निर्णय नं. ११४५५ - घरसमेत बनाई जग्गा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाइपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४५५ - घरसमेत बनाई जग्गा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाइपाऊँ भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८१/०८/२० ४५९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान आदेश मिति : २०८१।०८।२० ०७९-DF-००१५ मुद्दा : - घरसमेत बनाई जग्गा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाइपाऊँ । पुनरावेदक / प्रतिवादी : कैलाली जिल्ला गेटा गा.वि.स. वडा नं. ३ मनहरा टोल बस्ने देवबहादुर धामी विरूद्ध प्रत्यर्थी / वादी : कैलाली जिल्ला गेटा गा.वि.स. वडा नं. ३ मनहरा टोल बस्ने सोमबहादुर चौधरी घर बनाइएको जग्गा अर्काको हक स्वामित्वभित्रको देखिन्छ भने घर बनाएको विषयमा नालिस गर्ने हदम्याद नाघ्दैमा सम्बन्धित जग्गाधनीको आफ्नो जग्गामाथिको स्वामित्व पनि समाप्‍त हुन्छ भन्‍नु न्यायसङ्गत नहुने । सम्पत्तिमाथिको स्वामित्वको प्राप्‍ति र समाप्‍ति हुने सम्बन्धमा कानूनले निश्‍चित आधारहरू तोकेकोमा कानूनले तोकेको आधारमा मात्र कुनै सम्पत्तिमाथिको हक स्वामित्व समाप्‍ति वा प्राप्‍ति हुन सक्ने । (प्रकरण नं.४) हाल प्रचलित कानूनी व्यवस्थाअनुसार अन्यथा प्रमाणित नभएसम्म जग्गाको स्वामित्व निर्धारणको आधारको रूपमा एक मात्र आधिकारिक प्रमाणको रूपमा जग्गाधनी दर्ता प्रमाण पुर्जालाई लिइने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री शंकर लिम्बु र श्री भीम राई अवलम्बित नजिर : ने.का.प. २०६३, नि.नं. ७६७३, पृष्ठ ३९५, ने.का.प. २०७७, नि.नं. १०५४८ ने का प २०५७ नि.नं. ६८५५ ने का प २०६५ नि.नं. ७९३९ ने का प २०६१ नि.नं. ७३७५ पृष्ठ ५०६ ने.का.प. २०६६ नि नं ८१४६ पृ ७६९ सम्बद्ध कानून : सुरू तहको फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री विष्णु सुवेदी कैलाली जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : मा. न्यायाधीश श्री रेवन्तबहादुर कुवँर मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने पुनरावेदन अदालत दिपायल यस अदालतको संयुक्त इजलासमा फैसला गर्ने : मा. न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ मा. न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना फैसला न्या. तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम तत्कालीन पुनरावेदन अदालत, दिपायल, डोटीको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएकोमा यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा माननीय न्यायाधीशहरूबिच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मुद्दाको तथ्यगत बेहोरा जिल्ला कैलाली, गेटा गा.वि.स. वडा नं.३, न.नं. घ, कि.नं. ४६ को ज.वि. १६९५ वर्गमिटर (पाँच कठ्ठा) जग्गा मैले २०३८/०३९ सालदेखि अविरल रूपले भोगचलन गरेकाले भोगचलनकै आधारमा सुकुम्बासी समस्या समाधान आयोग कैलालीबाट मिति २०५१।१२।१६ मा जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरी हालसम्म मैले अबिरल रूपले भोगचलन गर्दै आएको कुरा मेरो फिरादसाथ पेस गरेको जग्गाधनी प्रमाण पुर्जाबाट पुष्टि भएको छ । मेरो उपर्युक्त दर्ता स्रेस्ता भोगचलनको जग्गामा विपक्षी देवबहादुर धामीले मिति २०६७ साल कार्तिक १७ गतेका दिन रातारात अन्दाजी रू.२०,०००।- (बीस हजार रूपैयाँ) पर्ने तल ईँटा माथि खपडा लगाइ काठको घरसमेत बनाई साथमा अन्य अपरिचित ४/५ जना व्यक्तिसमेत ल्