निर्णय नं. ११४४९ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४४९ - लिखत बदर भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८१/०१/३१ २४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८१।०१।३१ ०७४-CI-००१० मुद्दा:- लिखत बदर पुनरावेदक / वादी : आसलाल प्रजापतिको नाति तिर्थराज प्रजापतिको छोरा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१ को परिवर्तित हाल ऐ.ऐ. वडा नं.९ बस्ने गोपालकृष्ण प्रजापति विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धिज नर सिं. प्रजापतिको नाति आसलाल प्रजापतिको छोरा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१ बाट ऐ.ऐ. वडा नं.९ लिवाली बस्ने तिर्थराज प्रजापतिसमेत जग्गाको प्रकृति र जग्गा अवस्थित रहेको स्थानको आधारमा पनि जग्गाको महत्त्व र मूल्य घटी बढी रहेको हुने । घरव्यवहार चलाउने व्यक्तिले बिक्री वितरण गरेको सम्पत्ति आफूसँग भएको जग्गाको सम्पूर्ण क्षेत्रफलको आधारमा आधाभन्दा कम बिक्री वितरण गरेको भए पनि मूल्य, महत्त्व तथा उपभोगको दृष्टिले बिक्री वितरण गरेको जग्गाको महत्त्व बढी रहेको हुन सक्ने कारण घरव्यवहार चलाउने प्रयोजनको लागि बेचबिखन गर्दा आफूसँग रहेको जग्गाको आधाभन्दा घटी वा बढी के कति बिक्री गरेको छ भनी हेर्दा क्षेत्रफललाई मात्र नहेरी जग्गाको मूल्यलाई समेत हेर्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निराला, विद्वान् अधिवक्ताद्वय श्री चन्द्रमणी पौडेल र श्री भिष्मराज कडरिया प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री हरिराम लवजु र श्री प्रमिला रंजित अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा.जिल्ला न्यायाधीश श्री गिरिराज गौतम भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे उच्च अदालत पाटन फैसला न्या.बालकृष्ण ढकाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्राप्त गरी पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ । संक्षिप्त तथ्य विपक्षीमध्येका तिर्थराज प्रजापती म वादीको पिता र पूर्णलक्ष्मी प्रजापती आमा हुन् । पिता तिर्थराज प्रजापती र आमा पूर्णलक्ष्मी प्रजापतीका तर्फबाट तीन छोराहरू जेठो म फिरादी गोपालकृष्ण प्रजापती, माहिलो ज्ञानेन्द्र प्रजापती तथा कान्छो राजाराम प्रजापती हुन् । आमा बुबाको तर्फबाट छोरीहरू माया प्रजापती, मायाकेशरी प्रजापती र रिना प्रजापतीसमेत जना ३ भएकोमा निजहरूको विवाहदान भइसकेको छ । हामीहरू जम्मा ५ अंशियार रहेको र हालसम्म पनि अंशबन्डा नभएकोमा मेरो अंशहक मार्ने नियतले म बसी आएको जिल्ला भक्तपुर नगरपालिका वडा नं १ कि.नं. १६३ क्षे.फ. ०-०-२-२ मा बनेको घर प्रतिवादी पिता तिर्थराज प्रजापतीले विपक्षीमध्येका कृष्णमोहन सुवाल र नारायणमान सुवाललाई संयुक्त रूपमा र.नं. ३४३३(ङ) मिति २०७२।३।१० मा राजीनामा पारित गरिदिएको कुरा मिति २०७२।३।१७ मा नक्कल लिई हेर्दा थाहा पाएकोले उक्त वडा नं १ कि.नं. १६३ क्षे. ०-०-२-२ मा बनेको घरमध्ये पूर्वतर्फ पाँच भागको एक भाग र.पा. लिखत बदर गरी मेरो नाममा कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । वादीले फिरादमा उल्लेख गरेको जग्गा एकासगोलको ऋण तिर्नका लागि बिक्री गरेको हो । वादीको अंशहक मार्ने नियतले बिक्री वितरण गरेको छैन । अझै पनि ऋण तिर्न बाँकी नै भएक