निर्णय नं. ४३६२ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३६२ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/३० २४७८ निर्णय नं. ४३६२ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४६ सालको रिट नं. ६६३ आदेश भएको मिति: २०४८।९।३०।३ मा निवेदक : जि.पर्सा वीरगंज न.पं. वार्ड नं. ७ बस्ने भवन र आवास तथा शहरी विकास शाखा पर्साका डिभिजनल इन्जिनीयर शंकरप्रसाद अग्रवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार, जलस्रोत मन्त्रालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) एक व्यक्तिलाई दुई पदमा पदोन्नति गर्नु नि.से.नि.विपरीत हुने र समान सेवा समूहमा रिट निवेदक पहिलोमा बढुवा भएको र यस अदालतमा रिट दायर भई (साविक पेज नं. ५१५) टुंगो नलागेको कारणले नै बढुवा सम्बन्धी कार्य रोकिएको देखिएबाट रिटनिवेदनतर्फ विचार गरिरहनु नपर्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. निवेदक विपक्षी बढुवा समितिको सूचना नं. ३०३।०४४ को इन्जिनीयरिंग सेवा सिभिल समूह इरिगेशन उपसमूहको द्वितीय श्रेणी उपसचिव स्तर पद १ मा बढुवाको लागि विपक्षी शान्तिनाथ श्रेष्ठलाई बढुवा गर्ने र म निवेदकलाई सोही समूहको स्यानेटरी उपसमूहमा बढुवा गर्ने गरी २०४५।५।२६ मा सूचना प्रकाशित भई सो सूचनामा उल्लेख भए बमोजिम नि.से.नि., २०२१ को परिच्छेद ३.५(९) र (१०) बमोजिम चित्त नबुझे उजूर गर्नु भनी उल्लेख भएबाट लो.से.आ.मा उजूर गरी कारवाही हुँदा संशोधित नामावली प्रकाशित गर्ने निर्णय भई म निवेदकलाई इरिगेशन समूहको उपसचिव स्तरमा र विपक्षी शान्तिनाथको नाम हटाई संशोधित बढुवा नामावली २०४५।८।२३ को गोरखापत्रमा सूचना जारी गरी जानकारी गराइयो र सो मा कसैको उजूर नपरी अन्तिम रहेकोछ । बढुवा, नियुक्तिको माग गर्दा आफ्नै कार्यालयमा पठाई दिने आश्वासन पाएकोले आफ्नो कार्यालयमा गएँ, तर नियुक्ति पाइन र २०४५।८।२३ को संशोधित नामावली बमोजिम विपक्षी निकायले बढुवा नियुक्ति गरेको छैन । ३. यसै बीच २०४६।२।२८ को गोरखापत्रमा सूचना नं. ३२७।०४५ इन्जिनीयरिंग सेवा सिभिल समूह इरिगेशन उपसमूह रा.प.द्वि. (उपसचिव स्तर) मा विपक्षी शान्तिनाथ श्रेष्ठलाई बढुवा गर्ने गरी सूचना प्रकाशित भएपछि म अगाडि बढुवा भएको नियुक्ति माग गर्दा स्यानेटरी उपसमूहमा नियुक्ति लिन भनियो । यसै विषयमा लो.से.आ.मा उजूर गर्दा लो.से.आ.ले ०४६।४।६ को पत्रबाट एकै व्यक्ति दुई उपसमूहमा बढुवा भएको देखिएकोले श्री ५ को सरकारले नै कानुन बमोजिम गर्नुपर्ने काम कारवाही बदर गराउने कुनै प्रभावकारी कानुनी उपचार नभएकोले सम्मानीत अदालतमा आएको छु । ४. २०४५।५।२६ को गोरखापत्र सूचना बमोजिम म निवेदकलाई नियुक्ति दिनु पर्नेमा नदिई २०४६।२।२८ मा पुनः विपक्षी शान्तिनाथलाई नियुक्ति दिनु विपक्षी निकायको प्रवृत्त धारणा हो । २०४६।२।२८ को गो.प.को बढुवाको सूचना उपर म निवेदकले लोकसेवा आयोगमा उजूरी गर्दा लोकसेवा आयोगबाट एकै व्यक्ति २ उपसमूहतर्फ बढुवा भएको देखिएकोमा श्री ५ को सरकारले कानुन बमोजिम निर्णय गर्नुपर्ने भन्ने निर्णय गरी म निवेदकलाई ०४६।४।६ को पत्रबाट २०४६।४।१२ मा जानकारी गराएकोछ । २०४६।८।२३ को संशोधित बढुवा नामावलीको मेरो पदमा नै २०४६