निर्णय नं. ११४२७ - सवारी ज्यान र अङ्गभङ्ग भएकोमा क्षतिपूर्ति

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४२७ - सवारी ज्यान र अङ्गभङ्ग भएकोमा क्षतिपूर्ति भाग: ६७ साल: २०८२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०८०/०५/१७ ८५७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।०५।१७ ०७३-CR-०१७४ मुद्दाः- सवारी ज्यान र अङ्गभङ्ग भएकोमा क्षतिपूर्ति । पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.११ बबरमहल स्थित एनएमबि बैंक लिमिटेडको तर्फबाट अख्तियार प्राप्‍त ऐ.का प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल विरूद्ध प्रत्यर्थी / वादी : कृष्णप्रसाद अधिकारीसमेतको जाहेरीले नेपाल सरकार प्रवाह भएको कर्जाको सुरक्षणबापत धितोको रूपमा राखिएको सवारी साधनमा दर्तावाला बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष नियन्त्रण तथा व्यवस्थापन नहुने हुँदा उक्त सवारी साधनको दुर्घटनाबाट सिर्जित परनिर्भर दायित्व त्यस्तो दर्तावाला बैंकमा हुन्छ भन्‍नु न्यायसङ्गत नहुने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल तथा विद्वान्‌ अधिवक्ताद्वय श्री मदनकुमार डंगोल र श्री हेमकुमार श्रेष्ठ प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कल्पना राई अवलम्बित नजिर : सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ सुरू तहमा फैसला गर्ने अधिकारीः प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौला जिल्ला प्रशासन कार्यालय, नुवाकोट पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई मा. न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य पुनरावेदन अदालत पाटन फैसला प्र.न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम यस अदालतको आदेशले मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- संक्षिप्‍त तथ्य मिति २०७०।०७।०४ मा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.९ आँगापुटार स्थित सूचना सिंह ठकुरीको खेतमा खेती भित्र्याउने मेला सकेपछि मेलामा गएका सबैजना सन्तोष तामाङले चलाएको बा१क ८४९४ नं.को मिनिटाटामा धान परालसमेत लोड गरी सवारी साधनमा चढी रानीसौरा स्थित घर फर्कने क्रममा अं.१८:३० बजेको समयमा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गा भन्‍ने स्थानमा पुग्दा लापरवाहीको कारण उक्त सवारी साधन दुर्घटनाग्रस्त भएको हो । जाहेरवाला रघु तामाङको आमा लालमाया तामाङको घटनास्थलमा मृत्यु भएको र जाहेरवाला कृष्णप्रसाद अधिकारीको बुबा रामप्रसाद अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । अतः चालक सन्तोष तामाङ तथा सवारीधनीसमेतलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरी आवश्यक क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्‍नेसमेत बेहोराको कृष्णप्रसाद अधिकारी र रघु तामाङको संयुक्त जाहेरी दरखास्त । नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.८ घोरेढुङ्गा स्थित माझीगाउँबाट रानीसौरातर्फ जाने कच्ची सडकमा बा१क ८४९४ नं.को आइचर गाडी साइडमा पल्टी दुर्घटना हुँदा सडकबाट अं.६० मिटर तल पल्टी चिलाउनेको रूखमा गाडी अड्किएको अवस्थामा रहेको, अगाडिको चालक बस्ने भाग पूर्णरूपमा क्षति भएको, पल्टिएको कच्ची सडकको चौडाइ चार मिटर भएको, साँघुरो र हल्का उकालोसमेत भएको कच्ची सडक चिप्लो बाटो रातामाटो रहेको, कोदो बारी लतपतिएको मडारिएको, गम्भीर घाइते २ ज