निर्णय नं. ११४५० - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४५० - जबरजस्ती करणी भाग: ६७ साल: २०८२ महिना: असोज अंक: ६ फैसला मिति :२०८१/०७/०९ ३७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी फैसला मिति : २०८१।७।९ ०७६-CR-१२२६ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला धुनिबेसी नगरपालिका वडा नं. ९ टायलघर घर भई हाल कारागार कार्यालय नख्खुमा थुनामा रहेको राजु परियार विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम ०७४/०७५ स्वयम्भु (ढ) को जाहेरीले नेपाल सरकार सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्नका लागि सहअभियुक्त आफू कसुरमा साबित हुनुपर्ने, अदालतमा भएको बयानमा पोल गरिएको हुनुपर्ने र त्यस्तो पोल अन्य प्रमाणबाट समर्थित हुनुपर्ने सर्तहरू पूरा हुनुपर्ने । सहअभियुक्तको पोलको सन्दर्भमा, प्रमाण ऐन, २०३१ को दफा ९क. को व्यवस्थानुसार सहअभियुक्त अदालतमा आफू साबित भई गरेको पोललाई अन्य प्रमाणले पुष्टि गरेको हुनुपर्ने, ऐ. ऐनको दफा ३८ अनुसार त्यसरी पोल गर्ने अभियुक्त साक्षीसरह हुने र ऐ. ऐनको दफा ४८ बमोजिम निजको बकपत्र गराउनुपर्ने र सहअभियुक्तलाई जिरह गर्न सकिने भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १०३ ले गरेको कानूनी व्यवस्था तथा प्रमाण ऐन, २०३१ को दफा ५०(५क) बमोजिम सहअभियुक्तले पोल गरेमा सो पोल गरेको हदसम्म सहअभियुक्तलाई जिरह गर्न अवसर दिने भन्ने व्यवस्था र मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ५५ मा कुनै सहअभियुक्तले अर्को अभियुक्तउपर पोल बयान गरेमा निजको बयान हुनुअघि उक्त बयान बेहोरा सुनाई मात्र बयान लिनुपर्ने भन्ने व्यवस्थाको सम्बन्धमा समेत विचार गर्नुपर्ने । कानूनमा रहेको सहअभियुक्तको जिरह गर्ने कार्यविधिगत व्यवस्थालाई सुरू तहका अदालतबाट सहअभियुक्तको पोल भएको अवस्थामा पोलिने अभियुक्तबाट जिरह गर्ने अवसर प्रदान गर्ने प्रचलित कानूनको व्यवस्थालाई सोही कानूनबमोजिम र सो कानूनको अधीनमा रही कार्यान्वयन गर्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री मुकुन्दराज पाण्डे प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०३३ अङ्क ८ नि.नं.७७४९ ने.का.प.२०४४ अङ्क ४ नि.नं.३०६० ने.का.प.२०४८ अङ्क २,३,४ नि.नं.४२६९ ने.का.प.२०६९ अङ्क ११ नि.नं.८९११ ने.का.प.२०७२ अङ्क २ नि.नं.९३५२ ने.का.प.२०७६ अङ्क १ नि.नं.१०१८४ ने.का.प.२०८० अङ्क ६ नि.नं.१११०३ ने.का.प.२०८० अङ्क १० नि.नं.१११९० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री बाबुकाजी बानिया काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री अनन्त राज डुम्रे माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू उच्च अदालत पाटन मुद्दाको संक्षिप्त तथ्य न्या.हरिप्रसाद फुयाल : मिति २०७५।१।२९ का दिन काठमाडौं स्थित स्वयम्भु गुम्बा माथिको जंगलमा प्रतिवादीहरू राजु परियारसमेत ४ जनाले आफूलाई पालैपालो जबरजस्ती करणी गरेको भनी पीडित ०७४/०७५ स्वयम्भु (ढ) को किटानी जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भई प्रतिवादीहरू बनबहादुर सुनुवार, उर्गेन तामाङ, राजु परियार र सुरेन्द्र नगरकोटीले जाहेरवालालाई पालै पालो जबरजस्ती करणी गरेको देखिएकाले निज प्रतिवादीहरूले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा परिभाषित ३(४) नं.बमोजिमको कसुरमा निज प्रतिवादीहरूलाई सोही महलको ३(४) नं.बमोजिम सजाय गरी प्रति