निर्णय नं. ११४७४ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४७४ - जबरजस्ती करणी भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८१/०३/२६ ३४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल फैसला मिति : २०८१।०३।२६ मुद्दाः- जबरजस्ती करणी ०७५-CR-१०८२ पुनरावेदक / प्रतिवादी : भाइचा पोडेका छोरा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१७ ढल्को घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल थुनामा रहेका निर्मल पोडे विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित लैनचौर (प) को जाहेरीले नेपाल सरकार ०७५-CR-१५५१ पुनरावेदक / वादी : परिवर्तित लैनचौर (प) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भाइचा पोडेका छोरा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१७ ढल्को घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल थुनामा रहेका निर्मल पोडे कुनै आपराधिक कार्य गर्नको लागि आपराधिक मनसायबमोजिमको तयारी पूरा गरिसकेपछि त्यस्तो आपराधिक कार्य गर्न चाहने व्यक्तिले आफूले चाहेको निषेधित परिणाम प्राप्‍त गर्नको लागि गरेको कुनै पनि भौतिक कार्य वा आपराधिक कार्यले अपेक्षित परिणाम ल्याउन नसकेको अवस्थामा कुनै कसुरको उद्योगको कसुर कायम हुने । कसुरको उद्योग स्थापित हुनका लागि अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूपले पूर्ण अपराधको नजिक पुगेको (dangerous proximity to the end) हुनुपर्ने । जबरजस्ती करणी गर्ने मनसायसाथ तयारीका चरण पार गरी करणी गर्नका लागि पीडितलाई समात्‍ने, लडाउने वा पीडितका भित्री कपडा खोल्ने र पुरूष लिंग महिला योनिमा छुवाउने प्रयास गर्नेसम्मको कार्य भएको तर कुनै कारणले त्यस्तो कार्य सम्पन्न हुन नसकेमा जबरजस्ती करणीको उद्योगको कसुर हुने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान्‌ उपन्याधिवक्ता श्री प्रकाश घिमिरे प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री दलबहादुर के.सी. काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल माननीय न्यायाधीश श्री शान्ति सिंह थापा उच्च अदालत पाटन फैसला न्या.महेश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार रहेको छ :- तथ्य खण्ड मिति २०७४।०२।०७ गते बिहान अ. ०६:३० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १७ ढल्कोस्थित गणेशमान पुजारीको घरको भुइँ तल्लाको कोठामा पसल गरी बस्ने काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१७ ढल्को घर भएका भाइचा पोडेको छोरा वर्ष ६४ को निर्मल पोडेले जाहेरवाली नाम परिवर्तित लैनचौर (प) को छोरी वर्ष ९ की नाम परिवर्तित लैनचौर (फ) लाई ललाइ फकाइ पैसा दिई खाजा लिन पठाई आफ्नो पसलसँगै रहेको गोदाम रहेको कोठामा लगी पटकपटक आफ्नो लिङ्ग खेलाउन लगाउने, निजको योनि सुमसुमाउने, लिङ्ग योनिमा घुसाई पीडित बालिका वर्ष ९ की नाम परिवर्तित लैनचौर (फ) लाई निज प्रतिवादी निर्मल पोडेले जबरजस्ती करणी गरेको हो भनी देखाइएको चार किल्लासहितको घटनास्थल मुचुल्का । काठमाडौं महानगरपालिका वडा नं १७ ढल्कोस्थित प्रतिवादी निर्मल पोडेले सञ्चालन गर्दै आएको किराना पसलमा मेरो छोरी वर्ष ९ की नाम परिवर्तित लैनचौर (फ) एक वर्ष पहिलदेखि सामानहरू किनमेल गर्न जाने गर्थिन्, सोही सिलसिलामा निज प्रतिवादीले मेरो नाबालिका छोरीलाई