निर्णय नं. ११४५६ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४५६ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/०७/२० २२६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री कुमार चुडाल आदेश मिति : २०८०।७।२० ०७५-WO-१११२ विषय: उत्प्रेषणसमेत निवेदक : जुम्ला जिल्ला, बडकी गा.वि.स., वडा नं. ९ हाल परिवर्तित हिमा गाउँपालिका, वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा., वडा नं. १० बस्ने जगदीश आचार्यसमेत विरूद्ध विपक्षी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारसमेत राज्यका हरेक निकाय तथा अधिकारीबाट गरिने वा गरिएका कार्यहरू जबसम्म अन्यथा देखिँदैन, तबसम्म कानूनसम्मत नै रहे भएका छन् भनी मान्नुपर्ने । राज्यको काम कारबाहीबाट कोही कसैको हक अधिकार हनन भैहाल्यो भने पनि त्यो कुरा वस्तुनिष्ठ रूपमा देखिनुपर्ने । अनुमान र शंकाको भरमा त्यत्तिकै राज्यको वैधानिक निकायबाट भएका तथा हुने काम कारबाहीलाई शंका र अविश्वास गरिहाल्न नमिल्ने । राज्यको संरचना कुनै व्यक्ति वा सीमित समूहको हितको लागि निर्माण भएको नभई यो आफ्ना नागरिक र मुलुकलगायत समग्र चराचर जगत्कै हित, उत्थान, विकास र सहजताका लागि सामाजिक सम्झौताबाट निर्माण गरिएको सामाजिक इकाइ (social entity) भई राज्यको सबै संरचनाले आफ्नो कर्तव्य र दायित्व पनि सोहीअनुसार सम्पादन गर्दछ भनी मान्नुपर्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री जनकप्रसाद घिमिरे अवलम्बित नजिर : ने.का.प. २०७०, अङ्क ३, नि.नं. ८९८२ ने.का.प. २०७५, अङ्क १२, नि.नं. १०१५४ ने.का.प. २०७५, अङ्क १०, नि.नं. १०१०९ ने.का.प. २०७०, अङ्क ७, नि.नं. ९०३० ने.का.प. २०७०, अङ्क १, नि.नं. ८९४२ ने.का.प. २०६७, अङ्क १२, नि.नं. ८५२१ सम्बद्ध कानून : नेपालको संविधान जग्गा (नाप जाँच) ऐन, २०१९ भू तथा जलाधार संरक्षण ऐन, २०३९ खानी तथा खनिज पदार्थ ऐन, २०४२ जलस्रोत ऐन, २०४९ वातावरण संरक्षण ऐन, २०७६ वन ऐन, २०७६ (साबिक वन ऐन, २०४९) आदेश प्र.न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः- तथ्य खण्ड रिट निवेदनको बेहोरा गाउँ विकास समितिको कार्यालय बडकी, जुम्लाले मिति २०५०।०६।११ (च.नं. ७, प.नं. ०५०/५१) मा धापा गा.वि.स., वडा नं. ९ र बडकी गा.वि.स., वडा नं. ९ को बिचमा पर्ने चिउडी चोर खोला श्रीलाल, भानुभक्त आचार्यको खेत हुँदै सामद्राबाद वन र भानुभक्त, विष्णुकान्त, विष्णु रूद्ध धितालको खेत र हिमा नदी गंगा भई परापूर्व कालदेखि चलिआएको चिउडी चोर खोलादेखि उत्तरको लाहा चौर चिउडी धापा गा.वि.स., वडा नं. ९ को र चिउडी चोर खोलादेखि दक्षिण चौके जोगी थाप्लो रिउले चिउडी, बडकी गा.वि.स., वडा नं. ९ को आचार्य लिही गाउँको कायम भई परापूर्वकालदेखि भोगचलन गरी आउँदा वि.सं. २०३८ सालमा साबिक गा.वि.स. को कार्यालय बडकीले नक्सामा समेत सिमाना निर्धारण गरेको हुँदा बडकी र धापा गा.वि.स. को सिमाना चिउडी, चोर खोला, श्रीलाल भानुभक्त आचार्यको खेत हुँदै भानुभक्त, विष्णु कान्त, विष्णु रूद्रा धितालको खेत र हिमानदी गंगा कायम गरी नापनक्सा गरिदिनु भन्ने विपक्षी २ नं. नापी टोली धापा, जुम्लालाई पत्राचार गरेकोलाई बेवास्ता गरी हिमानदीले शनी गा.वि.स