमा हदम्याद नाघेको कायम गरी खारेज हुने ठहर्याएको का.जि.अ.को निर्णय नमिली फरक पर्ने हुँदा अ.बं. २०२ नं. र क्षे.अ.नि., २०३६ बमोजिम विपक्षीलाई झिकाउने भन्ने समेत व्यहोराको क्षे.अ.को आदेश । ८. लिखत व्यहोरामा साहु भन्ने वाक्यांश र ब्याज समेत दिने शर्त उल्लेख भएको देखिन्छ । तमसूकको परिभाषा कानुनमा