निर्णय नं. ११४२३ - उत्प्रेषण / परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४२३ - उत्प्रेषण / परमादेशसमेत भाग: ६७ साल: २०८२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०८०/०५/१८ १५६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०८०।०५।१८ ०७९-WO-०१६० मुद्दाः– उत्प्रेषण / परमादेशसमेत निवेदक : हर्कबहादुर भण्डारीकी नातिनी देवेन्द्रबहादुर भण्डारीकी छोरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३२ तिनकुने कोटेश्वर बस्ने अल्पना भण्डारी विरूद्ध विपक्षी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.२ मा रहेको भक्तपुर जिल्ला अदालतसमेत कम्पनीले लिएको कर्जा चुक्ता नगरेमा कानूनबमोजिमको प्रक्रिया अपनाई कर्जा लिँदा राखेको धितोबाट र धितोले नखाम्ने स्थिति भएमा कम्पनीको नाउँमा रहेको अन्य जायजेथासमेत लिलाम बिक्री गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाले असुल गर्न पाउने । (प्रकरण नं.३) कम्पनीको सम्पत्ति कुनै एक सञ्चालक वा कुनै एक सेयर सदस्यले चाहँदैमा बिक्री हुने वा भागबन्डा लगाउने भन्ने नहुने । कम्पनी प्रचलित कानूनबमोजिम सञ्चालकहरूको निर्णयबाट सञ्चालन हुने कानूनी व्यक्ति भएकोले कम्पनीको नियमबमोजिम सञ्चालक समिति वा सबै सेयर सदस्यहरूको साधारणसभाको निर्णयबाट मात्र कम्पनीको नाउँमा रहेको सम्पत्तिको हक हस्तान्तरण हुन सक्ने । कम्पनीको नाममा रहेको सम्पत्ति कम्पनीका सञ्चालक वा सेयर सदस्य रहेकै आधारमा प्राकृतिक व्यक्तिको नाउँमा रहेको सम्पत्तिसरह सञ्चालक वा सेयर सदस्यका दर सन्तानहरूमा हस्तान्तरण नहुने । कम्पनीको नामको सम्पत्ति यसका सञ्चालकहरूको निजी सम्पत्ति नमानिई छुट्टै व्यक्तिको रूपमा कम्पनीकै सम्पत्ति मानिने हुँदा यसका सञ्चालकको परिवारको सदस्य रहेको भन्दैमा कम्पनीको नामको सम्पत्तिमा सञ्चालक वा सेयरवालाको परिवारको सदस्यको अंश हक कायम नहुने । (प्रकरण नं.११) माथिल्लो अदालत वा ठुलो इजलास वा समान स्तरकै इजलासबाट पनि प्रतिपादित बाध्यात्मक नजिरलाई अनदेखा गरी वा सम्बन्धित विषयमा रहेका कानूनी व्यवस्थातर्फ ध्यान नपुगी गलत फैसला हुन पुगेको छ भने त्यस्तो फैसला पालना गर्नु पर्दैन भन्ने उभच ष्लअगचष्बm को सिद्धान्तले मान्यता राखेकोमा यस्तो गल्ती सम्बन्धित कानूनी व्यवस्था र नजिरहरू सम्बन्धित इजलासको जानकारीमा नल्याइएको वा त्यस्तो कानूनी व्यवस्था र नजिरतर्फ इजलासको पर्याप्त ध्यान पुग्न नसकेको कारणले भएको हुन सक्ने । (प्रकरण नं.२०) म्यअतचष्लभ या उभच ष्लअगचष्बm मूलतः अभिलेख अदालतबाट प्रतिपादन हुने नजिरसँग सम्बन्धित हुने देखिए पनि यो सिद्धान्तलाई अभिलेख अदालतको फैसलासम्म मात्र सीमित राखेर हेरिनु उचित नहुने । जब अभिलेख अदालतकै फैसला पनि गलत छ भने पालना गर्नु पर्दैन भन्छौं भने मातहत अदालतबाट भएका गलत फैसलाहरूलाई कायम रहिरहन दिनु सामान्य विधिशास्त्रीय दृष्टिकोणबाट पनि उचित नहुने । एभच ष्लअगचष्बm फैसला भएको देखिन्छ र त्यस्तो फैसलाका सम्बन्धमा माथिल्लो तहको अदालतको जानकारीमा ल्याइएको अवस्था छ भने त्यस्तो फैसला अन्तिम भई बसेको भन्ने मात्र कारणले अदालतले मौनता साँधेर बस्नुपर्छ भन्नु मनासिब नहुने । (प्रकरण नं.२१) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र श्री विजयप्रसाद मिश्र तथा विद्वान् अधिवक्ताहरू श्री आशिष अधिकारी र श्री नारायण चौंलागाईँ विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिश्चन्द्र सुवेदी, श्री श्यामप्रसाद खरेल, श्री राधेश्याम अधिकारी, श्री महादेवप्रसाद यादव र श्री टिकाराम