निर्णय नं. ११४४६ - उत्प्रेषण / परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४४६ - उत्प्रेषण / परमादेशसमेत भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८२/०२/०८ २१५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८२।२।८ ०८१-WF-००१८ विषय : उत्प्रेषण / परमादेशसमेत निवेदक : सर्लाही जिल्ला, लालबन्दी नगरपालिका, वडा नं. ९ घर भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, मकवानपुर हेटौंडामा सामान्य प्रशासन समूह, अधिकृत स्तर नवौँ तहको पदमा कार्यरत मदनप्रसाद पोखरेल (क.स.नं. १७१६४२) समेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौंसमेत कर्मचारीलाई साबिक सेवाको एक श्रेणीमाथिको पदमा बढुवाको लागि अवसर प्रदान गर्दा के कस्तो सर्तको अधीनमा रही अवसर प्रदान गर्ने भन्ने विषयमा सङ्‍घीय निजामती सेवासम्बन्धी ऐनले वस्तुगत र विस्तृत व्यवस्था गर्नुपर्ने विषय अदालतबाट व्याख्या गरी स्पष्ट हुने विषयभन्दा पनि भविष्यमा सङ्‍घीय संसद्‌ले निर्माण गर्ने सङ्‍घीय निजामती सेवासम्बन्धी ऐनमा व्यवस्था गर्नुपर्ने विधायिकी बुद्धिमत्ताभित्रको विषय हुने । (प्रकरण नं.१०) कर्मचारीको बढुवासम्बन्धी कारबाही कानूनबमोजिम मात्र गर्न सकिने, कानूनले समावेश नै नगरेको अर्कै सेवामा कार्यरत कर्मचारीलाई कानूनको स्पष्ट व्यवस्थाविना बढुवा जस्तो प्रक्रियामा सहभागी गराउन उचित नहुने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री प्रकाशबहादुर के.सी., श्री रमण कुमार श्रेष्ठ, श्री चन्द्रकान्त ज्ञवाली र विद्वान् अधिवक्ता श्री प्रेमप्रसाद धिताल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बाबुराम भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान निजामती सेवा ऐन, २०४९ कर्मचारी समायोजन ऐन, २०७५ सङ्‍घीय संसद्‌ सचिवालयसम्बन्धी ऐन, २०६४ यस अदालतको संयुक्त इजलासबाट भएको आदेश : माननीय न्यायाधीश श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री विनोद शर्मा आदेश न्या.टेकप्रसाद ढुङ्गाना : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनमा यस अदालतको संयुक्त इजलासको आदेशानुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ग) बमोजिम पूर्ण इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ:- तथ्य खण्ड रिट निवेदकमध्येको म मदनप्रसाद पोखरेल मिति २०६६।१२।०३ मा व्यवस्थापिका संसद्‌ सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणीमा नियुक्त भई कार्यरत रहेकोमा मिति २०७२।१०।१२ मा राजपत्राङ्कित द्वितिय श्रेणी उपसचिव पदमा बढुवा भएको र रिट निवेदकमध्ये म दिनेश प्रकाश आचार्य मिति २०६७।०१।०६ मा सोही सेवा समूहको राजपत्राङ्कित तृतीय श्रेणीमा नियुक्त भएकोमा मिति २०७२।१०।१२ मा राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव पदमा बढुवा भई समायोजन हुनु पूर्व सङ्‍घीय संसद्‌ सचिवालयमा सामान्य प्रशासन राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव पदमा कार्यरत थियौँ । नेपालको संविधान लागु भएपछि मौजुदा सरकारी सेवा र अन्य सेवाका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहको सेवामा समायोजन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न कर्मचारी समायोजन ऐन, २०७५ जारी भएपश्चात रिट निवेदकमध्येको म मदनप्रसाद पोखरेललाई मिति २०७६।०१।१६ मा प्रदेश निजामती सेवा, सामान्य प्रशा