निर्णय नं. ११४८३ - अंशबन्डा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४८३ - अंशबन्डा भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०७८/१०/०२ २२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७८।१०।०२ ०७५-CI-०४८९ मुद्दाः- अंशबन्डा पुनरावेदक / प्रतिवादी : जिल्ला बझाङ, चैनपुर गा.वि.स. वडा नं. ५ बस्ने किडौलाको छोरा हाल जयपृथ्वी नगरपालिका वडा नं. ११ बस्ने बृखराज जैसी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला बझाङ, चैनपुर गा.वि.स. वडा नं. ५ बस्ने किडौलाको छोरा शिवराज जैसीसमेत वादी प्रतिवादीहरूबिच मुख मिलेको हुनका लागि मुद्दाका सबैजना वादी प्रतिवादीहरूबिच साझा सहमति भएको वा समान कुरामा स्वीकारोक्ति रहेको देखिनुपर्ने । मुद्दामा रहेका एकभन्दा बढी प्रतिवादीहरूमध्ये कुनै प्रतिवादी र वादीको कुरा (मुख) मिल्यो भन्दैमा पक्षहरूबिच सहमति भएको वा विवाद बाँकी नरहेको भनी मान्न नमिल्ने । कुनै दुई अंशियारबिचको सहमतिले सो कुरामा सहमत नभएका तेस्रो अंशियारको हकमा असर पर्न नसक्ने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विदुषी वैतनिक अधिवक्ता श्री सुधा धिताल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री पूर्णप्रसाद बास्तोला बझाङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा. मुख्य न्यायाधीश श्री यज्ञप्रसाद बस्याल मा. न्यायाधीश श्री शेखरचन्द्र अर्याल उच्च अदालत दिपायल फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः तथ्यगत बेहोरा बुबा किडौला जैसीका छोरा जेठा बृखराज जैसी, माहिला तुलाराम जैसी र कान्छो म शिवराज जैसी तीन भाइ हौं । बुबा २०५६ सालमै परलोक हुनुभयो । अहिले आमा धनुदेवी र हामी छोराहरूसमेत चार अंशियार छौं । हामी तीनै दाजुभाइ २०४६ सालमा चल अचल सम्पत्तिको भागबन्डा गरी अलग बसेका थियौं । सो समयमा मेरो विवाह नभएको र म बुबा आमासँगै रहेको थिएँ । मेरो हिस्साको चल अचल सम्पत्ति बुबा आमा जिम्मा छोडी म २०४६ साल जेष्ठ महिनामा रोजगार गर्न विदेश भारतको बंगलोरतर्फ गएको थिएँ । म घरमा नभएको कारण २०५१ सालमा तीनैजना दाजु भाइका हकभोगको जग्गा बुबा किडौलाका नाउँमा नाप जाँच दर्ता भएको रहेछ । मैले भारतमै विवाह गरेँ । २०५६ सालमा बुबा परलोक भएपछि मिति २०६५ सालमा म घरमा आइ बुबाका नाममा दर्ता भएको सम्पूर्ण जग्गा हामी तीनै दाजु भाइका नाउँमा दाखिल खारेज नामसारी गरी मेरा हिस्साको भाडा, वर्तन, जग्गा, जमिन आमा जिम्मा छोडी म विदेश भारततर्फ गई उतै रोजगार गरी बसेको थिएँ । घरमा आमा विरामी भएको खबर पाएर घरमा आएका बखत प्रतिवादी दाइहरू कहाँ गई जग्गा साझा राख्नुभन्दा आ-आफ्ना नाउँमा बन्डा गर्नुपर्यो भन्दा प्रतिवादीमध्येका दाइ तुलारामले तलाई अंश दिँदैनौ; घरमा पनि बस्न पाउँदैनस् भनी आमासमेतलाई कुटपिट गरी मलाईसमेत घरबाट निकाला गरेकाले अन्यायमा परी यो फिराद गर्न आएको हुँ । प्रतिवादीहरूबाट अंशबन्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई ४ भागको १ भाग अंश र मेरो विवाह खर्चका साथै कोर्ट फीसमेत दिलाई भराई पाउँ भन्ने फिराद दाबी । मेरा ससुरा किडौला जैसीको मृत्युपश्चात्का हकदारमा सासु, जेठाजु, मेरा पति र देवरसमेत गरी गरी ४ अंशियार रहेको यथार्थ हो । ससुरा जीवित रहँदाकै समयमा २०४६ सालमा मेरा पतिका भाइहरूबिच न