निर्णय नं. ११४७६ - मोही नामसारी गरी प्रमाणपत्र पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४७६ - मोही नामसारी गरी प्रमाणपत्र पाऊँ भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८०/११/२९ २०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री विनोद शर्मा फैसला मिति : २०८०।११।२९ ०७४-CI-०७११ मुद्दा: मोही नामसारी गरी प्रमाणपत्र पाऊँ । पुनरावेदक / प्रतिवादी : गलिराम दाशकी छोरी, कृत्यानन्द चौधरीको पत्नी जिल्ला मोरङ मोतिपुर गा.वि.स. वार्ड नं. ९ हाल परिवर्तित ऐ. ग्रामथान गाउँपालिका वार्ड नं.४ बस्ने स्व.ठकनी भन्ने थकनी थरूनी भन्ने थकनी थरूनीको मु.स गर्ने कृत्यानन्द चौधरीको छोरा ऐ. ऐ. बस्ने वर्ष २९ को प्रभुनारायण चौधरी विरूद्ध प्रत्यर्थी / वादी : वेदलु माझीको छोरा जिल्ला मोरङ सिध्राहा गा.वि.स. वार्ड नं.२ हाल परिवर्तित ऐ. ग्रामथान गाउँपालिका वार्ड नं.३ बस्ने अं. वर्ष ४५ को बाबुराम माझी थारू मोहीको हदभन्दा बढी जग्गा स्पष्ट देखिई नेपाल सरकारको स्वतः अधिकार स्थापित भएको जग्गामा सो जग्गा जफतको प्रक्रिया नथालिएको भन्ने अधार लिएकोमा तत्कालीन पुनरावेदन अदालत, विराटनगरले सोतर्फ केही नबोली वादीको मोही हक कायम गर्ने गराउनेतर्फ मात्र बोलेकोले जफत भई नेपाल सरकारको नाममा प्राप्त हुने जग्गालाई अनदेखा गर्न नसकिने । सार्वजनिक सम्पत्तिको समुचित संरक्षण गर्न अदालत स्वयम्को भूमिका सम्बन्धमा सर्वोच्च अदालतका फैसला, आदेश एवम् न्यायिक व्याख्यासमेत भएकोले नेपाल सरकारले स्वतः प्राप्त वा जफत भई प्राप्त गर्ने जग्गा जमिन सम्पत्तिमा अदालत स्वयम्ले suo motto कर्तव्य निर्वाह गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने अवलम्बित नजिर : ने.का.प. २०६७, अङ्क २, नि.नं. ८३०८ ने.का.प. २०७७, अङ्क ३, नि.नं.१०४५५ सम्बद्ध कानून : भूमि सुधार ऐन, २०२१ भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहको निर्णय गर्ने : डा. श्री बच्चुराम कार्की भूमि सुधार कार्यालय, मोरङ पुनरावेदन तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल माननीय न्यायाधीश श्री रामचन्द्र यादव पुनरावेदन अदालत, विराटनगर फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) (क) (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा दोहोर्याई हेर्ने अनुमति प्रदान भई भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः मुद्दाको संक्षिप्त तथ्य जग्गाधनी ठकनी भन्ने थकनी थारूनीको नाममा दर्ता रहेको जिल्ला मोरङ मोतिपुर गा.वि.स. वडा नं.९ साबिक कि.नं.१३ को ज.वि. २-१४-१३ हालको कि.नं. ६३ को ०६७३८.३४ वर्ग मिटर जग्गाको दर्तावाला मोही मेरा पिता बेदलु माझी थारूको मिति २०६२।०१।१५ मा र निज मोहीको पत्नी म वादीको आमाको मिति २०४७।११।२२ मा मृत्यु भएको हुँदा उक्त कित्ता जग्गा म छोराले जग्गा कमोद गरी बालीसमेत बुझाउँदै आएको हुँदा मेरो नाममा मोही नामसारी गरिपाउँ भन्ने बाबुराम माझी थारूको फिराद दाबी । दाबीको जग्गा विपक्षीले माहीको हैसियतले जोतकमोद गरी कुत बुझाई मोहीको दायित्व कहिल्यै पूरा नगरेको हुँदा मैले मोहीमा पत्याएको छैन । दाबीको उक्त जग्गा प्रतिवादीका दाजु रामसिंह चौधरीले जोतआवाद गरी कुत बुझाई मैले मोही पत्याएको हुँदा वादीको दाबीबाट फुर्सत गरिपाउँ भन्ने प्रतिवादी ठकनी भन्ने थकनी थरूनीको प्रतिउत्तर जिकिर । दाबीको जग्गाको मोही यी वादीका बाबु बेदलु थारूको मृत