निर्णय नं. ११४२१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४२१ - उत्प्रेषण भाग: ६७ साल: २०८२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०८०/१०/१८ ७२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल आदेश मिति : २०८०।१०।१८ ०७०-WO-०८६४ विषयः- उत्प्रेषण निवेदक : का.जि.का.म.पा. वडा नं. ३३ ज्ञानेश्वर मुख्य कार्यालय रहेको अपर तामाकोशी हाइड्रोपावर लि.को तर्फबाट अख्तियार प्राप्त ऐ. का का.मु. आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ विरूद्ध विपक्षी : पुनरावेदन अदालत पाटन, हरिहर भवन, ललितपुरसमेत विवादको पक्षहरूले नै नियुक्त गरेको मध्यस्थले पक्षहरूको सहमतिमा निर्धारण गरिएको कार्यविधिबमोजिम निर्णय गर्ने भएकोले विवादको सम्बन्धमा सम्बद्ध तथ्य केलाउन र यसको बारेमा निर्णय गर्नको लागि मध्यस्थलाई नै सबैभन्दा सक्षम निर्णयकर्ता मानिने । यसरी मध्यस्थलाई सम्बन्धित विषयको विज्ञ मानी आपसी सहमतिमा नियुक्ति गरी उसको क्षेत्राधिकारलाई समेत स्वीकार गरिसकेको कारणले मध्यस्थले गरेको निर्णयनै अन्तिम हुने । यसर्थ, मध्यस्थबाट भएको निर्णय नै सामान्यतः अन्तिम हुने र कानूनले व्यवस्था गरेको अत्यन्त सीमित अवस्था र आधारहरूमा मात्र अदालतले मध्यस्थको निर्णयलाई बदर गर्न सक्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री महादेवप्रसाद यादव, श्री बसन्तराम भण्डारी र विद्वान्‌ अधिवक्ता श्री हरि बुढाथोकी विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अमित उप्रेती तथा विद्वान्‌ अधिवक्ताहरू श्री एगराज पोखरेल, श्री मेघराज पोखरेल, श्री नेत्र आचार्य र श्री प्रकाश पन्थी अवलम्बित नजिर : ने.का.प.२०७८, अङ्क २, नि.नं.१०६४५ सम्बद्ध कानून : मध्यस्थ ऐन, २०५५ आदेश न्या.सुनिलकुमार पोखरेल : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यस प्रकार छः- तथ्य खण्ड माथिल्लो तामाकोशी जलविधुत आयोजना (यसपछि आयोजना भनिएको) को पहुँच मार्ग प्याकेज नं. १ को ट्रयाक निर्माण कार्यको लागि ठेक्का रकम रू. ५,६८,०७,८०२।००० (मू.अ.क.समेत) मा प्रत्यर्थी नं. ३ पि.आर.प्रकाश जे.भी. (यसपछि ठेकेदार भनिएको) सँग मिति २०६२।४।३० गते ठेक्का सम्झौता भएकोमा प्रत्यर्थी ठेकेदारले सन्तोषजनक रूपमा कार्य प्रगती नगरेको हुँदा मिति २०६५।१०।१२ मा युद्धस्तरमा निर्माण कार्य सञ्चालन गर्न तथा ७ दिनभित्र कार्य प्रगतिसहित उपस्थित हुनु अन्यथा ठेक्का सम्झौता अन्त्य गर्नेतर्फ कारबाही चलाउने जानकारी गराएकोमा निजले सोअनुसार कुनै कार्य नगरेको हुँदा पुनः मिति २०६५।११।२ मा तीन दिनभित्र निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्नको लागि कार्ययोजना पेस गर्नु अन्यथा सम्झौताअनुसार कारबाही हुने जानकारी गराइएको र ७ दिनभित्र आयोजनाको सम्पर्कमा आउनु भनी पत्राचार गरेकोमा निजको काठमाडौं अनामनगर स्थित कार्यालय त्यहाँबाट हटाई निजको प्रतिनिधिले समेत सो पत्र बुझ्न नमानेको हुँदा मिति २०६५।११।७ मा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी ७ दिनभित्र छलफलको लागि सम्पर्कमा आउनु अन्यथा प्रचलित कानूनबमोजिम ठेक्का अन्त्य गरिने भनी सूचित गरिएकोमा प्रत्यर्थी ठेकेदार तोकिएको मिति नघाई मिति २०६५।११।१५ मा आफ्नो कार्यालय बुढानिलकण्ठ सरेको जानकारीसहित टेलिफोन नं. सम्म दिएर माग गरेबमोजिमका कार्य प्रगति तथा कार्ययोजना पेस नगरी तथा सो सम्बन्धमा छलफल नै नगरी गएको र ठेकेदारको