निर्णय नं. ११४१७ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४१७ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०८१/१२/०१ ३०४७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान आदेश मिति : २०८०।१२।०१ विषय: उत्प्रेषणसमेत ०८०-WF-००४३ निवेदक : सप्तरी जिल्ला, बथनाह गा.वि.स., वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका बस्ने आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौंमा वरिष्ठ कन्सल्टेन्ट काय-चिकित्सक अधिकृत दशौँ तहमा कार्यरत डा. रामदेव यादव विरूद्ध विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत ०८०-WF-००४४ निवेदक : अर्घाखाँची जिल्ला, पाणिनी गा.पा., वडा नं. ३ घर भई हाल आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौंमा प्रमुख कन्सल्टेन्ट आयुर्वेदविज्ञ (एघारौं तह) को निर्देशक पदमा कार्यरत डा. प्रदीप के.सी. विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत वैकल्पिक उपचारको प्रभावकारिताको निर्धारण गर्दा साधारण अधिकारक्षेत्रको औचित्य पनि समाप्त नहुने र यस अदालतको असाधारण अधिकारक्षेत्रको प्रचलन गर्न पाउने संवैधानिक हकमा अनुचित बन्देज पनि नलाग्ने गरी सन्तुलित र सामञ्‍जस्यपूर्ण दृष्टिकोण अवलम्बन गरिनु पर्ने । खासगरी मिसिलको मुहारबाटै राज्यका निकाय वा अधिकारीबाट गरिएको निर्णयमा हाकाहाकी त्रुटि (apparent errors on the face of record) देखिएको र साधारण अधिकारक्षेत्रको मार्गबाट उक्त त्रुटि सच्याई उपचार प्राप्त गर्ने प्रभावकारी उपचारको विद्यमानता नदेखिएको अवस्थामा नेपालको संविधानको धारा १३३ को उपधारा (२) तथा (३) बमोजिम असाधारण अधिकारक्षेत्रको मार्ग प्रचलन गर्न सकिने । (प्रकरण नं.१४) मुद्दामा निर्णय हुनुपर्ने तथ्यगत प्रश्न (fact in issue) र कानूनी प्रश्न (issue of law) मा समानता भएको अवस्थामा मात्र एउटै निर्णयाधार (ratio decidendi) कायम हुने । मुद्दाको तथ्य र निरूपण हुनुपर्ने कानूनी प्रश्नसमेत फरक भई तदनुरूप फरक निर्णयाधार कायम भएको अवस्थालाई भने व्याख्या (ruling) बाझिएको भन्नु नजिरको सिद्धान्तअनुकूल नहुने । (प्रकरण नं.१८) सरूवा गरेको ठाउँमा जानु कर्मचारीको आचरण र अनुशासन पनि हो । उच्च नीतिगत र व्यवस्थापकीय पदमा रहेका राष्ट्रसेवकहरूका लागि यो विषय अझ संवेदनशील र महत्त्वपूर्ण हुने । उपयुक्तता र आवश्यकताको आधारमा अख्तियारवालाले कर्मचारीहरूको सरूवा गर्न, काज खटाउन वा जिम्मेवारी तोक्न सक्ने एवं यसरी खटाइएका कर्मचारीले पनि तोकिएको ठाउँमा गई तोकिएकै समयमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने सेवा विधिशास्त्र (service jurisprudence) को आधारभूत मान्यता हुने । (प्रकरण नं.२८) कुनै पनि विषयमा निर्णय गर्नुपूर्व सो विषयमा निर्णय गर्ने अधिकार आफूलाई भए नभएको यकिन गर्नुपर्ने विषय अधिकारक्षेत्रको प्रारम्भिक प्रश्न हो । प्रशासकीय अधिकारीले आफूलाई प्राप्त अधिकार सम्बन्धित कानूनले प्रदान गरेको अख्तियारीभित्रै रही प्रयोग गर्नुपर्ने प्रशासकीय कानूनको आधारभूत मान्यता हो । कानूनले अधिकार प्रदान नगरेको अवस्थामा वा अधिकार प्रदान गरेभन्दा बढी अधिकार प्रयोग गरेको अवस्थामा वा कानूनबमोजिम पालना गर्नुपर्ने प्रक्रियाको पालना नै नगरी निर्णय गरेको अवस्थामा वा अधिकारको बदनियतपूर्ण प्रयोग गरेको वा दुरूपयोग गरेको अवस्थामा त्यस्तो अधिकारको प्रयोगमा अधिकारक्षेत्