निर्णय नं. ११४५३ - लागु औषध गाँजा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४५३ - लागु औषध गाँजा भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/१०/२५ ३४९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान फैसला मिति : २०८०।१०।२५ ०७९-CF-०००९ मुद्दा : लागु औषध गाँजा पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, पिडारीगुठी गा.वि.स. वडा नं. ५ बस्ने फत्त महमद मियाँ विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि. हस्तबहादुरको प्रतिवेदनले नेपाल सरकार सहअभियुक्तको पोल मुद्दामा निश्‍चयात्मक र प्राथमिक प्रमाण हुन नसक्ने । सहअभियुक्तको पोल जतिसुकै किटानी भए तापनि यसलाई संशयपूर्वक नै हेरिनुपर्ने । (प्रकरण नं.५) अदालतबाहिर गरिएको बयानमा पोलसमेत त्यसरी बयान गर्ने अभियुक्त कसुरमा साबित छ र त्यस्तो पोल अन्य प्रमाणबाट समर्थित हुनुका साथै निजले उक्त बयान यातना वा डर, धाक, धम्कीविना, स्वेच्छाले र सचेतपूर्वक दिएको छ भने साबिती बयानसरह नै पोल बयानलाई समेत प्रमाणमा लिन बाधा नहुने । तर प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क) को देहाय (१), (२) र (३) को अवस्थाको विद्यमानता छैन भने त्यस्तो पोल बयानलाई प्रमाण ग्राह्य मान्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री लव कुमार मैनाली प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री शम्भुबहादुर कार्की तथा विद्वान्‌ उपन्यायाधिवक्ता श्री विना दाहाल अवलम्बित नजिर : ने.का.प.२०६३, अङ्क ८, नि.नं. ७७४९ ने.का.प. २०२८, अङ्क १, नि.नं. ६१२ सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लागु औषध (नियन्त्रण) ऐन, २०३३ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने :- माननीय जिल्ला न्यायाधीश श्री लेखनाथ घिमिरे पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री उमेश कुमार सिंह पुनरावेदन अदालत, हेटौंडा फैसला न्या.डा.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ग) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भनी मिति २०७९।१२।२६ मा भएको आदेशानुसार यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार रहेको छः- संक्षिप्त तथ्य जिल्ला पर्सा गा.वि.स. पिडारीगुठी वडा नं. ५ स्थित पूर्व ग्यास शेषको खपडाको घर, पश्चिममा ईसराफिल शेषको टालीको छानो भएको घर, उत्तरमा मोस्ताक मियाको फुसको घर, दक्षिणमा मोस्ताक मियाँकै खाली खेत यति चार किल्लाभित्र सार्वजनिक सडकमा प्रतिवादीहरू जोगिन्द्र हजरा दुषाद, जमीर मियाँ, जंगी मियाँ, ओरन्जेव मियाँ, अविनास कुमार सिंह, मुस्लिम मियाँसमेतले पोकाहरू तथा बोरामा सामानहरू बोकी आएको अवस्थामा फेला पारी खानतलासी लिँदा प्रतिवादीहरूमध्ये जोगिन्द्र हजरा दुषादले बोकी आएको एउटा पोकामा लागु औषध गाँजा १८ किलो, जमीर मियाँले बोकी आएको एक वटा पोकामा लागु औषध गाँजा १८ किलो, जंगी मियाँले बोकी आएको एउटा पोकामा लागु औषध गाँजा १८ किलो, ओरन्जेव मियाँले बोकी आएको दुई वटा पोकामा लागु औषध गाँजा ३६ किलो, अविनास कुमार सिंहले बोकी आएको दुईवटा पोकामा लागु औषध गाँजा ३६ किलो, मुस्लिम मियाँले बोकी आएको दुई वटा पोकामा लागु औषध गाँजा ३६ किलो तथा निजहरूसँगै बोरामा सामान बोकी आएका तर प्रह