निर्णय नं. ११४८२ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४८२ - अंश चलन भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०८२/०३/२६ ५७९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना माननीय न्यायाधीश श्री मेघराज पोखरेल माननीय न्यायाधीश श्री श्रीकान्त पौडेल फैसला मिति : २०८२।०३।२६ ०८०–ल्ँ–००२६ मुद्दाः – अंश चलन पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं, सुन्दरीजल गा.वि.स. वडा नं.३ हाल जोरपाटी गा.वि.स. वडा नं.३ परिवर्तित गोकर्णेश्‍वर न.पा. वडा नं.७ बस्‍ने प्रकाशबहादुर श्रेष्ठकी पत्‍नी बिमला श्रेष्ठ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काठमाडौं, सुन्दरीजल गा.वि.स. वडा नं.९ परिवर्तित गोकर्णेश्‍वर न.पा. वडा नं.१ बस्‍ने विष्णुलालको छोरा ईन्द्रबहादुर श्रेष्‍ठसमेत प्रत्यर्थी / वादी : जिल्ला काठमाडौं, सुन्दरीजल गा.वि.स. वडा नं.९ घर भई हाल ऐ.जोरपाटी गा.वि.स. वडा नं.३ परिवर्तित ऐ.गोकर्णेश्‍वर न.पा. वडा नं.६ बस्‍ने प्रकाशबहादुर श्रेष्ठ बकसपत्रदाता र बकस प्राप्‍त गर्ने बिचको सम्बन्ध र प्राप्‍त हुन आएको सम्पत्ति प्राप्‍त हुनुपर्ने कारणको सापेक्षतामा प्रयोजनपरक व्याख्या हुनु नै समन्यायिक र न्यायोचित हुने । बकसपत्रदाताको बकसपत्र प्राप्‍तकर्तासँगको विगतमा रहेको सम्बन्ध र बकसपत्र प्राप्‍त भएको परिवेश, अवस्था र कारणको विश्‍लेषण नगर्ने तथा बकसपत्रको लिखत खडा गरी सम्पत्ति आदान प्रदान हुँदैमा निजी आर्जन ठहर गर्दै जाने हो भने सगोलको सम्पत्तिको ठुलो मात्रा कुनै अंशियारतर्फ पर्न जाने र कुनै अंशियारले सगोलको सम्पत्तिबाट सानो हिस्सा प्राप्‍त गर्ने वा पूर्ण रूपले विमुख हुने अन्यायपूर्ण अवस्था सिर्जित हुन सक्‍ने हुँदा निजी आर्जनको निर्क्यौलको सन्दर्भमा बकसपत्रसम्बन्धी कानूनी व्यवस्थाको व्याख्या र प्रयोगमा अदालतले संवेदनशीलता र सजगता अपनाउन पर्ने । (प्रकरण नं.१०) आफूले प्राप्‍त गरेको सेवा, सहयोग वा संरक्षणबापत दाता खुशी वा प्रसन्‍न भई बकसपत्र गरिदिने प्रचलन रहेकोले यस्तो लिखत परिवारभित्रका नाता सम्बन्ध कायम रहेको व्यक्तिहरूका बिचमा लिने दिने गरेको देखिए तापनि परिवार बाहिरका व्यक्तिहरूका बिच पनि यस्तो लिखतका माध्यमबाट सम्पत्ति हस्तान्तरण नहुने भन्‍ने नहुने । तर बकसको शाब्दिक अर्थ नै इनाम, बक्सिस वा पुरस्कार भएकोले दातासँग बकस प्राप्‍तकर्ताको के कस्तो सम्बन्ध रहेको हो र के कुन समयमा के कस्तो कार्य गरेबाट दाता के कसरी प्रभावित वा प्रसन्‍न भई आर्थिक प्रतिफल नलिई सम्पत्ति बकस दिन तत्पर भएको हो, सो बेहोरा बकसपत्र कागजबाट देखिनुपर्ने । बकसपत्रको कैफियत महलमा लेखिने कैफियतको भाषा दाताको भाषा भएको र बकसपत्र प्राप्‍त गर्नेको दाताहरूसँग कुनै पारिवारिक नाता सम्बन्ध र अन्य कुनै प्रकारको सम्बद्धता नदेखिएको अवस्थामा बकसपत्र दाताहरूसँगको विगतको सम्बन्ध र सोही सम्बन्धका आधारमा गरेको सेवा र सहयोगसमेत खुलाई निजहरूलाई रिझाएको भन्‍ने बेहोरा पुष्टि गर्ने दायित्व बकसपत्र प्राप्‍त गर्नेमा नै रहने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री विश्‍वप्रकाश सिग्देल र विद्वान् अधिवक्ता श्री प्रियहरि भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रविन्द्रनाथ अर्याल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌‌ अधिवक्ता श्री पुण्यप्रसाद दंगाल अवलम्बित नजिर : ने.का.प.२०५३, अङ्क ५, नि.नं. ६१९४ ने.का.प. २०५४ अङ्क १ नि.नं.६३०३ ने.का.प.२०६९, अङ्क ८ नि.नं.८८६९ ने.का.प.२०७३, अङ्क १० नि.नं.९६९७ ने