निर्णय नं. ११४८१ - धर्मलोप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४८१ - धर्मलोप भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०८१/०२/०३ २०१ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।०२।०३ ०७६-DF-००१० मुद्दा :- धर्मलोप पुनरावेदक / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १८ न्याछ्योँ गल्ली बलाटोल गाबहालस्थित कार्यालय रहेको न्याछ्योँ प्रतिष्ठानका अधिकारप्राप्त व्यक्ति प्रतिष्ठानको सचिव भरतलाल न्याछ्यों विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १९ बस्ने पशुपतिमान न्याछ्योँको श्रीमती लक्ष्मी न्याछयोँ नेपालमा धार्मिक, सामाजिक तथा परोपकारी कार्यका लागि परापूर्वकालदेखि नै जग्गा जमिनहरू गुठीमा राख्ने परम्परा रहेको पाइने । गुठीमा जग्गा जमिन राखी सोको आयस्ताले धार्मिक, सामाजिक कार्यहरू अनवरतरूपमा चिरकालसम्म सञ्चालन भई रहोस् भन्ने इच्छा, चाहना सो जग्गा सम्पत्ति गुठी राख्ने पुर्खाको रहेको हुने । सोहीअनुरूप धार्मिक कीर्ति विधिवत् रूपले चलाइराख्नुपर्ने हक दायित्व गुठी राख्नेको वा निजका सन्तान गुठियारको हुने । पुर्खाले निश्चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्याउने जस्ता काम गर्न छुट नपाउने । धर्म संस्कृतिको रक्षा तथा सेवा नै यस्ता गुठीको उद्देश्य हुँदा विगतमा जोसुकैले पनि आफ्नो सम्पत्ति समर्पण गरी आफ्नो हक दाबी छाडी राखेको गुठीका पछिल्ला पुस्ता गुठियारहरू गुठी स्थापनाको सर्त र उद्देश्यविपरीत गुठियारहरूले स्वतन्त्र र स्वच्छन्द प्रकृतिबाट गुठीका जग्गाहरूलाई आफूखुस गर्न नसक्ने । गुठीको उद्देश्यअनुरूप कार्य नभएको वा सञ्चालन नभई धर्मलोप हुन गएको भन्ने गुठी राख्नेको सन्तानलाई लाग्न गएको अवस्थामा उजुर गर्ने हकदैया निजलाई रहने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री पुर्णमान शाक्य, श्री माधव बाँस्कोटा, श्री महेशकुमार नेपाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ताहरू श्री पुरूषोत्तम ढुङ्गाना, श्री राजु शाक्य, श्री जितेन्द्र बज्राचार्य र श्री सुरज अधिकारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री चन्द्रकान्त ज्ञवाली, श्री चण्डेश्वर श्रेष्ठ, श्री राघवलाल वैद्य तथा विद्वान् अधिवक्ताहरू श्री विमल ज्ञवाली, श्री रत्न अवाले, श्री विमला खनाल र श्री दिनेशप्रसाद शर्मा अवलम्बित नजिर : ने.का.प.२०४३, अङ्क ९, नि.नं.२८५६ ने.का.प.२०५२, अङ्क १, नि.नं.५०३७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ गुठी संस्थान ऐन, २०३३ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री भिमकुमार ओझा ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्यायाधीश श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्यायाधीश श्री रामचन्द्र यादव पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला न्या.अब्दुल अजीज मुसलमान : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर भई यस अदालत संयुक्त इजलासबाट मिति २०७६।०३।०१ मा भएको फैसलाअनुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्