निर्णय नं. ११४६७ - घुस रिसवत लिई भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४६७ - घुस रिसवत लिई भ्रष्टाचार गरेको भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८१/१२/०७ ३०० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा.श्री कुमार चुडाल माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री नृपध्वज निरौला आदेश मिति : २०८१।१२।०७ ०७८-NF-००१५ मुद्दाः घुस रिसवत लिई भ्रष्टाचार गरेको पुनरावेदक / प्रतिवादी : मोरङ जिल्ला, हात्तीमुडा गा.वि.स. वडा नं. ३ हाल परिवर्तित बुढीगंगा गाउँपालिका वडा नं. ५ घर भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. १६ लोकन्थली बस्ने मालपोत कार्यालय कलंकीमा खरिदार पदमा कार्यरत देवराज के.सी. विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत गोरखबहादुर शाहीसमेतको प्रतिवेदनले नेपाल सरकार भ्रष्टाचार जस्तो गम्भीर प्रकृतिको कसुरमा ठहर गर्दा वस्तुनिष्ठ प्रमाणहरूको आधारमा गर्नुपर्ने । शंकाको गुन्जाइस रहेको प्रमाणलाई वस्तुनिष्ठ प्रमाण मान्‍न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रा.डा.श्री रजितभक्त प्रधानाङ्ग एवम् विद्वान् अधिवक्ताद्वय श्री सन्तोष नेपाल र श्री सुभाष कुमार द्विवेदी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने: अध्यक्ष मा. न्यायाधीश श्री बाबुराम रेग्मी सदस्य मा. न्यायाधीश श्री रत्‍नबहादुर बागचन्द सदस्य मा. न्यायाधीश श्री नारायणप्रसाद पोखरेल विशेष अदालत काठमाडौं यस अदालतमा फैसला गर्ने: माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल मुद्दा पुनरावलोकनको अनुमति प्रदान गर्ने: माननीय न्यायाधीश श्री इश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला न्या.शारङ्गा सुवेदी : यस अदालतको संयुक्त इजलासबाट मिति २०७६।०४।२१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम पुनरावलोकन गरी हेरिपाउँ भन्‍ने निवेदनमा मिति २०७८।०९।२२ मा मुद्दा पुनरावलोकन हुने अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्य खण्ड मेरो नाममा दर्ता कायम रहेको जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. २५ कि.नं. ४५ र ५८ को जग्गा बिक्री गर्न भनी दुवै पक्ष सहमत भई मालपोत कार्यालय, कलंकी नजिक रहेको ॐ सदाशिव लेखापढी कार्यालयमा दुवै पक्ष गई लिखत तयार गर्न लगाई सो काम मालपोत कार्यालयका के कुन कर्मचारीले सहयोग गरिदेला भनी सोधपुछ गर्दा कर्ण भन्‍ने व्यक्तिले मालपोत कार्यालय कलंकीका खरिदार देवराज के.सी.ले त्यस्ता काम गरिदिन सक्छन् तर पैसा लिएर मात्र काम गरिदिन्छ भन्‍ने सुनेको छु भनेकोले सो काम गराइदिन अनुरोध गर्दा निज देवराज के सी.ले. रू.१.००,०००।- (एक लाख) रकम माग गरेको र सो रकम नदिए काम नहुने भनी निज कर्ण भन्‍ने व्यक्तिबाट जानकारी पाएकोले घुस/रिसवत माग गर्ने कर्मचारीलाई कारबाही गर्न रू.१,००,०००(एक लाख) उपलब्ध गराई घुस/रिसवत लिएको अवस्थामा फेला परेमा दशी प्रमाणसहित पक्राउ गरी कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको अष्टमाया महर्जनको उजुरी निवेदन । मिति २०७३।०१।०८ गतेको भरपाईको तपसिल खण्डमा उल्लिखित नम्बर भएका रू.१,०००।- (एक हजार) दरका नोट थान- १००।- (एक सय) ले हुन