निर्णय नं. ११४५८ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४५८ - बन्दीप्रत्यक्षीकरण भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०९/०६ २१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति स् २०७९।०९।०६ ०७९(ध्ज्(००९५ मुद्दाः( बन्दीप्रत्यक्षीकरण पुनरावेदक र प्रतिवादी स् २० ब्खभलगभ भ्खभचथ ७५०१३ एबचष्क, ँचबलअभ घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवलमा कैदमा रहेको चार्ल्स शोभराज गुरूमुख विरूद्ध प्रत्यर्थी र वादी स् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत कैदीहरूको गम्भीर स्वास्थ्य अवस्था तथा उपचारको आवश्यकतालाई जानाजानी ध्यान नदिनु क्रूर सजाय दिनुसरह हुन जाने । कैदीबन्दीका लागि स्वास्थ्यको अधिकार निजहरूको मानव अधिकारको अनिवार्य र आधारभूत पक्ष हुने । कैदीहरू पनि अन्य व्यक्तिसरह समान स्तरको स्वास्थ्यको हेरचाहको हकदार हुने । कैदीहरूको स्वास्थ्यसम्बन्धी अधिकारलाई मान्यता दिनु र संरक्षण गर्नु नैतिक अनिवार्यता मात्र होइन, न्याय, पुनर्स्थापना र समग्र सामाजिक कल्याणलाई बढावा दिने व्यावहारिक दृष्टिकोण र मानव अधिकार पनि हुने । ९प्रकरण नं।११० गोलघरमा राख्‍नुको अर्थ एकान्त कारावास ९कयष्तिबचथ अयलाष्लझभलत० मा राख्‍नु भई यो दण्डको एक कठोर स्वरूप हुने । कारागारको सुरक्षा कायम गर्न र कैदीको व्यवहार व्यवस्थापन गर्ने उद्देश्यले कैदीलाई एकान्त कारावासमा राख्‍ने कारागार नियमावली, २०२० को नियम ५ मा उल्लेख भएको प्रावधान ऐ। नियममा उल्लिखित अवस्थाको थुनुवा वा कैदीका लागि मात्र गरिएको व्यवस्था हुने । एकान्त कारावासलाई सामान्य अवस्थामा निषेध नै गरिएकोले एकान्त कारावास आफैँमा सजायको स्वरूप रही यसलाई कानूनले तोकेको अवस्थामा मात्र प्रयोग गरिनुपर्ने । कारागारको अत्यधिक चाप देखाई कैदी बन्दीलाई गोलघरमा राख्‍ने आधार बन्न नसक्ने हुँदा यस्तो कार्य कानूनसङ्गत नहुने । ९प्रकरण नं।१२० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री लोकभक्त राणा एवं श्री रामबन्धु शर्मा तथा विद्वान् अधिवक्ताहरू श्री शकुन्तला थापा एवं श्री निहिता विश्वास प्रत्यर्थी र वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली अवलम्बित नजिर स् ने।का।प। २०७७, अङ्क ५, नि।नं १०५०९ ने।का।प। २०६३, अङ्क ३, नि।नं ८६३१, ने।का।प। २०७५ अङ्क १, नि।नं ९९४१ ने।का।प। २०७५, अङ्क ४, नि। नं ९९९८ ने।का।प। २०७५, अङ्क ८, नि।नं १००८० सम्बद्ध कानून स् नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ आदेश न्या।सपना प्रधान मल्ल स् नेपालको संविधानको धारा ४६ र १३३९२० बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यसप्रकार छः( रिट निवेदन बेहोरा म निवेदक भक्तपुर जिल्ला अदालतबाट मिति २०७४।१२।०८ मा जारी भएको कैदपुर्जीबमोजिम कारागार कार्यालय, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेको छु । सो कैदी पुर्जीअनुसार म निवेदकको कैद मिति २०८०।०६।०१ मा भुक्तान हुने छ । म निवेदकको जन्म ६ अप्रिल १९४४ मा भएको हुँदा उक्त जन्म मितिअनुसार हाल म ७८ वर्षको भएँ र मुटुसम्बन्धी रोग ९ऋजचयलष्अ ज्भबचत म्ष्कभबकभ० बाट ग्रस्त भई आएको छु । प्रचलित कारागार नियमावली, २०२० को नियम ९२९९९२क० मा ६५ वर्ष पूरा भएका कैदीलाई ७५५ सम्म कैद छोट्याई कैद मुक्त ग