निर्णय नं. ११४३० - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४३० - उत्प्रेषण / परमादेश भाग: ६७ साल: २०८२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/११/२३ २३१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७७।११।२३ ०७५-WO-०५१७ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपन, नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपाको तर्फबाट अधिकारप्राप्त तत्कालीन अध्यक्ष तथा हाल संयोजक रहेको राजनीतिक दल र आफ्नोसमेतको हकमा ऋषिराम कट्टेल विरूद्ध विपक्षी : काठमाडौं जिल्ला का.म.न.पा. कान्तिपथ स्थित निर्वाचन आयोगसमेत कानूनले स्पष्ट रूपमा कुनै काम गर्न मिल्दैन भनी प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै काम कारबाहीलाई अनुमति प्रदान गर्न नमिल्ने । जुन काम कुरा कानूनले प्रत्यक्षरूपमा गर्न पाइँदैन भनेको छ सो कुरा अप्रत्यक्षरूपमा समेत गर्न नपाइने । (प्रकरण नं.३) राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम पहिले नै निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरू एकीकरण गरी नयाँ दल निर्माण हुँदासमेत सोही ऐनको दफा ६ को दल दर्ता हुन नसक्ने भनी ऐनमा व्यवस्था भएका प्रावधानहरूको उल्लङ्घन गर्ने गरी दल दर्ता गर्न मिल्ने नदेखिने । यसरी दफा १० बमोजिमको निर्णय गर्दा दफा ६ को उल्लङ्घन गर्न नमिल्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दण्डपाणी पौडेल र श्री कुमारप्रसाद आचार्य विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमराज पाण्डेय तथा विद्वान् वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान एवं विद्वान् अधिवक्ताहरू श्री रमेश बडाल, श्री रूद्रप्रसाद नेपाल, श्री केदारप्रसाद कोईराला, श्री भक्तिराम घिमिरे र श्री राजाराम घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान राजनीतिक दलसम्बन्धी ऐन, २०७३ आदेश न्या.कुमार रेग्मी : नेपालको संविधान, २०७२ को धारा ४६ र धारा१३३(२),(३) तथा सर्वोच्च अदालत नियमावली २०४९बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :- तथ्य खण्ड म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी दलको विधान २०६९ बमोजिम नाम नेपाल कम्युनिष्ट पार्टी अङ्ग्रेजीमा Communist Party of Nepal,संक्षिप्त नेपालीमा नेकपा र अङ्ग्रजीमा CPN रहेको राजनीतिक दल निर्वाचन आयोगको मिति २०७०।०४।२२ को निर्णयअनुसार दर्ता भएको राजनीतिक दल हो । नेपालको संविधान, २०७२ को धारा २६९ को प्रयोजनको लागि नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाममा निर्वाचन आयोगमा मिति २०७४।०५।२२ को निर्णयअनुसार नेपालको संविधान, २०७२, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम विधिवत् दर्ता भएको राजनीतिक पार्टी हो । यसरी नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा दर्ता भइरहेको अवस्थामा निर्वाचन आयोगको मिति २०७५।२।२३ को निर्णयले नेपाल कम्युनिष्ट पार्टी (एमाले) दर्ता नं. ३२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दर्ता नं. ३७ बिच एकीकरण भई बनेको भनिएको राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगले क्रमसंख्या १४५ मा नयाँ दल दर्ता गरेको रहेछ । निर्वाचन आयोगको मिति २०७५।०२।२३ को निर्णय, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ मा दल दर्तासम्बन्धी व्यवस्था भएको र दफा ६(१) को व्यवस्थाअनुसार “दफा ५ मा जुनसुकै कुरा लेखेको भए पनि देहायको अवस्थामा दल दर्ता हुने छैन” भनिएको र दफा ६(१)(