निर्णय नं. ११४४७ - उत्प्रेषण / परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४४७ - उत्प्रेषण / परमादेशसमेत भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८०/१०/१८ २१० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल आदेश मिति : २०८०।१०।१८ ०७८-WF-००२७ मुद्दाः- उत्प्रेषण / परमादेशसमेत निवेदक : सर्लाही जिल्ला, साबिक सारस्वर गा.वि.स., वडा नं.१ हाल सिराहा नगरपालिका वडा नं.१२ बस्ने गणेश झाको छोरा धर्मदेव झा विरूद्ध प्रत्यर्थी : उच्च अदालत जनकपुर, राजविराज इजलास, सप्तरीसमेत लेनदेन मुद्दामा वादी दाबी ठहर भई फैसला कार्यान्वयन गर्दा अदालतले पक्षहरूको सहभागिता, सन्तुष्‍टि र न्यायको प्रत्याभूतिलाई प्रमुखताका साथ हेर्नुपर्ने । न्यायिक प्रक्रियाले पूर्णता प्राप्‍त गरेपछि मात्र लिलाम सकार गर्ने पक्षको लिलाम सकार गरेको सम्पत्तिको हक परिपक्व भई पूर्णता प्राप्‍त गर्ने भएकोले सो न्यायिक प्रक्रिया सम्पन्न हुनुअगावै रिट निवेदकले सकार गरेको सम्पत्तिमा निजले पूर्ण स्वामित्व प्राप्त गरेको भनी मान्न नमिल्ने । डाँक लिलामको समग्र प्रक्रिया नै वादी प्रतिवादीले परित्याग नगरून्जेल तेस्रो पक्ष (डाँक लिलाम सकार गर्ने पक्ष) अर्थात्‌ सम्पत्ति आर्जन गर्ने व्यक्तिको हक सुनिश्चित भएको मान्‍न नमिल्ने । (प्रकरण नं.५) डाँक लिलामीको प्रक्रिया अन्त्य भई नसक्दै ऋणीले धनीलाई साँवा ब्याज बुझाएको अवस्थामा वादीको पनि सम्पत्ति लिलाम गरी सम्पत्ति प्राप्‍त गर्ने अधिकार अन्त्य हुने । त्यस्तो अवस्थामा डाँक लिलामीको प्रक्रियामा सामिल हुन आएको तेस्रो पक्षलाई सम्पत्ति प्राप्त गर्ने हक रही रहन्छ भन्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री लेखनाथ भट्टराई प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री चण्डेश्वर श्रेष्ठ, श्री नरेन्द्रप्रसाद पाठक, श्री रमण कुमार श्रेष्ठ र श्री जगन्नाथ महतो अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ६, नि.नं. ८८४८ सम्बद्ध कानून : नेपालको संविधान यसअघि फैसला गर्नेः माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश न्या.शारङ्गा सुवेदी : प्रस्तुत रिट निवेदन निर्णयार्थ मिति २०७८।०५।१८ मा यस अदालतको संयुक्त इजलासमा पेस हुँदा सो इजलासका माननीय न्यायाधीश श्री दीपककुमार कार्की र श्री कुमार रेग्मीबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य तथा आदेश देहायबमोजिम रहेको छः- तथ्य खण्ड वादी दुखनी देवी महतो र प्रतिवादी सुवध महतो कोइरी भएको लेनदेन मुद्दामा भएको फैसलाबमोजिमको वादीको बिगो रू.१७,२२,३४८।१२ बापतमा ऋणी प्रतिवादी सुवध महतो कोइरीको नाम दर्ताका निम्न जग्गाहरू सिराहा जिल्ला अदालतबाट मिति २०७२।१२।१६ मा डाँक लिलाम हुँदा मैले सबैभन्दा बढी मूल्य अर्थात्‌ रू.१७,२३,४५९।१२।- मा डाँक सकार गरी लिएको हुँ । सि.नं. जिल्ला गा.वि.स वडा नं. कि.नं. क्षेत्रफल तर्फ मध्ये जम्मा १. सिराहा अयोध्यानगर १(क) ४८२ ०-०-७ पूर्व ०-०-५.२५ र घरसमेत २. ऐ. ऐ. १(क) ४८४ ०-०-६-५ पश्चिम ०-०-४.८७५ ३. ऐ. ऐ. १(क) ४८६ ०-०-३ पूर्वबाट ०-०-२.२५ ४. ऐ. ऐ. १(क) ४८८ ०-०-१.५ पश्चिम ०-०-१.१२५ ५. ऐ. ऐ. १(क) ४९९ ०-०-१.७५ उत्तर ०-०-१.३१२ ६. ऐ. ऐ. १(क) ५०१ ०-३-१.७५ पूर्व ०-२-६.३१ ७. ऐ. ऐ. १(क) ३० ०-०-७ उत्तर ०-०-५.२५ ८. ऐ. ऐ. ७ १