निर्णय नं. ११४६६ - निर्णय बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४६६ - निर्णय बदर हक कायम भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८१/०३/०६ २४६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।३।६ ०८०-DF-००२६ मुद्दा: निर्णय बदर हक कायम पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, सैंबु गा.वि.स. वडा नं.६ बस्ने कृष्णदेवी बडेनी शाक्य विरूद्ध प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, सैंबु गा.वि.स. वडा नं.६ बस्ने आशाकाजी शाक्य कुनै जग्गा कसैको नाउँमा दर्ता नामसारी हुनका लागि स्पष्ट कानूनी आधार हुनु अनिवार्य हुने । कानूनमा स्पष्ट व्यवस्था गरेको छ भने सोही आधारमा गरिएको काम कारबाहीले वैधता र मान्यता प्राप्त गर्न सक्ने कुरामा विवाद नहुने । तर कानूनी आधार बिना गरिएको काम कारबाही स्वेच्छाचारी र कानून प्रतिकूल भई बदरभागी हुने । (प्रकरण नं.४) यदि हकको आधार नै अवैध हो भने त्यसको आधारमा गरिएका सबै कार्यहरू पनि दूषित ठहरिने (no title can arise from a defective root of title) । यस्तो दूषित क्रियाबाट गराएको नामसारीबाट प्रतिवादीको हक कायम रहन र वादीको हक समाप्त हुन नसक्ने । छलकपटले सबै प्रक्रिया दूषित बनाउने (Fraud vitiates everything) । रैकर परिणत दूषित तवरले अधिकारविहीन व्यक्तिको नाममा गरिएको छ भने सो निर्णय स्वतः बदरयोग्य हुने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नरेन्द्र भट्ट प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री गोपालकृष्ण गजुरेल र श्री रमेशराज शर्मा सिग्देल अवलम्बित नजिर : ने.का.प. २०६६, अङ्क ३, नि.नं. ८१०५ सम्बद्ध कानून : बिर्ता उन्मूलन ऐन, २०१६ भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहको फैसला गर्ने अदालतः- माननीय न्यायाधीश श्री ऋषिकेश वाग्ले ललितपुर जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने अदालतः- माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र पुनरावेदन अदालत पाटन यस अदालतको फैसला गर्ने अदालतः- माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला न्या.डा.मनोजकुमार शर्मा : पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०८।२४ मा भएको फैसलाउपर वादीको पुनरावेदन परी प्रस्तुत मुद्दा निर्णयार्थ मिति २०८०।०३।२७ मा यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरू श्री कुमार रेग्मी र श्री नहकुल सुवेदीबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) को देहाय (क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्‍त तथ्य र ठहर निम्नबमोजिम रहेको छः- मुद्दाको सङ्क्षिप्त तथ्य ललितपुर जिल्ला सैंबु भैंसेपाटी गा.वि.स. वडा नं.६ख कि.नं.२८ को क्षे.फ.०-१०-२-० जग्गा र सोमा बनेको घरसमेतमा मोहीको महलमा मेरा बाबु जितानन्द र जग्गाधनीको महलमा विरेन्द्र भोटाहिटी जनिएको थियो । बाबु तथा आमाको मृत्युपछि उक्त जग्गा निजहरूको एक मात्र हकदार छोरा म फिरादीले निरन्तर खनजोत गरी कमाई आएको र भूमि सुधार कार्यालय ललितपुरबाट मिति २०६६।०३।१५ मा भएको निर्णयको आधारमा उक्त जग्गाको मोही नामसारी मसमेत फिरादीको नाउँमा मोहियानी हकको प्रमाणपत्रसमेत प्राप्त गरिसकेको अवस्थामा उक्त घरजग्गा विपक्षीको नाउँमा रैकर परिणत नामसारी दर्ता हुने गरी भएको मालपोत कार्यालय ललितपुरबाट मिति २०५८।०३।२६ मा भएको निर्णय र म निवे