निर्णय नं. ११४३८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४३८ - उत्प्रेषण / परमादेश भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०९/२८ २१७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७९।०९।२८ ०७८-WF-०००२ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : नुवाकोट जिल्ला, साबिक गेर्खु गा.वि.स., वडा नं. ८ को हाल विदुर नगरपालिका, वडा नं.२ बस्ने भैरवबहादुर प्याकुरेलसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरवार, काठमाडौंसमेत राजमार्ग भनी घोषणा भइसकेको, सडक निर्माणका लागि तत्कालीन समयमा नै सडक निर्माण, विस्तार वा स्तरोन्‍नतिका लागि प्राप्त गरिएका जग्गाहरूमा जग्गाधनी वा अरू कसैको कुनै किसिमको हक कायम नरहने स्थितिमा कानूनी प्रक्रिया पूरा गरी कायम गरेको सडक सीमाभित्रको जग्गाको स्वामित्व लगतकट्टा नभएको भन्‍ने मात्र कारणले सम्बन्धित जग्गाधनीको कुनै किसिमको हक अधिकार कायम रहिरहन्छ भन्‍न नमिल्ने । जुन कुरामा कानूनबमोजिम हक बन्छ त्यस्तोमा स्थापित हकको सम्मान गर्नुपर्ने दायित्व त राज्यमा रहन्छ नै तर हक नै सिर्जित नभएको स्थितिमा पनि पछि जग्गा कब्जा गरी बसेका बाहेक अनन्तकालदेखि बसोबास गरी आएका नागरिकलाई आवास वा बासस्थानबाट हटाउनुपर्दा राज्यले आधारभूत मानवीयता प्रदर्शन गर्नुपर्ने । नेपालको संविधानको धारा २५ र धारा ३७ को व्यवस्थालाई एकैसाथ अध्ययन गर्दा न्यूनतम रूपमा पनि सो अर्थ निस्कने, विकल्पविहीन अवस्थामा बाहेक व्यक्तिको आवासको सुरक्षालाई असर पर्ने गरी कुनै कार्य गर्नु नहुने । यदि व्यक्तिको भौतिक सम्पत्तिमा क्षति पुग्ने भएमा त्यसको उचित र पर्याप्‍त क्षतिपूर्ति दिएर मात्र विकास निर्माणको कार्य गर्नुपर्ने हुन्छ, जहाँ कानूनको आधारमा व्यक्तिको दाबी लाग्ने अवस्था छैन त्यहाँ पनि मानवीयताले सरकारी निर्णयहरूलाई निर्देश गर्नुपर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिप्रसाद उप्रेती र श्री शेरबहादुर के.सी. तथा विद्वान् अधिवक्ताहरू डा. श्री भिमार्जुन आचार्य, श्री रामचन्द्र पौडेल र श्री प्रपुसा के.सी. विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डे तथा विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी अवलम्बित नजिर : ने.का.प. २०७७, अङ्क १, नि.नं.१०४२२ ने.का.प. २०७८, अङ्क ११, नि.नं.१०७७७ सम्बद्ध कानून : नेपालको संविधान राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० सार्वजनिक सडक ऐन, २०३१ यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश न्या.डा. आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम यस अदालतको असाधारण क्षेत्राधिकारभित्र दायर हुन आएको प्रस्तुत निवेदन संयुक्त इजलाससमक्ष निर्णयार्थ पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको रहेछ । रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यस प्रकार रहेको छ:- निवेदनको संक्षिप्त तथ्य हामी निवेदकहरूका नाममा गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडकअन्तर्गत नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं. १, २, ४, ५अन्तर्गत पिपलटार गेटदेखि विदुर नगरपालिका, वडा नं.१ ढुङ्गेसम्मको ८ कि.मि स