निर्णय नं. ११४७० - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४७० - उत्प्रेषणयुक्त परमादेश भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/११/२९ ३१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७९।११।२९ ०७२-WO-०४७९ विषय: उत्प्रेषणयुक्त परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३१ कमलादीमा प्रधान कार्यालय भएको मारूती टेक्सटाइल मिल्स प्रा.लि.को तर्फबाट तथा आफ्नो हकमा समेत ऐ. कम्पनीको सञ्चालक ऐ.ऐ. बस्ने अनिल कुमार अग्रवालसमेत विरूद्ध विपक्षी : ऋण असुली पुनरावेदन न्यायाधिकरण, अनामनगर काठमाडौंसमेत कुनै व्यक्ति, फर्म वा कम्पनीको सम्पत्ति लिलाम/सकार गर्दा धितो मूल्याङ्कन गर्नुपर्ने प्रक्रिया केबल कानूनी औपचारिकता मात्र नभई बैंकिङ प्रणालीको एक स्वीकार्य मान्यता र प्रचलित अभ्यास पनि हुने । यस सम्बन्धमा प्रचलित कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागिसमेत धितोमा रहेको जेथा लिलामअघि मूल्याङ्कन गर्नुपर्ने । व्यक्तिको सम्पत्तिको हकको प्रश्न सन्निहित प्रक्रियामा न्यायोचित अभ्यास वाञ्छित मानिने । धितो राखिएको सम्पत्तिबाट कर्जा असुली गर्नुपर्ने भएमा त्यस्तो सम्पत्तिको मान्यताप्राप्त व्यक्ति वा फर्मबाट प्राविधिक मूल्याङ्कन गर्ने गराउने वा स्थानीय जनप्रतिनिधि वा स्थानीय प्रशासनको प्रतिनिधि, मालपोत कार्यालयको प्रतिनिधिलगायत स्थानीय व्यक्तिहरूबाट पञ्चकिर्ते मूल्याङ्कन गर्ने वा समान अवस्थाका साँध सिमानाका जग्गाको मूल्य वा रजिस्ट्रेसन प्रयोजनका लागि मालपोत कार्यालयले गरेको मूल्याङ्कन आदिलाई सन्दर्भका रूपमा लिनु उपयुक्त देखिन्छ । यस बाहेक, सुरूमा धितो स्वीकार गर्दा गरिएको जेथाको मूल्याङ्कनलाई पनि जेथा सकार गर्ने प्रयोजनका लागि आधार लिन सकिने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजीव सिन्हा र श्री संतोष कुमार महतो विपक्षी बैंकका तर्फबाट उपस्थित विद्धान् वरिष्ठ अधिवक्ता श्री रमेश बडाल र अधिवक्ता श्री शिवराम श्रेष्ठ विपक्षीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प २०७३, नि.नं. ९६४६, अङ्क ८ सम्बद्ध कानून : वाणिज्य बैंङ्क ऐन, २०३१ आदेश न्या.नहकुल सुवेदी : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ: रिट निवेदनको संक्षिप्त तथ्य ऋणी कम्पनी मारूती टेक्सटाइल मिल्स प्रा.लि.ले उपभोग गर्ने कर्जाको लागि किशनलाल अग्रवालको नाउँमा दर्ता रहेको घर जग्गा धितोमा दिई किशनलाल अग्रवाल, अनिलकुमार अग्रवाल, संजयकुमार अग्रवाल र अरूण कुमार अग्रवालले ३ करोडमा नबढ्ने गरी संयुक्त रूपमा व्यक्तिगत जमानी दिई टर्मलोन कर्जा शीर्षकअन्तर्गत २०५५।११।२१ मा रू. २,०२,०७,०००।– र डिमान्ड लोन कर्जा शीर्षकबाट २०५५।११।२१ मा नै रू.२५,००,०००।– कर्जा लिएको, कर्जाको रकम चुक्ता नगरेको अवस्थामा कर्जाको धितोमा रहेको सम्पत्ति लिलामका लागि सार्वजनिक सूचना प्रकाशित गर्दासमेत लिलाम बिक्री नभएको अवस्थामा बैंकले मिति २०५८।१।२३ मा उक्त धितोको जग्गा र मेसिनरी उपकरणहरू सकार गरी उक्त सम्पत्ति मिति २०५९।०३।२८ को सम्झौताअनुसार मेसिनरीबाट प्राप्त भएको रू. १ करोड ३५ लाख र जग्गा बिक्रीबाट प्राप्त भएको रू. ४० लाखसमेत गरी जम्मा १ करोड ७५ लाख कर्जामा समायोजन गरेपछि दुवै कर्जातर्फबाट जम्मा साँवा रू.५२ लाख ७ हजार असुल गरिपाउँ भन्नेसमेतको दाबी लिई विपक्षी बैंकले सुरू ऋण असुली