निर्णय नं. ११४३९ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४३९ - लिखत बदर भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८१/०१/०६ ३८२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८१।०१।०६ ०७९-DF-००१२ मुद्दा :- लिखत बदर पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला, कुम्पुर गा.वि.स. वडा नं.४ परेवाटारमा अवस्थित आर.आर.फार्म प्रा.लि.को तर्फबाट अधिकारप्राप्‍त ऐ.का सञ्‍चालक अध्यक्ष काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.२१ यंगालटोल बस्ने राजेश शाही विरूद्ध प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, लेले गा.वि.स. वडा नं.१ बस्ने नानी श्रेष्ठसमेत कुनै सम्पत्ति सगोल वा निजी आर्जन के हो भन्ने सम्बन्धमा निरपेक्ष ढंगले छुट्याउन नमिल्ने । बाबुले आफूले खती उपती गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको सम्पत्ति निजको दाजुभाइको हकमा निजी आर्जन मानिन्छ भने निजको छोराछोरीको हकमा सोही सम्पत्ति सगोलको मानी बन्डायोग्य हुने । कुनै सम्पत्ति सगोल वा निजी आर्जन भनी छुट्याउँदा उक्त सम्पत्तिलाई कानूनले तोकेको सर्त तथा आधारको साथसाथै अंशियारको हैसियतलाई समेत विचार गर्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री श्यामप्रसाद खरेल, श्री ठाकुरप्रसाद न्यौपाने, श्री इन्द्र खरेल, श्री बलराम सेढाई र श्री टिकाराम भट्टराई प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री चण्डेश्वर श्रेष्ठ र श्री राध्येश्याम अधिकारी तथा विद्वान् अधिवक्ताहरू श्री माधव बस्नेत, श्री सानु शाक्य र श्री रत्‍न अवाल अवलम्बित नजिर : ने.का.प. २०६१, अङ्क ६, नि.नं. ७३९८ ने.का.प. २०५५, अङ्क ३, नि.नं. ६५२० सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री कृष्णप्रसाद बास्तोला ललितपुर जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्ने : स.का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला न्या.सपना प्रधान मल्ल : पुनरावेदन अदालत पाटनबाट मिति २०६८।१२।१२ मा भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन परी प्रस्तुत मुद्दा निर्णयार्थ मिति २०७९।०६।२५ मा यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा सो इजलासका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की र माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर निम्नबमोजिम रहेको छः- मुद्दाको संक्षिप्त तथ्य ललितपुर जिल्ला, लेले गा.वि.स., वडा नं.९(क) को कि.नं.२१६ को क्षेत्रफल ३-०-०, ऐ.ऐ. कि.नं.२१७ को क्षेत्रफल २-८-०-० गरी २ कित्ता जग्गाहरू विपक्षी लक्ष्मीबहादुरले बिक्री गरिसकेका छन् भन्‍ने कुरा गाउँघरमा हल्ला सुनी मालपोत कार्यालय, ललितपुरमा गई बुझ्दा दिने लक्ष्मीबहादुर श्रेष्ठ र लिने आर.आर. फार्म प्रा.लि. भई मिति २०६४।१२।११ र.नं.३२४२ (घ) बाट राजीनामा लिखत पारित गरेको हुँदा विपक्षीहरूले हामीहरूको अंश हक लाग्ने जग्गा हामीहरूको मन्जुरीबेगर लिए दिएको कुरा मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं. ले बदर