निर्णय नं. ११४४२ - दोहोरो लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४४२ - दोहोरो लिखत दर्ता बदर भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८१/०४/१७ २०४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८१।४।१७ ०७७-NF-००२५ मुद्दाः दोहोरो लिखत दर्ता बदर पुनरावलोकनकर्ता / वादी : बद्रिनरसिंहको नाति, मानध्वजको छोरा, भोजपुर जिल्ला, तिवारीभञ्‍ज्याङ गाउँ विकास समिति वडा नं. २ घर भई हाल मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं. १ पोखरिया बस्ने गणेशबहादुर कार्की विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मानध्वजको नाति, नारायणबहादुरको छोरा, भोजपुर जिल्ला तिवारीभञ्‍ज्याङ गाउँ विकास समिति वडा नं. २ बस्ने लक्ष्मीकुमार कार्कीसमेत आफ्नो अंश भागमा परेको आफ्नै हकभोगको अचल सम्पत्ति त्यस्तो अंशियारले आफूखुस गर्न पाउने भई जुनसुकै बेहोराले हक हस्तान्तरण गर्न सक्ने । सोबाहेक एकपटक आफैँले लिखत रजिस्ट्रेसन पारित गरी अरूलाई हक हस्तान्तरण गरिसकेको आफ्नो हकै नपुग्‍ने अचल सम्पत्ति आफ्नो नामबाट नामसारी दाखिल खारेज हुन बाँकी रहेको कारणबाट मात्र पुनः अरू कसैलाई दोहोरो पर्ने गरी हक हस्तान्तरण गर्ने कार्य प्रचलित कानूनको बर्खिलाप भई न्यायिक दृष्‍टिकोणबाट समेत अनुचित हुने । (प्रकरण नं.१४) पुनरावलोकनकर्ता / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का र विद्वान्‌ अधिवक्ता श्री निरबहादुर पौडेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री पवन पौडेल अवलम्बित नजिर : ने.का.प. २०६९, अङ्‍क ९, नि.नं. ८८८५ ने.का.प. २०६८ अङ्‍क १० नि.नं. ८७०२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री शम्भुराम कार्की भोजपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री टेकराज नेपाल पुनरावेदन अदालत धनकुटा यस अदालतमा फैसला गर्ने : माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला न्या.सुनिलकुमार पोखरेल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७५।१२।०४ मा भएको फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(क) र (ख) बमोजिम पुनरावलोकन गरिपाउँ भनी वादी गणेशबहादुर कार्कीको यस अदालतमा निवेदन परी यस अदालतबाट मिति २०७७।१२।०५ मा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- शिवकुमार कार्कीका नाम दर्ताको कित्ता नं. २६१ र २६६ को जग्गामध्ये तीन खण्डको १ खण्ड बाबु मानध्वजको नाममा, १ खण्ड मेरो नाममा र १ खण्ड बाँकी रहेकोमा उक्त जग्गा विपक्षी शिवकुमार कार्कीको नाममा रहने गरी विपक्षी शिवकुमार कार्कीले मिति २०३७।०७।१८ मा र.नं. २९९ र ३०० बाट मलाई र मेरो बाबु मानध्वज कार्कीलाई राजीनामा पारित गरिदिएकोमा दा.खा. गर्न बाँकी रहेको अवस्थामा विपक्षी शिवकुमार कार्कीले विपक्षी लक्ष्मीकुमार कार्की, ऋतुवर्ण कार्की, नेत्रबहादुर कार्की, पदमकेशर कार्की र योगेन्द्रबहादुर कार्कीलाई र.नं. ७५३, ७५४, ७५५, ७५६ र ७५७ मिति २०६२।११।१० मा विपक्षीहरू दाजुभाइ मिली हालैको बकस पारित गरिदिएको ३ भागको २ भाग लिखत र दर्ता बदर गरी विपक्षीहरू सबैलाई लेनदेन व्यवहारको २८ नं.बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्‍ने वादी गणेशबहादुर कार्कीको मुख्य फिराद दाब