निर्णय नं. ४३६३ - आफूलाई गैरकानुनी फाइदा र नेपाल खाद्य संस्थानलाई गैरकानुनी हानी पुर्या ई भ्रष्टाचार गरे भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३६३ - आफूलाई गैरकानुनी फाइदा र नेपाल खाद्य संस्थानलाई गैरकानुनी हानी पुर्या ई भ्रष्टाचार गरे भन्ने भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/२९ २८७८ निर्णय नं. ४३६३ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको फौ.पु.नं. २८३ फैसला भएको मिति: २०४८।९।२९।२ मा पुनरावेदक/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग विरुद्ध विपक्षी/प्रतिवादी : रामेछाप जिल्ला ठाक्से गा.वि.स. वडा नं. ५ सिकेटार बस्ने हुकुमबहादुर लामासमेत मुद्दा : आफूलाई गैरकानुनी फाइदा र नेपाल खाद्य संस्थानलाई गैरकानुनी हानी पुर्याई भ्रष्टाचार गरे भन्ने (१) सहअभियुक्तले प्रहरीमा गरेको पोल र निजको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको स्थितिमा कोर्ट फी त्यतिकै प्रमाणको भरमा आरोपित कसूर गरेको ठहराई निजलाई सजायँ गर्नु न्यायोचित नहुने र शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १३) पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ (साविक पेज नं. ५१९) आदेश न्या.हरगोविन्द सिंह प्रधान १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. नेपाल खाद्य संस्थानका अस्थायी डिलर श्री मुनिल सिंहको प्रतिनिधि श्री हुकुमबहादुर लामाले ने.खा.सं. थापाथली गोदाम नं. ५ बाट बि.नं. १८३३ को बिल अनुसार १९२ जार भटमासको तेलको बिल काटी गोदामबाट लिएर जान लागेकोमा शंका लागी मिनीबस चेक गर्दा बिल बमोजिम भन्दा बढी ४८ जार तेल भेटिएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ३. म बानेश्वर बस्ने ने.खा.सं.का डिलर मुनिल सिंहको घरमा नोकरी गरी बसेको थिएँ । गेटपास कर्मचारी मनोहर राउतसंग भेट भई एकसय रुपैयाँ दिनु हवस् तेल लाने कुरा म मिलाउने छु । १९२ थान तेल राखेको बट्टामा १ जार बढी राखी मिलाई दिने छु भनी ४८ थान कागजको बट्टामा मिलाई मिनी बसमा राखी बाहिर लाने प्रयास गर्दा मलाई पक्राउ गरिएको हो भन्ने समेत व्यहोराको हुकुमबहादुर लामाले विशेष प्रहरी विभागमा गरेको बयान कागज । ४. म ने.खा.सं. अञ्चल कार्यालय सदर धान गोदाम थापाथलीमा गेटपास बनाउने दोश्रो तहको ज्वालादारी कर्मचारी हुँ । मैले गेट पास बनाई दिएँ । हुकुमबहादुरले मेरो बगलीमा रु. १००।– हाली दिए म चुप लागें भन्ने समेत व्यहोराको मनोहर राउतले गरेको बयान कागज । ५. मनोहर राउतले हुकुमबहादुरसंग सांठगांठ गरी भ्रष्टाचार ऐन, ०१७ को परिच्छेद ३ अन्तर्गतको कसूर गरेकोले हुकुमबहादुर लामालाई ऐ.ऐनको दफा ५ र ८ अन्तर्गत, मनोहर राउतलाई ऐ.ऐनको दफा ७(२) बमोजिमको हदैसम्म सजायँ हुन र मिति २०४०।९।८ मा बढी लगेको तेल १ जारको बिगो रु. ५०।२५ हुकुमबहादुर लामाबाट असूल उपर गरी ने.खा.सं. के.का. काठमाडौंलाई भराई तेलको मूल्य रु. २४१२।– जरिवाना गरी पाउन माग दावी लिएको विशेष प्रहरी विभागको आरोपपत्र । ६. ने.खा.सं. को गेटपास बनाउने काम म र हेम मिली गरी आएका छौं । बरामदी माथि भन्नु केही छैन भन्ने समेत व्यहोराको प्र.मनोहर राउतको अदालत समक्ष गरेको बयान । ६. मिनी बसमा गोदामका कर्मचारी र कुल्लीहरुले तेल राखेको बिल अनुसार नै राखेको होलान भनी मैले भनी ठानेको थिएँ । गोदाम भित्रै मनोहर राउतले तेल बढी राखेको छ । तिम्रो पसलमा म आई हिसाब मिलाउला भने, मैले लैजान्न भन्दा मनोहर राउतले बसमा तेल राखी सकियो । अब झिक्दा मेरो जागिर जान्छ म झिक्दि