निर्णय नं. ११४२० - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४२० - बन्दीप्रत्यक्षीकरण भाग: ६७ साल: २०८२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०८०/०८/०५ ४२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०८०।०८।०५ ०८०–ध्ज्–०११० मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : Lsaha Tham Ygasan Tibet ठेगाना भई हाल अध्यागमन विभाग, कालिकास्थान, काठमाडौंको गैरकानूनी थुनामा रहेका जामसेन Jam Tsen भन्‍ने ग्यालसेन (Gyalsen) को हकमा निजको कानून व्यवसायी अधिवक्ता पुष्‍पराज पौडेल विरूद्ध विपक्षी : अध्यागमन विभाग, कालीकास्थान, काठमाडौंसमेत निवेदकको परिचय खुल्ने प्रत्यक्ष कुनै कागजात नभएको अवस्थामा सामान्यतया निज राज्यविहीन (stateless) अवस्थामा रहेको देखिने । नेपाल Convention on Status of Stateless Persons, १९५४ को सदस्य राष्‍ट्र नभए पनि कुनै पनि व्यक्ति राज्यविहीन अवस्थामा भएमा निजको स्वाभिमान र सम्मानपूर्वक बाँच्न पाउने हकको रक्षा गरिनुपर्दछ भन्‍ने सम्बन्धमा नेपालको मान्यता अन्यथा रहेको नदेखिँने । निज निवेदकको स्पष्ट खुल्ने राष्ट्रियता नभएको कारणबाट नेपाली कानूनको दृष्टिमा राज्यविहीन व्यक्ति देखिएको भए तापनि निज एक मानव व्यक्तित्व (human personality) भएको कारण निजको मानवीय मर्यादा (human dignity) को संरक्षण गर्नु नेपाल राज्यको कर्तव्य हुने । सामान्यता कुनै परिचयपत्रको अभावमा राज्यविहीन अवस्थामा रहेका कुनै व्यक्तिको नेपालको संविधानद्वारा “कुनै व्यक्ति“ लाई भनी प्रदान गरिएको मौलिक हक र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूको आधारमा निवेदकको मानवीय मर्यादा र सम्मानलाई आघात नपर्ने गरी कानून कार्यान्वयन गर्ने निकायहरूले व्यवहार गर्नुपर्ने । निवेदकले दाबी गरेको राष्‍ट्रियता, निजको हैसियत र निजले प्रवेशको माग गरेको देशलाई आधार मानी प्राथमिकता दिनुपर्ने । निवेदकले शरणार्थी भन्‍ने प्रमाणपत्र पेस गर्न नसकेको भए तापनि निजका आमा र भाइ शरणार्थी भई भारतमा बसोबास गरेको भन्‍ने देखिँदा निजको जीवन र स्वतन्त्रता खतरामा पर्ने गरी निजको उत्पत्तिको देशमा फिर्ता पठाउने वा निष्कासन गर्ने सम्बन्धमा यस अदालतले अवलम्बन गरेको फिर्ता नपठाउने लयल–चभायगझिभलत सिद्धान्तबमोजिम गर्नुपर्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌‌ वरिष्‍ठ अधिवक्ता श्री दिनेश त्रिपाठी, विद्वान्‌‌ अधिवक्ताहरू श्री पुष्‍पराज पौडेल, श्री त्रिलोकबहादुर चन्द, श्री अनुजा वाग्ले (नेपाल), श्री ज्ञानेन्द्रराज आरण, श्री यशस्वी थापा र श्री अशोक पौडेल विपक्षीका तर्फबाट : विद्वान्‌‌ उपन्यायाधिवक्ता श्री सोमराज काफ्ले अवलम्बित नजिर : ने.का.प.२०७१, अङ्क ४, नि.नं.९१४५ ने.का.प.२०७७, अङ्क ५, नि.नं.१०५०३ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड यी जामसेन व्बm त्कभल भन्‍ने ग्यालसेन न्थब ित्कभल लाई बर्दिया राष्‍ट्रिय निकुञ्‍ज कार्यालयबाट मिति २०६९।५।२१ मा वन्यजन्तुको अखेटोपहार ओसार पसार एवम् खरिद मुद्दामा १४ वर्ष कैद र एक लाख रूपैंया जरिवाना गर्ने गरी भएको फैसलालाई पुनरावेदन अदालत नेपालगन्जबाट सदर फैसला भई पुनरावेदन अदालत नेपालगन्जको फैसलालाई सर्वोच्च अदालतबाट पुनः सदर फै