निर्णय नं. ११४५४ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४५४ - अंश चलन भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८१/०३/१३ ३६८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८१।३।१३ ०७६-NF-००१८ मुद्दाः अंश चलन पुनरावलोकनकर्ता / वादी : डम्बरबहादुर थापाको बुहारी धनबहादुर थापाको श्रीमती ललितपुर जिल्ला लामाटार गाउँ विकास समिति वडा नं. ४, परिवर्तित महालक्ष्मी नगरपालिका वडा नं. १८ बस्ने कान्छी थापाको मुद्दा सकार गर्ने कमला के.सी.समेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : डम्बरबहादुर थापाको नाति ज्ञानबहादुर थापाको छोरा ऐ.ऐ. बस्ने मनोहर थापा परलोक भई मुद्दा सकार गर्ने मनोहर थापाको श्रीमती कान्छी थापासमेत अंशसम्बन्धी हक जन्मसिद्ध भए पनि अंश एकपटक मात्र पाउने र व्यवहार प्रमाणबाट आ आफ्नो नाममा नापी दर्ता भोग तिरोभरो बिक्री व्यवहार गरेको अवस्थालाई अंशबन्डाको ३० नं. ले छुट्टी भिन्‍न भएको मानिने हुँदा एकपटक अंश लिई पाई छुट्टी भिन्‍न भइसकेपछि अंश हक समाप्‍त हुने हुँदा पटकपटक अंशमा दाबी गर्न नपाउने । (प्रकरण नं.७) पुनरावलोकनकर्ता / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री विश्‍वप्रसाद सिग्देल तथा विद्वान्‌ अधिवक्ता श्री लक्ष्मण आचार्य प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री बच्चुसिंह खड्‍का, विद्वान्‌ अधिवक्ता श्री प्रकाश थापा अवलम्बित नजिर : ने.का.प.२०५६ अङ्‍क १२ नि.नं. ६८२४ ने.का.प.२०६३, अङ्‍क ९, नि.नं. ७७६१ ने.का.प.२०६६, अङ्‍क २, नि.नं. ८०८८ ने.का.प.२०६६, अङ्‍क ९, नि.नं. ८२२७ सम्बद्ध कानून : सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री ऋषिकेश वाग्ले ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री गिरीराज पौड्‍याल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ फैसला न्या.डा.कुमार चुडाल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१०।२१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२०(२)(ख) बमोजिम यस अदालतमा दायर भएको मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्‍ने निवेदनमा यस अदालतबाट मिति २०७६।०७।०७ मा मुद्दा पुनरावलोकनको अनुमति प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छः- प्रतिवादी मनोहर थापाको काका तथा हामी फिरादीका पति धनबहादुर थापासँग सामाजिक परम्पराअनुसार विवाह भएको हो । ससुरा डम्बरबहादुर थापा र सासू कृष्णकुमारी थापाको अंशियार २ छोरा ज्ञानबहादुर थापा र धनबहादुर थापा भएकोमा जेठाजु ज्ञानबहादुर थापा तथा पति धनबहादुर थापाको परलोक भइसकेको छ । पति धनबहादुर थापा तथा म कान्छी थापाको तर्फबाट ३ छोरीहरू र म रामप्यारी थापाको तर्फबाट १ छोरीको जायजन्म भएकोमा सबै छोरीहरूको विवाह भइसकेको छ । पति धनबहादुरको अंश हक खाने हामी फिरादी र जेठाजु ज्ञानबहादुर थापाको अंश हक खाने विपक्षी प्रतिवादी मनोहर थापा रहेका छन् । ससुरा, सासू, जेठाजु र पतिको मृत्युपश्‍चात हामी फिरादीहरू विपक्षी मनोहर थापासँग एकासगोलमा बसी आएकोमा निजले हाम्रो अंश भाग छुट्‍याइदिन इन्कार गरेकाले बाध्य भई फिराद गर्न आएका छौँ । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम