निर्णय नं. ११४५१ - भ्रष्टाचार (नक्कली प्रमाणपत्र)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४५१ - भ्रष्टाचार (नक्कली प्रमाणपत्र) भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८१/०३/२० ३०९ सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।०३।२० ०८०-CF-०००६ मुद्दाः भ्रष्टाचार (नक्कली प्रमाणपत्र) पुनरावेदक / प्रतिवादी : भद्रबहादुर अधिकारीको नाति, मानबहादुर अधिकारीको छोरा, बागलुङ जिल्ला, भकुण्डे गा.वि.स., वडा नं. ७ परिवर्तित बागलुङ जिल्ला, बागलुङ नगरपालिका, वडा नं. १०, अरूणपाटा घर भई हाल ट्राफिक प्रहरी कार्यालय, लमजुङमा प्रहरी नायब निरीक्षक पदमा कार्यरत निरबहादुर अधिकारी विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत भेषराज रिजालको प्रतिवेदनले नेपाल सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ अनुसारको अपराध हुन झुट्टा विवरण पेस गरी त्यसबाट लाभ लिइसकेको वा लिई नसकेको जेसुकै अवस्था भए पनि त्यसबाट लाभ लिने मनसायको विद्यमानता देखिनु नै पर्याप्त हुने । झुट्टा विवरण तयारसम्म गरेको, तर त्यस्तो झुट्टा विवरण कहीँकतै पनि पेस नगरेको अवस्थाको विद्यमानता स्थापित भएमा ऐ. दफा १६ को सन्दर्भमा कसुर ठहर गर्न नमिल्ने, तर त्यस्तो झुट्टा विवरण लाभ लिने उद्देश्यले कहीँकतै पेस गरेको वा त्यस्तो झुट्टा विवरणबाट लाभ प्राप्त गरिसकेको अवस्था विद्यमान देखिएमा ऐ. ऐनको दफा १६ को सन्दर्भमा कसुर ठहर हुने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा तथा विद्वान् अधिवक्ताहरू श्री थीरबहादुर कार्की र डा. श्री नेवल चौधरी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् नायव महान्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, विद्वान् सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली र विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम अवलम्बित नजिर : ने.का.प. २०५४, अङ्क १०, नि.नं. ६४५२ ने.का.प. २०५८, अङ्क ३/४, नि.नं. ६९८४ ने.का.प. २०६५, अङ्क ६, नि.नं. ७९७४ ने.का.प. २०६८, अङ्क १०, नि.नं. ८६९७ ने.का.प. २०७१, अङ्क ३, नि.नं. ९१४० ने.का.प. २०७७, अङ्क ८, नि.नं. १०५५० सम्बद्ध कानून : नेपालको संविधान नेपालको अन्तरिम संविधान, २०६३ मुलुकी अपराध संहिता, २०७४ भ्रष्टाचार निवारण ऐन, २०५९ भ्रष्टाचार निवारण ऐन, २०१७ सुरू तहमा फैसला गर्ने अदालतः- अध्यक्ष माननीय न्यायाधीश श्री बाबुराम रेग्मी सदस्य मा. न्यायाधीश श्री द्वारिकामान जोशी सदस्य मा. न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य श्री विशेष अदालत काठमाडौं संयुक्त इजलासबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी मुद्दा नं.०७५-CR-२४०८ फैसला न्या. प्रकाश कुमार ढुङ्गाना : तारा राजभण्डारी (कार्की) वि. नेपाल सरकार भएको ०६५-CF-००२४ को भ्रष्टाचार मुद्दा र जयनारायण आचार्य वि. नेपाल सरकार भएको ०७४-NF-०००२ को भ्रष्टाचार मुद्दामा पूर्ण इजलासबाट फरक-फरक व्याख्या (ruling) कायम भई कानूनी जटिलता उत्पन्न भएकाले उक्त कानूनी प्रश्नको व्याख्यामा एकरूपता कायम गर्नु आवश्यक भई प्रस्तुत मुद्दा बृहत् पूर्ण इजलासबाट निरूपण हुन आवश्यक र उपयुक्त देखिएकोले प्रस्तुत मुद्दाको संयुक्त इजलासको लगत कट्टा गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २२(२)(च) को