निर्णय नं. ४३६१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३६१ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०६/२० ४३४९ निर्णय नं. ४३६१ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.नं. ९४५ आदेश भएको मिति: २०४८।६।२० मा निवेदक : बाग्लुङ जिल्ला बुर्तिवाङ गा.पं. वडा नं. ३ अनार्क बस्ने बर्ष ५६ को दलबहादुर बुढामगर विरुद्ध विपक्षी : नेपाल बैंक लि.के.का. काठमाडौंसमेत विषय : उत्प्रेषण (१) सुरक्षणको सम्बन्धमा मुलुकी ऐन जमानी गर्नेको महल अन्तर्गत कागज भएको नदेखिँदा सो जमानी गर्नेको महलको कानुनी व्यवस्था प्रस्तुत केशमा आकर्षित हुने स्थितिको देखिन्न, जमानी गर्नेको महल बमोजिम जमानी भए गरेकोमा सो जमानीको महलको कानुनी प्रावधान आकर्षित हुने । (प्रकरण नं. १३) (२) बैंकले सुरक्षणमा दिएको सम्पत्तिबाट (साविक पेज नं. ५०८) साँवा ब्याजको रकम असूल उपर, लिलाम बिक्रीबाट गर्न सक्ने हुँदा सुरक्षण राखिएको धितो सम्पत्तिबाट असूल उपर नगरी पहिले ऋणिको जेथाबाट लिलाम बिक्री गरी अनि कर्जा असूली नभए सुरक्षण दिनेको जेथाबाट असूल उपर गर्नुपर्छ भन्ने निवेदकको भनाई कानुन अनुरुप भएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (३) ऐन बमोजिम जरिवाना, कैद र दुनियाँको बिगो बापत जायजात गरिएको होइन, यस्तोमा दण्ड सजायँको २६ नं. आकर्षित हुने स्थिति भएन । (प्रकरण नं. १६) (४) नियममा भएको व्यवस्था अदालतबाट लिलाम गर्दा अपनाइने कार्यविधि हो प्रस्तुत लिलाम अदालतबाट भएको होइन, यस्तोमा उक्त नियमावलीको व्यवस्था नेपाल बैंक लि.लाई आकर्षित नहुने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान, विद्वान अधिवक्ता श्री अनुपराज शर्मा आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. यसमा मालपोत कार्यालय बागलुुङ मेरा नाउँमा दर्ता रहेको बाग्लुङ जिल्ला बुर्तिवाड्ड गा.पं. वडा नं. ३ अनार्क अन्तर्गत कि.नं. ५६७ को क्षेत्रफल १९–१३–३–३ जग्गा र सो मा बनेको २२१२ फिट लम्बाई १३१२ फिट चौडाईको एकतले ढुड्डाको छाना भएको दक्षिण मोहडाको घर समेतको घरबारी कित्ता १ र ऐ.ऐ.कि.नं. ७४५ को क्षेत्रफल १७–२–२–१ को खेत समेत मेरो निर्विवाद दर्ता हक भोगका सम्पत्ति हुन् । विपक्षी मध्येका लालबहादुर बुढाथोकीले सुरक्षणमा बसी दिनु होस भनी रु. ८५,०००।– मा मिति ०४३।३।३१।३ मा जमानी पत्रको कागज म बाट विपक्षी लालबहादुरले लेखाई लिएका थिए । ३. उक्त जमानी बसेको ऋण तिर्ने भाखा मिति २०४५।३।३० को म्याद भित्र विपक्षी लालबहादुरले नतिरेको हुँदा मिति ०४६।४।११ मा लिलाम गर्ने भनी धितो लिलाम सम्बन्धीको जानकारी भनिएको मिति ०४६।४।१ को पत्र रजिष्टरीबाट पठाएको रहेछ उक्त पत्र समयमा प्राप्त भएन । मिति ०४६।५।८ को रजिष्टर्ड पत्रबाट समेत कर्जा चुक्ता गर्ने बारे अन्तिम ताकेता भनी बोधार्थ समेत मलाई दिएको पत्र प्राप्त भई हेर्दा ०४६।४।११ का दिन लिलाम भएको भनी कर्जा चुक्ता गर्न ७ दिनको म्याद विपक्षी लालबहादुरलाई दिएको रहेछ तत्पश्चात ०४६।५।१८ को पत्रबाट लिलाममा विपक्षी मध्येका सोमबहादुर बुढामगरबाट रु. १,४५,०००।– एकलाख पैतालिस हजार बोलकबोल भएको भनी सोही लिलामलाई सदर भएको भन्दै विपक्षी मध्येका सोमबहादुरलाई जग्गा पास गर्न सम्पर्क राख्न आउनु भनी लेखिएको रहे