निर्णय नं. ११४४३ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४४३ - अंश चलन भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८१/०३/१३ ४४९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८१।३।१३ ०८०-NF-००२३ मुद्दाः अंश चलन पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ७, सुन्धारा बस्ने दीपा प्रधान चित्रकार विरूद्ध प्रत्यर्थी / वादी : ऐ. ऐ. बस्ने बिमल चित्रकार अंश हक प्रचलित कानूनद्वारा स्थापित कुनै पनि व्यक्तिको नैसर्गिक हक अधिकार भएकोले विधिवत् रूपमा प्राप्‍त वा परित्याग नगरेसम्म सो हक समाप्‍त नहुने । सगोलको पैतृक सम्पत्ति पतिले पत्‍नीलाई बकसपत्र पारित गरिदिए तापनि उक्त सम्पत्तिमा निज पतिले आफ्नो अंश हक स्पष्‍ट रूपमा परित्याग नगरेसम्म सो सम्पत्तिबाट निजले अंश पाउन सक्ने । (प्रकरण नं.६) सम्पत्ति निजी तवरले दान बकस पाएको हो कि होइन, दान बकस दिनेले आफ्नै पालामा आर्जेको सम्पत्ति दिएको हो वा पैतृक सम्पत्ति भन्‍ने यकिन गरिनु पर्ने । पत्‍नीलाई खुसी पार्न वादीले आफ्नो पैतृक सम्पत्ति बकस दिएमा सो सम्पत्ति सगोलको मान्‍नुपर्ने । (प्रकरण नं.९) वादीले आफ्नो पैतृक सम्पत्ति घर व्यवहार चलाउने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम पत्‍नीलाई बकसपत्रको माध्यमबाट हक हस्तान्तरण गरेको कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेको भनी मान्‍न नमिल्ने । सगोलमा रहेका पत्‍नी वा छोराछोरीलाई बकसपत्र गरी हक हस्तान्तरण गरिदिएको सम्पत्तिमा हक हस्तान्तरण गर्नेले अंश नपाउने भन्‍ने हो भने त्यस्तो हक हस्तान्तरण गर्ने व्यक्ति निरअंशी हुनुका साथै सो कार्य अंशबन्डासम्बन्धी प्रचलित कानूनको मर्म र भावनाविपरीत हुने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान्‌ अधिवक्ता श्री शिवप्रसाद कोइराला प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्तात्रय श्री श्यामप्रसाद खरेल, श्री विश्‍वप्रकाश सिग्देल र श्री रमेशकुमार रोका अवलम्बित नजिर : ने.का.प. २०६२ अङ्‍क २ नि.नं. ७४९४ ने.का.प. २०६७ अङ्‍क ९ नि.नं. ८४५४ ने.का.प. २०६९ अङ्‍क ८ नि.नं. ८८६९ ने.का.प. २०७१ अङ्‍क ५ नि.नं. ९१६८ ने.का.प. २०७७ अङ्‍क ५ नि.नं. १०५०२ ने.का.प. २०७९ अङ्‍क ११ नि.नं. १०९७४ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री टेकनारायण कुँवर ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्नेः- मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला न्या.विनोद शर्मा : पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन दायर भएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।१२।०९ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम मुद्दा पुनरावलोकन गरिपाउँ भनी प्रतिवादी दीपा प्रधान चित्रकारको यस अदालतमा निवेदन परेकोमा यस अदालतबाट मुद्दा पुनरावलोकनको अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मुद्दाको संक्षिप्‍त तथ्य विपक्षी दीपा प्रधानसँगको व