निर्णय नं. ११४६० - निर्णय पर्चा बदर गरी फैसलाबमोजिम जग्गा दर्ता गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४६० - निर्णय पर्चा बदर गरी फैसलाबमोजिम जग्गा दर्ता गरिपाऊँ भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/१०/०८ २३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८०।१०।०८ ०७२-CI-०८८९ मुद्दाः- निर्णय पर्चा बदर गरी फैसलाबमोजिम जग्गा दर्ता गरिपाऊँ । पुनरावेदक / प्रतिवादी : गण्डकी अञ्चल, स्याङ्जा जिल्ला साबिक सातुपसल गा.वि.स. वडा नं. ९ को हाल परिवर्तित पुतली बजार नगरपालिका वडा नं. ११ स्थित दियालो प्राथमिक विद्यालय विरूद्ध विपक्षी / वादी : गण्डकी अञ्चल, स्याङ्जा जिल्ला साबिक सातुपसल गा.वि.स. वडा नं. ९ को हाल परिवर्तित पुतली बजार नगरपालिका वडा नं. ११ बस्ने ठानबहादुर के.सी. अदालतबाट कुनै विवादका विषयमा प्रमाणको मूल्याङ्कन गरी निर्णय गरी अन्तिम भई बसेको अवस्थामा सोही विषय पुनः उठान गरी विवाद उठाइएमा सो अन्तिम भई बसेको तथ्यलाई हेरी सो प्रतिकूल नहुने गरी आदेश वा निर्णय गर्नुपर्ने । एउटै विषय पटक-पटक निर्णय वा आदेशको विषय बनिरहँदा फैसला अन्तिमताको सिद्धान्त प्रतिकूल हुन जाने । यस्तो अवस्थालाई अदालतले स्वीकार गर्न नसक्ने । (प्रकरण नं.४) जग्गा सम्बन्धमा दुई पक्षको कुरा सुनी अधिकार प्राप्‍त निकायबाट भएको निर्णयको परीक्षण अदालतबाट भई फैसला अन्तिम भइसकेको अवस्थामा पुनः सोही विषयमा उजुर गरी निर्णय गर्नु कानूनसम्मत नहुने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री ताराप्रसाद लामिछाने विपक्षी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री आर्या श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा निर्णय गर्नेः प्रमुख मालपोत अधिकृत श्री शालिक राम आचार्य मालपोत कार्यालय स्याङ्‌जा पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री जग्गनाथ महतो “सिंह” तत्कालीन पुनरावेदन अदालत पोखरा फैसला न्या.कुमार रेग्मी : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड स्याङ्जा जिल्ला अदालतको मिति २०४५।०२।१७ को फैसलाबमोजिम सातुपसल गा.वि.स. वडा नं. ९ का कि.नं. ११२२, ११२३ र ११४० का जग्गा छुट जग्गा दर्ता गरिपाउँ भन्‍ने स्याङ्जा जिल्ला, सातुपसल गा.वि.स. वडा नं. ९ को हाल पुतलीबजार नगरपालिका वडा नं.११ स्थित श्री दियालो प्राथमिक विद्यालयको मिति २०५६।०५।०१ को द.नं. ३१३ को सुरू निवेदन । यसमा मिसिल संलग्न स्याङ्जा जिल्ला अदालतको मिति २०४५।०२।१७ को फैसला, सर्भे नापीका बखत तयार पारिएको फिल्डबुक, विद्यालयको च.नं. ४१ मिति २०५६।०५।०१ को पत्र संलग्न प्रमाण कागजातका आधारमा स्थलगत सर्जमिन मुचुल्का गरी ल्याउने मिति २०५६।०६।०३ को आदेशानुसार मुचुल्का गर्न जाँदा सर्जमिन हुन नसकेको भन्‍ने खरिदार जिवाखर अर्यालले मिति २०५६।०६।१० मा दिएको प्रतिवेदनबाट फैसलाबाट कुनतर्फबाट के कति क्षेत्रफल कसले पाउने यकिन गर्ने प्राविधिक नहुँदा सर्जमिन हुन नसकेको भन्‍ने बेहोरा, मिति २०५६।०६।११ मा स्याङ्जा जिल्ला अदालतमा पत्राचार गरी ६ नं. नापी गोश्वाराको नक्सा ट्रेसअनुसार कित्ता छुट्‌याई दर्ता गरिपाउँ भन्‍ने ठानबहादुर के.सी.को निवेदन माग भई प्रमाण पेस गर्न आदेश हुँदा प्रमाण पेस नगरेकाले मिति २०६४।०२।२४ को आदेशानुसार मिसिल तामेली राख्ने सुरू मालपोत कार्यालय स्याङ्जाको निर्णय । मिति २०६६