निर्णय नं. ११४२९ - आगो लगाई कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४२९ - आगो लगाई कर्तव्य ज्यान भाग: ६७ साल: २०८२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०८१/०२/१४ ११०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी फैसला मिति : २०८१।२।१४ मुद्दा: आगो लगाई कर्तव्य ज्यान ०७५-CR-१५२९ पुनरावेदक / प्रतिवादी : रामचन्द्र के.सी.को नातिनी, नरबहादुर के.सी.को छोरी, जिल्ला सिन्धुपाल्चोक, बलेफी गा.पा.८ मांखा ड्यामसाइट घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेकी गीता नेपाल विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार ०७५-CR-१५४० पुनरावेदक / वादी : लिलादेव नेपालको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रामचन्द्र के.सी.को नातिनी, नरबहादुर के.सी.को छोरी,लिलादेव नेपालको बुहारी, विदुर नेपालको श्रीमती, जिल्ला सिन्धुपाल्चोक, बलेफी गा.पा.८ मांखा ड्यामसाइट घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेकी गीता नेपाल प्रताडित मनोदशा भएको महिला (battered women syndrome) द्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबिच केही अन्तर रहेको पाइने । आवेशप्रेरित हत्यामा तत्काल उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहने । प्रताडित मनोदशा भएको महिला (battered women syndrome) को दाबी लिइएको वारदात हत्या नै हो तर वारदातको कारक तत्त्व भने मर्ने व्यक्ति स्वयम् हुने । (प्रकरण नं.७) पतिको चरम हिंसाबाट पीडित भई त्यस्तो कार्यबाट मनोवैज्ञानिक प्रभाव, भावनात्मक दुर्व्यवहार र परित्यागको कारण मानसिक रूपमा गम्भीर आघात, निराशा र असहायताको अनुभूति र आफूले आत्महत्या गर्नुको सट्टा पतिलाई मार्ने निर्णय लिनुलाई उनको अस्तित्वको लागि खतराको प्रतिक्रियाको अवस्था हो । यी सम्पूर्ण प्रताडित मनोदशा (battered women syndrome) बाट एकाएक उत्पन्न भएको बदलाको भावनाबाट प्रेरित भई निजले आफ्नै पतिको हत्या गरेको र निजले अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दा साबित भई आफूले गरेको कसुर स्वीकार गरी अदालतलाई सहयोग गरेकोमा यस्तो हत्यालाई महिला विरूद्धको चरम हिंसाको कारणबाट भएको परिणामको रूपमा हेरी सजाय निर्धारण गर्दा उक्त परिस्थितिलाई विचार गर्नुपर्ने । (प्रकरण नं.११) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता अच्चुतमणि न्यौपाने प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री मोहनबहादुर बन्जारा क्षेत्री र श्री पूजा बन्जारा अवलम्बित नजिर : ने.का.प.२०६०, अङ्क ७, नि.नं.७२४६ ने.का.प.२०६६, अङ्क ९, नि.नं.८२२३ ने.का.प.२०७१, अङ्क ९, नि.नं.९२४२ सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सुरू फैसला गर्ने अदालत : मा. जिल्ला न्या. श्री महम्मद जुनैद आजाद भक्तपुर जिल्ला अदालत फैसला गर्ने अदालत:- माननीय न्यायाधीश श्री प्रेमराज ढकाल माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल उच्च अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- तथ्य खण्ड मिति २०७४।७।६ गते अ.०२.०० बजे जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.६ राईटोल भिमसेन मार्ग मैया बुढाथोकीको घरको दोस्रो तलाको दक्षिण पश्चिमतर्फको कोठा तथा सो कोठाभित्र रहेका टि.भि., लत्ता कपडालगायतका जिन्सी सामानहर