निर्णय नं. ११४६२ - क्षतिपूर्ति
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४६२ - क्षतिपूर्ति भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/१०/२५ ३६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०७९।१०।२५ ०७८–ऋक्ष्–०७०३ विषयः क्षतिपूर्ति पुनरावेदक / वादी : रसुवा जिल्ला साबिक लहरेपौवा गाउँ विकास समिति वडा नं. ४ भई हाल उत्तरगया गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं.४ हर्षचोक नयाँ ठिमी बस्ने ध्रुवकुमार विश्वकर्मा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कान्ति बाल अस्पताल महाराजगन्ज, काठमाडौं प्रत्येक नाबालकलाई गुणस्तरीय चिकित्सा सेवा पाउनुपर्ने स्वास्थ्यसम्बन्धी हक मात्र नभई यो हक संविधानको धारा १६ (१) ले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा ३९ ले प्रदान गरेको बालबालिकाको हकअन्तर्गत शिक्षा स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हकसँग पनि अन्तर्निहित रहेको हुँदा उपभोक्ता संरक्षण ऐन, २०५४अन्तर्गत तथा त्यसपछि भएका संवैधानिक तथा कानूनी विकासअन्तर्गत बालबालिकालाई गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्नु चिकित्सकको प्रत्यक्ष दायित्वअन्तर्गत पर्दछ भने त्यस्तो सेवा प्रदान गर्ने अस्पताल, संस्था वा केन्द्रको पनि अप्रत्यक्ष दायित्व रहने । (प्रकरण नं.१४) अस्पतालको लापरवाहीका कारण गलत औषधीको अधिक मात्रा (यखभचमयकभ) प्रयोग गरी आठ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिकलगायतका असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व (खष्अबचष्यगक ष्बिदष्ष्तिथ) सिर्जना हुने । हानि नोक्सानीको आधारमा पीडितलाई क्षतिपूर्तिबापतको रकम उपभोक्ता वा निजको हकवालालाई दिलाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २४ ले गरेको अवस्थामा पीडितलाई हानि नोक्सानी हुन गएकोमा त्यस्तो हानि नोक्सानीको उचित क्षतिपूर्ति (वगकत यच बमभत्रगबतभ अयmउभलकबतष्यल) यकिन गरी क्षतिपूर्ति निर्धारण गरी हकवालालाई भराई दिनुपर्ने । (प्रकरण नं.२६) चिकित्सकीय लापरवाहीको प्रत्येक घटनापिच्छे लापरवाहीको अवस्था र पीडितलाई पुग्न गएको क्षतिबिचको समानुपातिकता हेरी निर्णय लिनुपर्ने भएकाले उचित क्षतिपूर्ति निर्धारण गर्दा पीडित र निजको परिवारले बेहोर्नुपरेको वा भविष्यमा बेहोर्नुपर्ने उपचारमा लाग्ने चिकित्सा खर्च, औषधोपचारको खर्च, पीडितको आर्थिक अवस्था र क्षति, पीडित र निजको परिवारलाई पर्न गएको शारीरिक, मानसिक, भावनात्मक तथा जीवनको क्षति, जीविकोपार्जनको न्यूनतम खर्च, पीडितले बेहोर्नु परेको कानून व्यवसायीको खर्च, उपचार हुन नसक्ने अवस्थाले सिर्जना गरेको क्षति, पीडितको उमेर र निजलाई हेरचार गर्नुपर्ने पारिवारिक दायित्व र सेवा प्रदायक अस्पतालको आर्थिक तथा व्यावसायिक स्थितिलाई समेत हेर्नुपर्ने । (प्रकरण नं.३६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ध्रुव कोइराला र श्री शशी बस्नेत प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भुवन दहाल अवलम्बित नजिर : ने.का.प.२०७४, अङ्क ५, नि.नं. ९८१४ ने.का.प.२०६६, अङ्क ११, नि.नं.८२६२ ने.का.प.२०७७, अङ्क १२, नि.नं.१०६२१ ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००६१ ने.का.प.२०७७, अङ्क १२, नि.नं.१०६२१ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी अपराध संहिता, २०७४ उपभोक्ता संरक्षण ऐन, २०७५ अपराध पीडित संरक्षण ऐन, २०७५ उ