निर्णय नं. १५६४ - जग्गा खिचोला दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५६४ - जग्गा खिचोला दर्ता भाग: २४ साल: २०३९ महिना: असोज अंक: ६ फैसला मिति :२०३९/०६/१२ २५१८ निर्णय नं. १५६४ ने.का.प. २०३९ अङ्क ६ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको देवानी फूल नम्बर ३२ फैसला भएको मिति : २०३९।६।१२।३ मा वादी/निवेदक : जि.मोरङ्ग, विराटनगर न.पं.वडा नं.२ बस्ने हिरण्यबहादुर बस्नेत समेत विरुद्ध विपक्षी/प्रतिवादी : जि.सुनसरी धरान न.पं.वडा नं.६ पुरानो बजार बस्ने कुसुमकुमारी श्रेष्ठ मुद्दा : जग्गा खिचोला दर्ता (१) सुरुको निर्णयसँग सहमत नभई सिंगलबेञ्चले झगडीया झिकाएमा मुद्दा डिभिजनबेञ्चको अधिकार क्षेत्र भित्र पर्न जाने । (प्रकरण नं. १५) फैसला न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३६।३।२२।६ मा भएको इन्साफ फुलबेञ्चबाट जाँच गरी दिनु भन्ने हुकुम बक्स पाउँ भनी हिरण्यबहादुर, योगराज समेतले श्री ५ महाराजाधिराज सरकारको हजुरमा चढाएको विन्तिपत्रमा “यो विन्तिपत्र जाहेर हुँदा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजनबेञ्च बाट ०३६।३।२२ मा फैसला भएको जग्गा खिचोला दर्ता बदर मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ” भनी मौसुफका विशेष जाहेरी विभागबाट ०३८।१।१५।२ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : कुसुमकुमारीको पति श्यामप्रसादले धरान चौकी वारीको ५–१९–८ मध्ये नयाँ बजार पूर्व समेत चार किल्लाको २–९–१२ जग्गा मध्ये ०–९–१२ दाजु पदमबहादुरले आफ्नो घर पूर्व १८ लग्गी सम्म र यस अघि विक्री भई गएको मानिसलाई जग्गा छुट्याई पुरै २ विगाहा जग्गा रु.६००१।–मा मिति २००२।८।१० मा पास गरी दिएको बाट पश्चिम सन्धीसर्पन मिलाई पर्खाल लगाई त्यसमा नपुग ०–२–० बाट पूर्व लिई घर बनाई बासुदेवलाई दान गरेको बाँकी आफैले भोग गरेको । ०१७ सालमा सर्भे आउँदा अन्दाजी ०–१–१० खेमराज अन्दाजी ०–१–१० खगेन्द्र समेतले दक्षिणपट्टिको मेरो जग्गा कुसुमकुमारीले दिएको छ भनी खगेन्द्र खेमराज र मेरो अरु जग्गा बाँकी छ भनी कुसुमकुमारीले समेत नपाउने गरेमा उजुर परी खारेज फैसला भएको, उक्त मिचिएको जग्गा मध्ये खगेन्द्र, खेमराज, कुसुमकुमारी, ज्ञानबहादुरका नाउँमा फिराद गर्न आएको छु । मेरो बजार तालुकको घर पूर्व खगेन्द्रले ०–१–१०, कर्णबहादुरले ०–१५–०, खेमराज, कुसुमकुमारीले खेमराजको घर उत्तर ०–१२–० कालीप्रसादको हो भनी ०–०–४ जग्गामा राधे वैदारले ०४ सालमै घर बनाएकोले दावा गर्न नमिल्ने । ०–०–४ जग्गा समेतको जग्गामा भित्र भित्रै दर्ता गरी कर्णबहादुर मरेकाले ज्ञानबहादुरका नाउँमा फिराद गर्न आएको छु । ०–१–८ रु.१५८३।–खगेन्द्रकुमारबाट जग्गा धुर ०–०–१५ को रु.८४७।५० ज्ञानबहादुरबाट जग्गा धुर ०–०–१७ को रु.९५६।५० कुसुमकुमारी, खेमराजबाट भाडा दिलाई बेहकबाट पूर्जा लिई गराएको दर्ता बदर गरी पाउँ भन्ने समेत मित्रबहादुर, खुमबहादुर, योगराज समेत जना ३ को मिति ०२३।११।११ को संयुक्त फिरादपत्र । ३. वादी दावाको जग्गा साविकमा कुसुमकुमारी श्रेष्ठनीको दर्ताको निजै कुसुमकुमारीसँग ०–१–१२ जग्गा ०११ सालमा मेरो भाइ शोभारामले राजीनामा लिई भोगचलन गरी आएको भाइ परलोक भएकोले मैले भोग चलन गरिआएको दावा झुठ्ठा हो भन्नेसमेत खगेन्द्रकुमार राईको प्रतिवादी । ४. श्यामप्रसादसँग खरीद गरेको ०–०–१५ जग्गाको अघिल्लो लिखत के भएर हो निज श्यामप्रसाद